[ads1]
अष्ट्रेलिया स्टुडेन्ट भिजामा जाने भनेपछी नेपालमा हरेकको पहिलो काम हुन्छ कुन कन्सल्टेन्सीले भिजा दिलाउन सक्छ त्यसको खोजी। यस क्रममा धेरैले यो कुराको ख्याल गरेका हुँदैनन् कि कन्सल्टेन्सीले हैन कि उनीहरू आफैमा भएको क्षमता, छनौट र योजनाले हो। नेपालमा जसरी हुन्छ अष्ट्रेलिया जाने भन्ने सोच हुन्छ तर यहाँ आइसकेपछी भने नेपालमा हुँदा बनाएको सोचेको भन्दा परिस्थीती फरक हुन्छ। जसले गर्दा नेपाली विद्यार्थीहरू अष्ट्रेलिया आएको पाँच छ महिनामा नै कलेज, कोर्ष अनि यूनि चेन्ज गर्ने सोच र योजनामा हुन्छन्। पीआर र पढाईसँगै पैसाको ट्रयांगुलर स्टोरीले उनीहरूको नै स्टोरी परिवर्तन गरिदिन्छ। यसबारेमा हेर्नुस यो भिडियो प्रस्तुती:
यूनि तथा कोर्ष चेन्ज गर्ने क्रममा कहिले काहीँ विद्यार्थीले सस्तो कोर्ष पढ्ने नाममा गलत छनौट गर्न पुग्छन् जसका कारण उनिहरूको भिजा समेत क्यान्सिल हुनपुग्छ। त्यसैले नेपालबाट एप्लाई गर्दा खेरी नै अष्ट्रेेलियाको पीआर र बजारको माग अनुसारको विषय छनौट गर्नु उपयुक्त हुन्छ।
यदी अष्ट्रेलिया आईसक्नु भएको छ भने कोर्ष अनि यूनि चेन्ज गर्नु अघि निम्न विषयमा ध्यान दिनु अनिवार्य छ, अष्ट्रेलियामा विद्यार्थी भिजा जोगाएर कोर्ष र यूनि चेन्ज गर्न चाहनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनुहोला: