नहतारिनुस् ट्याक्स रिटर्न गर्न

हतार गरेर ट्याक्स रिटर्न गर्दा गल्ती हुने, धेरै पैसा फिर्ता गर्ने ध्यानमा गलत दाबी गरिने हुँदा त्यसले समग्र ट्याक्स रिटर्नको प्रक्रियालाई नै ढिलो गराउँदछ।

जुलाईको आज पहिलो दिन, जुलाई सक्रान्ति। अष्ट्रेलियाको नयाँ आर्थिक वर्ष यसै दिनबाट सुरू हुन्छ। यो सँगै गत आर्थिक वर्षको आम्दानी खर्चको हिसाबको फरफारक पनि। त्यसैले यो समय कर व्यस्तताको पनि हो। अष्ट्रेलियन कर कार्यालय मात्र होईन यो समयमा सर्वसाधारण र कर सम्बन्धी सेवा दिने व्यवसायीहरू पनि व्यस्त रहन्छन्। आफूले तिरको कर र गरेको आम्दानी खर्चको हिसाब किताब गरिने समय भएकाले धेरै कर तिरिएको रहेछ भने फिर्ता पाउने समय भएकाले धेरैलाई यो समयमा ट्याक्स रिटर्नको चासो रहन्छ। तर, कतिपय अवस्थामा कम कर काटिएको रहेछ भने आफूले तिर्न पनि पर्ने हुन्छ।

ट्याक्स रिटर्नको समयमा पैसा फिर्ता पाईने विश्वासका कारण धेरैले जुलाई महिना सुरू हुनासाथ यसको लागी हतार गर्छन्। तर, हतार गरेर ट्याक्स रिटर्न गर्न हुने स्वयं अष्ट्रेलियन कर कार्यालयका अधिकारी बताउँछन्। यसरी हतार गरेर ट्याक्स रिटर्न गर्दा गल्ती हुने, धेरै पैसा फिर्ता गर्ने ध्यानमा गलत दाबी गरिने हुँदा त्यसले समग्र ट्याक्स रिटर्नको प्रक्रियालाई नै ढिलो गराउँदछ। धेरै मानिसहरूमा छिटो ट्याक्स रिटर्न फाईल गर्दा छिट्टै पैसा फिर्ता आउने भ्रम छ। धेरै मानिसहरूले हतार गरेर फाईल गरेको कर विवरणमा त्रुटी भेटिँदा उनीहरूको ट्याक्स रिटर्न मात्र ढिला हुँदैन उनीहरूलाई झट्का दिने खालको ठूलो रकमको कर तिर्नुपर्ने अवस्था पनि आउन सक्छ, अष्ट्रेलियन कर कार्यालयकी असिस्टेन्ट कमिश्नर करिन फोट बताउँछिन्।

अष्ट्रेलियन कर कार्यालका अनुसार गत वर्ष मात्र पाँचलाख भन्दा बढी अष्ट्रेलियनहरूले आफ्नो कर विवरण सच्याएका थिए। जसको कारण उनीहरू मध्ये कैयौंले आफ्नो कर विवरण पछी पाउनु पर्ने फिर्ता रकम ढिलो पाए। सामान्यता ट्याक्स रिटर्न विद्युतिय माध्यमबाट सम्पन्न हुन्छ र दुईसाता भित्रमा नै तपाईंले फिर्ता पाउनुपर्ने भए पैसा आफ्नो खातामा पाउनसक्नुहुन्छ। तिर्नको लागी भने तपाईंसँग धेरै विकल्पहरू उपलब्ध हुन्छन्।

अष्ट्रेलियाको ट्याक्स रिटर्न विषयका लेखहरू पढ्न यहाँ क्लिक गर्नुस् 

आफै उपस्थित भएर गर्नुस् ट्याक्स रिटर्न

ट्याक्स रिटर्नको समय आउनासाथ हुने व्यवसायिक विज्ञापन र सस्तोमा गरिदिने दाबीको पछाडी लाग्दा धेरैले आफ्नो कर विवरणको गोप्यता मात्र गुमाएका छैनन्। ठूलो समस्यामा समेत परेका छन्। व्यवसायिक र दर्तावाला कर एजेन्ट बाहेक अन्य संस्थाले गराउने ट्याक्स रिटर्नमा सेवा लिनेले कर व्यवसायीको विवरण नपाएको वा तेस्रो पक्षबाट उक्त व्यवसायीसम्म पुगेको अवस्थामा समस्यामा परिने सम्भावना धेरै रहने कर एजेन्टहरू बताउँछन्। यस्ता कर रिटर्नहरू आधिकारीक कर एजेन्ट भन्दा बाहेककाले फाईल गरिदिने भएकाले झुठा र एटीओले नमान्ने खालका दाबी पर्न सक्ने र कारबाहीको समेत सम्भावना रहन्छ।

नेपाली विशेष गरेर विद्यार्थीहरूले सस्तोमा ट्याक्स रिटर्न गर्नको लागी सिधै कर एजेन्टमा जाने भन्दा पनि अरू माध्यमबाट ट्याक्स रिटर्न गर्ने गरेको देखिन्छ। हुण्डि वाला देखी काम कोठाका सूचना राख्ने फेसबुक पेज समेतले ट्याक्स रिटर्न गराउँदा व्यक्तिगत विवरणको गोप्यता हराउने खतरालाई धेरैले आँकलन गर्न सकेको देखिन्न। यसरी तेस्रो पक्षलाई ट्याक्स रिटर्न ईमेल वा मेसेज गरेर गराउँदा कर सम्बन्धी समस्यामा परेका विद्यार्थीको संख्या धेरै छ। सिड्नीको ग्रानभिलमा बस्ने नेपाली विद्यार्थी समिना*, आफूले ४० डलरमा ट्याक्स रिटर्न गर्ने भनेर विज्ञापन गरेको नेपाली कै एक संस्थाबाट ट्याक्स रिटर्न गरेको वर्ष करका लागी झुटा विवरण दिएको भनेर कर कार्यालयबाट कारवाहीमा परेको बताउँछिन्। ‘सस्तोमा हुने भनेर गरेको झन धेरै महँगोमा परयो, फाईन त तिर्न परयो नै कर कार्यालयको लिस्टमा पनि परियो’, उनी भन्छिन्। कर कार्यालयको रेकर्डमा पटक पटक गलत विवरण भरेर कर चोरी गरेको आरोप लाग्दा त्यसले विद्यार्थी भिसालाई समेत खतरामा पार्ने संभावना रहन्छ।

त्यसैले ट्याक्स रिटर्न गर्दा आफू कर व्यवसायी कै अगाडी बसेर ट्याक्स रिटर्न गर्नुस्। यो नै सबैभन्दा राम्रो ट्याक्स रिटर्नको उपाय हो। अष्ट्रेलियाका सबै शहर र ठूला सपिङ मलमा ट्याक्स रिटर्न गरिदिनका लागी घुम्ती कर व्यवसायीहरू उपलब्ध हुन्छन्।

कर छलीमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई दुई वर्ष जेल

आफै उपस्थित नभएर अरू मार्फत सस्तो वा सजिलोको बहानामा ट्याक्स रिटर्न गर्दा कस्तो हुन्छ भन्नेको उदाहरण गत वर्षको एउटा घटना छ। गत वर्ष मात्र गलत ट्याक्स रिटर्न मार्फत कर छली गरेको अभियोगमा एक अन्तर्राष्ट्रिय विद्यार्थीलाई दुई वर्ष भन्दा बढीको जेल सजायँ भएको छ। जसले एक लाख डलर भन्दा धेरैको कर छली गरेको प्रमाणित भएको थियो।

कम्प्युटर ईन्जिनियरिंग पढिरहेका थरून लिक्कीले अरू विद्यार्थीहरूको भिजा विवरणहरू लिएर उनीहरूको ट्याक्स फाईल नम्बर बनाएर गलत रूपमा ट्याक्स रिटर्न क्लेम गर्दै आफ्नो बैंक एकाउन्टमा जम्मा गर्दै आएका थिए। यसविषयको विस्तृत समाचार यताबाट पढ्नुस्  

 

 

ट्याक्स रिटर्न गर्दा ध्यान दिनुपर्ने कुराहरू

१. ट्याक्स रिटर्न फाईल गर्न हतार नगर्नुस्, भने अक्टोबर ३१ सम्म व्यक्तिगत ट्याक्स रिटर्नको समय छ।

२. तपाईंको कर विवरणका लागी आवश्यक पर्ने बिलहरू व्यवस्थित राख्नुस्।

३. एटीओको वेबसाईटमा गएर तपाईंले के केमा खर्च दाबी गर्न  सक्नुहुन्छ के के गर्न सक्नुहुन्न जाँच गर्नुहोस्।

४. तपाईंको बैंक खाता, घरको ठेगाना लगायतका कुराहरू एटीओको विवरणमा अध्यावधिक गर्नुस्। तपाईंको रिटर्न तथा गल्ति भएको खण्डमा चिठी आउनको लागी ती महत्वका हुन्छन्।

५. आफ्नो आम्दानी तथा खर्चको दाबी गर्दा ईमान्दार हुनुस्। एटीओले छड्के जाँच गर्दा तपाईं परेको खण्डमा ठूलै कारवाहीको भागी हुनुपर्छ।

६. ट्याक्स रिटर्न तपाईं आफै पनि गर्नसक्नुहुन्छ। एटिओ पनि चाहन्छ कि तपाईं आफ्नो रिटर्न आफै गर्नुस्। त्यसैले ट्याक्स रिटर्नका लागी सजिलो भन्दा सजिलो प्रणालीको विकास गरेको छ।

७. आफूलाई ट्याक्स रिटर्नको विषयमा अप्ठेरै पर्ने र पटक्कै सक्दिन भन्ने लाग्छ भने मात्र व्यवसायिक कर अधिकृतको सहयोग लिनुस्।

 

कसरी गर्ने ट्याक्स रिटर्न यहाँ हेर्नुस्

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।