हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट छिपेको छैन। ओपन सेक्रेटको रूपमा हुण्डी अष्ट्रेलियामा बस्ने नेपालीहरूको नेपाल पैसा पठाउने माध्यमका रूपमा स्थापित छ। अष्ट्रेलियाको नेपाली समुदायका पुराना, स्थापित र व्यवसायिका रूपमा छबि बनाएकाहरूले नै यसलाई अगाडी बढाईरहेको कारण नेपालले वैध माध्यमबाट रेमिटान्स भित्र्याउने मौका गुमाईरहेकाले नेपाल सरकारले यस्ता हुण्डी कारोबारीलाई कडा कारबाही गर्नुपर्ने माग अष्ट्रेलियाको नेपाली समुदायको रहँदै आएको छ। नेपालले बिदेशी मुद्रा आर्जन गर्ने एकमात्र भरपर्दो माध्यम रेमिटान्स भएको र पछिल्लो समय नेपालसँगको बैदेशिक मुद्रा संचिती घटेको अवस्थामा अष्ट्रेलियाका लागी हालै नियुक्त नेपाली राजदूतले आफ्नो कार्यकालको थालनी सँगै हुण्डी नगर्न र वैधानिक बाटोबाट नेपाल पैसा पठाउन अष्ट्रेलियामा बस्ने नेपालीहरूलाई अनुरोध गरेका छन्।

कार्यकालको सुरुवातमै राजदूतले सार्वजनिक रूपमा हुण्डी नगर्न अनुरोध गरेको यो पहिलो पटक हो। यसभन्दा अगाडी सामुदायिक रूपमा ठूलो चासोको विषय भएपनि राजदूतावासले खासै चासो दिएको थिएन। यद्यपी मेलबर्नबाट सार्वजनिक भएको ठूलो आर्थिक ठगीको विषयमा भिक्टोरियामा रहेको अवैतनिक महावाणिज्यदूतको कार्यालयले सक्रिय भूमिका खेलेको थियो।

हालै अष्ट्रेलिया आएर कार्यभार सम्हालेका नेपाली राजदूत कैलाशराज पोखरेलले आफ्नो सार्वजनिक अपिलमा भनेका छन्, ‘यहाँहरू सबैजसोले मातृभूमिबाट विदेशी मुद्रा लिएर पढ्न आउनुभएको छ । यहाँ राम्रो गरिरहनुभएको छ । मुलुकमा अहिले विदेशी मुद्राको खाँचो पहिले भन्दा धेरै छ । यहाँहरूले दुःख गरेर कमाउनु हुन्छ । आफुले पसिना बगाएर कमाएको विदेशी मुद्रा आफ्नो घर परिवारलाई पठाउँदा जसरी तपाईँहरू नेपालबाट आउँदा बैंकिङ च्यानल प्रयोग गरी विदेशी मुद्रा ल्याउनुभयो, त्यसैगरी मातृभूमिलाई सम्झेर बैंकिङ च्यानल मार्फत् नै नेपालमा रकम पठाउनुहुन विशेष अनुरोध गर्न चाहन्छु ।’

Remitly

यो पनि पढ्नुहोस् : काठमाण्डौंमा डेढ करोड पैसा सहित हुण्डी कारोबारी पक्राउ

अब अष्ट्रेलियाबाट हुण्डी गर्नेलाई हुनसक्छ कारबाही

पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दी र आयातमुखी नेपाली अर्थतन्त्रको कारण नेपालले रेमिटान्स प्रवाहमा हुने गरेको गैर बैंकिंङ च्यानलको प्रयोग प्रति कठोर नीति लिन थालेको छ। नेपालमा हुण्डीबाट पैसा बुझेका वा श्रोत नखुलेको पैसा कारोबार गर्ने, संचिती गर्नेहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ। स्रोत नखुलेको पैसा सहित पक्राउ पर्नेहरूको संख्या दैनिक रुपमा बढिरहेको त्यहाँका समाचारहरूमा उल्लेख गरेका छन्। केही दिन अघि मात्र काठमाण्डौंबाट स्रोत नखुलेको ५० लाख नगद सहित एक युवा पक्राउ परेका छन्

अष्ट्रेलियाबाट नेपाल पैसा पठाउनेहरुले वैधानिक माध्यम नअपनाएको खण्डमा कानुनी रूपमा नै कानुनी कारवाही भोग्नुपर्नेमा मेलबर्नमा रहेको नेपाली अवैतनिक महावाणिज्यदूतावासले केही वर्ष अघि नै सचेत गराईसकेको छ। अष्ट्रेलिया रेमिटान्स उत्पत्तिको देश भएपनि नेपालमा यदी कारोबार नेपालको कानुनी व्यवस्था अनुसार नभएको खण्डमा त्यसले अष्ट्रेलियामा काम गरेर पैसा पठाउने साथै त्यस्तो पैसा नेपालमा बुझ्ने दुवैले कानुनी कारवाही भोग्नुपर्ने व्यवस्था छ।

अष्ट्रेलियामा नै हुण्डीवाल समातिन थाले

अष्ट्रेलियाले आर्थिक अनुशासन पालना नगर्ने र आर्थिक शुद्दिकरण (मन लाउण्डरिङ)का घटनालाई गम्भिरताका साथ छानबिन र कारवाही गर्न थालेको छ। गत आईतबार मात्र १० लाख डलर बन्दा बढी पैसा र गाडी, घरजग्गा सहित केही व्यक्तिहरूलाई अष्ट्रेलियाको संघिय प्रहरीले पक्राउ गरेको छ।

धेरै नेपाली विद्यार्थीहरूको पैसा हुण्डी मार्फत नेपाल लगिदिने भनेर नेपालमा भुक्तानी नगरेका मेलबर्न निवासी एकजना अहिले जेलमा छन्।

हुण्डीवालालाई कारवाही गर्न समुदायको माग

गलत बाटोबाट नेपाल पैसा लैजाने र नेपालको कालो धनलाई अष्ट्रेलिया ल्याउने माध्यमको रूपमा हुण्डीको विकास हुँदा नेपाल र नेपाली घाटामा परिरहेको भन्दै अष्ट्रेलियाका नेपाली समुदायले हुण्डीवाललाई कारबाही गर्न माग गरेका छन्। नेपालका धेरै राजनीतिक नेताले भ्रष्टाचारबाट सृजित सम्पत्ति अष्ट्रेलियामा लगानी गर्ने र यताबाट शुद्दिकरण गरेर नेपाल लैजाने गरेको भन्दै अष्ट्रेलिया बस्ने नेपालीहरूले त्यस्ता विषयमा गम्भिर रूपमा छानबिन गर्न नेपाल सरकारलाई अनुरोध गरेका छन्। अष्ट्रेलियाका धेरै व्यवसायमा नेपालका नेताहरूको लगानी छ भन्दै आईएको छ, तर यसबारे स्पष्ट जानकारी र प्रमाणको भने अभाव छ। नेपालमा भ्रष्टाचारको आरोप लागेका नेताका छोराछोरीको सम्बृद्ध जिवनशैली र व्यवसायका आधारमा आरोपका रूपमा यस्ता विषय उठ्ने गरेकाले यसको निरूपण आवश्यक रहेको समुदायका अभियन्ताहरूको भनाई छ।

अष्ट्रेलियामा लामो समय देखी हुण्डी र नेपालसँग जोडिएका आर्थिक सामाजिक विषयमा लेख्दै आएका पत्रकार हेमन्त काफ्ले बिचौलियाका रूपमा गैरकानुनी काम गरेर नेपाल र नेपाली दुवैलाई घाटा पारेर आर्थिक लाभ लिनेहरूलाई कारबाही गर्नको लागी ढिला गर्न नहुने बताउँछन्। हुण्डीवालाले अष्ट्रेलियामा पैसा लिने र नेपालमा नदिने गर्दा धेरै नेपाली विद्यार्थीले अष्ट्रेलियामा दुख गरेर कमाएको पैसा डुब्ने गरेको छ। गैरकानुनी भनेर जान्दा जान्दै पनि हुण्डीवालाले गर्ने अवैध कारोबारमा सहभागी भएर पैसा पठाउने विद्यार्थी तथा अन्य सर्वसाधारणहरूले आफूलाई र देशलाई घाटा पारिरहेका छन्, उनी भन्छन्, ‘विकराल आर्थिक अपराध भईरहेको अवस्थामा नेपाल सरकार र राजदूतावासले कडा कारवाही अगाडी बढाउन ढिलाई गर्न हुँदैन।’

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

धमाका २०७९: सात शहरमा कमेडी र मेलोडी

सिड्नी ।  कोरोना प्रकोप नियन्त्रणमा आईसकेपछी पुरानै लयमा फर्कन लागेको अष्ट्रेलिया र नेपाली परम्परा अनुसार …