परोपकारी भेटहरूका लागी नेपाली युवराज्ञी  सिड्नीमा

नेपाली राजपरिवारका तीन सदस्य आफ्नो समाजसेवी गतिविधीलाई अगाडी बढाउने क्रममा अष्ट्रेलियाको सिड्नी आईपुग्नु भएको छ। नेपाली राजपरिवारका तीन सदस्य युवराज्ञी हिमानी शाह, दुई अधिराजकुमारीहरू शिताष्मा र दिलाशा हिमानी कोष अष्ट्रेलियाको आमन्त्रणमा परोपकारी भेटका लागी अष्ट्रेलिया आउनु भएको हो। उहाँहरूलाई हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्की सहित पदाधिकारीहरूले सिड्नी विमानस्थलमा स्वागत गर्नुभयो।

परोपकारी भेटहरूका लागी नेपाली युवराज्ञी  सिड्नीमा - NepaliPage
तस्वीर: हिमानी कोष अष्ट्रेलिया

युवराज्ञी हिमानी शाहको नेतृत्वमा उहाँले परोपकारका लागी संचालन गर्दै आउनुभएको हिमानी ट्रष्टको प्रतिनिधि मण्डल सिड्नीमा आयोजना हुने केही परोपकारी भेटघाटमा सहभागी हुनेछ। हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्कीले युवराज्ञी हिमानी कोष नेपालको बालबालिकाहरूका लागी स्वच्छ पानीको पहुँच पुरयाउने कार्यक्रम “एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट”का लागी सहयोग जुटाउने कार्यक्रमहरूमा सहभागी हुनुहुने बताउनु भयो। यो योजनाले नेपालका बाढी प्रभावित क्षेत्रका १० हजार बालबालिकालाई स्वत: पानी छानिने बोतल मार्फत स्वच्छ र सफा पानी उपलब्ध गराउने लक्ष राखेको छ।

परोपकारी भेटहरूका लागी नेपाली युवराज्ञी  सिड्नीमा - NepaliPage
तस्वीर: हिमानी कोष अष्ट्रेलिया

हिमानी कोष अष्ट्रेलियाले परोपकारी कोषमा आर्थिक श्रोत जुटाउनका लागी केही रात्रीभोजहरूको आयोजना गरेको छ जसमा नेपाली युवराज्ञी सहभागी हुनुहुने छ। त्यस्ता रात्रीभोजमा अष्ट्रेलियाको न्यूसाउथवेल्सका मन्त्रीहरू साथै नेपाली समुदायका प्रबुध्द व्यक्तिहरू, व्यवसायी तथा सार्वजनिक जिवनका व्यक्तित्वहरूको सहभागीता रहने छ।

 

नेपाली राजपरिवाका सदस्यहरूबाट अष्ट्रेलियाको औपचारिक अनौपचारिक भ्रमणहरू विरलै हुने गरेका छन्। तत्कालिन श्री ५ महेन्द्रको अष्ट्रेलिया भ्रमणलाई अष्ट्रेलियाका नेपालीहरूले विशेष सम्झना गर्ने गर्दछन्। नेपालको ईतिहासमा अनेकन वंशका राजसंस्थाले देशलाई अगाडी बढाए पनि शाहवंशिय राजसंस्थाले आधुनिक नेपालको निर्माण गरेर विश्वमा नेपाल र नेपाली पहिचान स्थापित गरेकाले विश्वभर छरिएका नेपालीहरूले शाहवंशिय राजपरिवारका सदस्यलाई विशेष सम्मान र आस्थाका साथ हेर्ने गर्दछन्।

यो पनि पढ्नुहोस्: टिकटोकमा छोरीहरूसँग नाँच्दै हिमानी शाह

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

नेपाली पत्रकारका तीन प्रतिबद्धता, सुधारिएला समुदायको पत्रकारिता - NepaliPage

नेपाली पत्रकारका तीन प्रतिबद्धता, सुधारिएला समुदायको पत्रकारिता

अष्ट्रेलियामा बस्ने नेपाली पत्रकारहरूले संगठीत रूपमा नै अष्ट्रेलियाको नेपाली पत्रकारिता सुधार्ने प्रतिबद्धता जनाएका छन्। औपचारिक …