नेपाली पत्रकारका तीन प्रतिबद्धता, सुधारिएला समुदायको पत्रकारिता

अष्ट्रेलियामा बस्ने नेपाली पत्रकारहरूले संगठीत रूपमा नै अष्ट्रेलियाको नेपाली पत्रकारिता सुधार्ने प्रतिबद्धता जनाएका छन्। औपचारिक विज्ञप्ती जारी गरेर अष्ट्रेलियामा अनलाईन पत्रकारिताको अभ्यास गरिरहेका पत्रकारहरूले यसखालको प्रतिबद्धता जनाएका हुन्। पत्रकारितामा पनि सक्रियहरूको संस्था अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एशोसिएशन (एन्जा)को दोश्रो महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमितीले चिरञ्जिवी देवकोटाको नेतृत्वमा व्यवसायिक पत्रकारिताका माध्यमबाट सत्य, तथ्य र निष्पक्ष सुचना प्रवाह गरि अष्ट्रेलियामा बढ्दो नेपाली समाजलाई एकसूत्रमा बाध्ने प्रकृयामा टेवा पुरयाउने प्रतिबद्धता व्यक्त गरेको छ।

एन्जाले विदेशमा गरिने पत्रकारिताको स्तर उकास्न, समाजको अपेक्षा पुरा हुने गरि समाचारीय समाग्री प्रकाशन र प्रशारण गर्न, सक्रिय नेपाली पत्रकारहरुको हकहित र वृत्तिविकासमा टेवा दिन तथा सामाजिक संघसंस्था तथा राज्य र संघीय तहका निकायकासँग पुलको काम गर्न चाहेको पनि जनाएको छ।

नेपाली पत्रकारका तीन प्रतिबद्धता, सुधारिएला समुदायको पत्रकारिता - NepaliPage

एन्जाले सार्वजनिक गरेको तीन बुँदे प्रतिबद्धता यस्तो छः 

१. पत्रकारिता समाजको अभिन्न अंग हो । व्यवसायिक पत्रकारिताले समाज निमार्णमा महत्वपूर्ण भूमिका खेल्दछ । अष्ट्रेलियामा नेपाली भाषाको पत्रकारितालाई थप व्यवसायिक, निष्पक्ष र तथ्यपरक बनाउनका लागि हामी अष्ट्रेलियन प्रेस काउन्सिलले निर्धारण गरेको आचारसंहिता र यहाँको कानूनी सिमाहरुलाई अक्षरस पालना गर्न कटिबद्ध छौं । पत्रकारिता समाजभन्दा बाहिर रहन सक्दैन भन्ने तथ्यलाई आत्मसाथ गर्दै असल, सूसुचित र एकताबद्ध समाज निर्माणमा योगदान दिन हामी व्यवसायिक पत्रकारितालाई जोड दिनेछौं ।

२. विदेशमा पनि नेपालीहरुका विभिन्न संघसंस्थाहरु सक्रिय छन् र त्यस्ता संगठनहरुको स्वतन्त्रता प्रति उत्तिकै सम्मान छ । पत्रकारितालाई व्यवसायिक बनाउने पाटोबाट हेर्दा, हामीले तयार पार्ने समाचारिय सामाग्रीहरु कुनै पनि राजनैतिक दल, क्षेत्र, वर्ग, जाती, धर्म, वर्ण र लिंगबाट निर्दिष्ट नभई, सिंगो नेपाल र नेपालीपनलाई उकास्नका लागि केन्द्रित रहनेछ । उल्लेखित विशेषताका आधारमा हामी हाम्रो पत्रकारितालाई प्रभावमुक्त राख्ने समेत प्रतिवद्धता गर्न चाहान्छौ ।

३. पत्रकारिता भनेको नियमित घटनाक्रमको जिम्मेबार अभिव्यक्ति हो । समाज विकासको तिब्रतासंगै पत्रकारितामा समेत प्राविधिक र दक्षताको खाचो टड्कारो बन्ने गरेको छ । समयको रफ्तारसंगै प्राविधिक र बदलिँदो समाजको भावना अनुसार दक्षता बृद्धी गर्न नसके, पत्रकारिताले समाजका आवश्यकताहरु पुरा गर्न सक्दैन । त्यसैले अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुलाई समयअनुकुल दक्षता वृद्धी गर्न राज्यदेखि केन्द्रसम्मै विभिन्न प्रशिक्षण र कार्यशालाहरु गरिने समेत प्रतिबद्धता गर्न चाहान्छौं । जसका लागि राज्यदेखि संघीय तहसम्म रहेका सरकारी र गैरसरकारी संघसंस्थासंग सहकार्य गरि आवश्यक प्रशिक्षणहरुको व्यवस्था गर्नेछौं । समाजको अपेक्षा पुरा गर्न समेत हामी सामाजिक व्यक्ति र संघसंस्थासंग समेत छलफल र अन्तरक्रिया गर्नेछौं ।

यससँगै एन्जाले समुदायका लागी भनेर संचालित मिडियाका लागी विज्ञापनको आवश्यकता रहेकाले व्यवसायीहरूलाई सामुदायिक मिडियासँग विज्ञापनको लागी समेत सहकार्य गर्न अपिल गरेको छ।  एन्जाको नयाँ कार्यसमितीमा १० सदस्य रहेका छन्, जसको अध्यक्षता चिरञ्जीवी राज देवकोटाले गरेका छन् भने, तीन उपाध्यक्ष कृष्ण तिवारी, प्रकाश हुमागाई, र छत्र शंकर रहेका छन्। त्यसबाहेक महासचिवमा नारायण खड्का, कोषाध्यक्ष खगेन्द्र सत्याल, सचिव सरल गुरुङ,
पब्लिक अफिसर गणेश भट्ट, प्रवक्ता तक्दीर अधिकारी र सदस्य प्रतीक सिग्देल रहेका छन्।

सुधारिएला सामुदायिक पत्रकारिता? 

अष्ट्रेलियाको नेपाली समुदायमा नेपालमा रहँदा पत्रकारिता गरेकाहरूले शौख तथा फुर्सतको उपयोगका रूपमा मिडिया कन्टेन्ट उत्पादन गर्ने गरिरहेको सन्दर्भमा यसखालको संस्थागत पहल केही वर्ष अघि सुरू भएको हो। नेपाली समुदायमा नेपालका मिडिया तथा अष्ट्रेलियामा नै वेबसाईटमा कन्टेन्टका रूपमा समाचार तथा ‘गोन्जो’ लेखन गर्ने क्रम बढिरहेको छ। साना साना विषय र सन्दर्भलाई अमेरिकामा ‘पीत पत्रकारिता’को अभ्यास हुँदाको बखतमा चलेको जस्तो गरेर सनसनीपूर्ण भिडियो वा आलेख बनाउनेहरू नै सामुदायिक मुलधारमा रहेको अवस्थामा एन्जाले सार्वजनिक गरेको प्रतिबद्धता निक्कै अर्थपूर्ण छ। (पीत पत्रकारिताको विषयमा यहाँ क्लिक गरेर बुझ्नुहोस्)

समुदायमा पत्रकारिता गर्ने भनेर सक्रियहरू नै नेपालका राजनीतिक दल तिनका यहाँ रहेका भातृसंगठन एवं विभिन्न व्यवसायीका स्तुतिपरक लेखनमा स्वाद लिईरहेको जस्तो देखिएको अवस्थामा एन्जाको नयाँ कमिटीले गरेको प्रतिबद्धता स्वागतयोग्य रहेको समुदायका मिडिया विज्ञ बताउँछन्।

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …