कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट

यदी अष्ट्रेलिया सरकारले गरेको तयारी व्यवहारमा लागु भयो भने कोरोना प्रकोपका कारण समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ र ‘भिजा फी’मा छुट मिल्ने छ। कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न अष्ट्रेलिया सरकारले भिजा सम्बन्धी केही प्रावधानहरू परिवर्तन गर्न लागेको छ। यसको घोषणा केही सातामा नै हुने दाबी दि अष्ट्रेलियनले गरेको छ। कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट - NepaliPage

यो पनि पढ्नुस्: अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको खुलासा

सोमबार दि अष्ट्रेलियनले सरकारले यसखालको तयारी गरेको समाचार प्रकाशन गरेको छ जसमा भनिएको छ अष्ट्रेलियन सरकारले कोरोनाको कारण बिदामा घर गएर उतैबाट अनलाईन पढिरहेका विद्यार्थीको लागी अष्ट्रेलियामा ‘वर्क भिजा’ दिने र भिजा सकिएर ‘रिन्यू’ वा अर्को भिजा भर्नुपर्ने अवस्थामा भिजा शुल्क नै मिनाहा वा केही अंश छुट दिने तयारी गरेको छ। कोरोना भाईरसको प्रकोप फैलिएका कारण अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयमा पढिरहेका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरू घरबाट अष्ट्रेलिया फर्कन सकेका छैनन्। विश्वव्यापी लकडाउनका कारण फर्कन नसकेकाहरूले अनलाईनबाटै आफ्नो अध्ययन भने जारी राखेका छन्।

अहिले सम्मको व्यवस्थामा अष्ट्रेलियामा क्याम्पस वा विश्वविद्यालयमा उपस्थित भएर पढाई पुरा गरेका विद्यार्थीहरूले मात्र ‘पोस्ट स्टडी वर्क’ भनिने ‘वर्क भिजा’ पाउने व्यवस्था छ। अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरूले आफ्नो पढाई सकेपछी दुई वर्ष ‘फूल टाईम’ काम गर्न पाउने गरी ‘पोस्ट स्टडी वर्क’ भिजा पाउने गर्दछन्। अष्ट्रेलिया पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागी यो भिजाको प्रावधान नै मुख्य आकर्षण हो। काम गरेर अष्ट्रेलियामा पढ्दा लागेको खर्च उठाउन साथै यहीं करिअर बनाउन र स्थायी बसोबासको व्यवस्था मिलाउनको लागी यो भिजा सहयोगी हुँदै आएको छ।

यो पनि पढ्नुस्: अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट

 कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट  - NepaliPage
अहिले सम्मको व्यवस्थामा अष्ट्रेलियामा क्याम्पस वा विश्वविद्यालयमा उपस्थित भएर पढाई पुरा गरेका विद्यार्थीहरूले मात्र ‘पोस्ट स्टडी वर्क’ भनिने ‘वर्क भिजा’ पाउने व्यवस्था छ।

कोरोनाको कारण अष्ट्रेलिया पढ्न आउने विद्यार्थीको संख्या घट्ने भएपछी त्यसले अष्ट्रेलयाको अर्थतन्त्रमा नै ठूलो प्रभाव पार्ने आँकलन गरिएको छ। अष्ट्रेलियाका विश्वविद्यालयहरूले मात्र यसको कारण आगामी तिन वर्षमा १६ बिलियन डलरको आमदानी गुमाउने प्रक्षेपण गरिएको छ। शिक्षा क्षेत्र अन्तर्राष्ट्रिय निर्यातको महत्वपूर्ण हिस्सा भएकाले सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विशेष विमानहरूबाट अष्ट्रेलिया झिकाउने तयारी समेत गरेको थियो। जुन, भिक्टोरियामा चलेको कोरोना संक्रमणको दोश्रो लहर (सेकेण्ड वेभ)का कारण अनिश्चित बनेको छ। जसले यो महिनाको अन्त्यसम्ममा ३५ हजार अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने योजना स्थगनमा परेको छ।

न्यूसाउथवेल्सका विश्वविद्यालयहरूले मात्र दैनिक २५० अन्तर्राष्ट्रिय विद्यार्थी १०० दिन सम्म ल्याउने रणनीति बनाएका थिए। सात हजार अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने भिक्टोरिया सरकारको योजना पनि कोरोनाको दोश्रो लहरले भाँडिदिएको छ। भिक्टोरियामा आएको दोश्रो लहरले गर्दा क्यानबेरा र एडीलेडले ‘पाईलट प्रोजेक्ट’का रूपमा अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने रणनीतिलाई समेत धक्का दिएको छ। दि अष्ट्रेलियनले स्रोतहरूलाई उदृत गर्दै यसको संभावना करिब करिब नरहेको जनाएको छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा …