हुलाकबाटै लिनुस् नेपाली राजदूतावासको सेवा

कोरोनाको प्रकोपमा कमी आउँदै जाँदा अष्ट्रेलियाको दैनिकी सजह बनिरहेको अवस्थामा नेपाली दूतावासको सेवा पनि सूचारू नै रहेको नेपाली राजदूतावासले जनाएको छ। उसले विज्ञप्ती जारी गर्दै, आफ्ना सवै सेवाहरू सुचारू रहेको जानकारी गराएको हो। साथै उसले दूतावासका सेवाहरू लिनको लागी कार्यालयमा भने नआउन भनेको छ। यतिखेर नेपाली राजदूतावास क्यानबेराले दिने राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासिय नेपाली परिचयपत्र, सवारीचालक अनुमनतीपत्र लगायतका कागजात प्रमाणिकरणको काम सँधै जसरी नै निरन्तर गहेको जनाएको छ। त्यसका लागी दूतावासको वेबसाईटमा भने अनुसारको कागजातहरू हुलाकबाट पठाएरै सेवा लिन सकिने दूतावासको विज्ञप्तीमा उल्लेख छ।

अधिकृत वारिसनामा, मञ्जुरीनामा लगायतका राजदूतावासमा आफै उपस्थित भएर सहीछाप गर्नुपर्ने कामका लागी पहिले नै फोन गरेर समय निश्चित गरेपछी आवश्यक सम्बन्धित व्यक्ति मात्र आउन दुतावासले विज्ञप्ती जारी गरेर भनेको छ। 

अष्ट्रेलियाको नेपाली दूतावास प्रति पनि नेपाली अन्य सरकारी कार्यालय जस्तै ढिलो काम गर्ने र सेवाग्राही प्रति सचेत नरहेको भन्ने गुनासो रहँदै आएको छ। अष्ट्रेलियामा बसेर यहाँका चुस्त सरकारी तथा सार्वजनिक सेवा लिईरहेका नेपालीहरूलाई दूतावासको नेपाली शैलीले समस्या पार्ने गरेको सुनिने गरेको छ।

 

Notice

Posted by Embassy of NEPAL , Australia on Thursday, July 2, 2020

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

नेपाली पत्रकारका तीन प्रतिबद्धता, सुधारिएला समुदायको पत्रकारिता - NepaliPage

नेपाली पत्रकारका तीन प्रतिबद्धता, सुधारिएला समुदायको पत्रकारिता

अष्ट्रेलियामा बस्ने नेपाली पत्रकारहरूले संगठीत रूपमा नै अष्ट्रेलियाको नेपाली पत्रकारिता सुधार्ने प्रतिबद्धता जनाएका छन्। औपचारिक …