धमाका २०७९: सात शहरमा कमेडी र मेलोडी

सिड्नी ।  कोरोना प्रकोप नियन्त्रणमा आईसकेपछी पुरानै लयमा फर्कन लागेको अष्ट्रेलिया र नेपाली परम्परा अनुसार सुरू हुन लागेका चाडबाडको अवसर पारेर केबीसी अष्ट्रेलियाले सातै शहरमा नेपाली संगीत गुन्जाउन लागेको छ। ‘धमाका २०७९ अष्ट्रेलिया टूर’ शीर्षकमा हुन लागेको सांगीतिक यात्रामा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमेडियन सुवोध गौतम र दिपक आचार्य काकु लगायतका कलाकारको सहभागीता रहने आयोजकले जनाएको छ।  नेपाली कलाकारको अष्ट्रेलियाको यो सांगीतिक यात्राको सुरूवात पर्थबाट हुने छ। कलाकारको टोली २१ जुलाई बिहीबार पर्थ  पुगिसकेको छ भने शुक्रबार होटल चाल्र्समा हुने कार्यक्रमसँगै अष्ट्रेलियाको सांगीतिक यात्रा सुरू हुनेछ। पर्थको कार्यक्रमको संयोजन र आयोजना वी केयर नेपालले गरेको छ। धमाका २०७९ - NepaliPage

पर्थ पछी नेपालबाट अष्ट्रेलियाको सांगीतिक यात्रामा आएको समुहले धेरै नेपाली बसोबास भएको अष्ट्रेलियाको टापु राज्य तासमानियाको लन्चेस्टनमा आफ्नो प्रस्तुति दिनेछ । लन्चेस्टनमाको म्याक्स फ्राई हलमा  हुने कार्यक्रमलाई लिएर नेपाली साथै भुटानी समूदाय निकै उत्साही छन्। विशेष गरेर धेरै नेपाली भाषा बोल्नेहरूको बाहुल्य भएको राज्य र शहर भएकाले तासमानियामा नेपाली सांगीतिक प्रस्तुतीहरूको लामो समय देखी चर्चा हुने गर्दछ। विशेष गरेर गायक पशुपति शर्माको गीतहरूले विदेशमा बस्ने नेपालीहरूलाई तान्ने गरेको पाईन्छ। नेपालको समसायमिक दैनिकीलाई लिएर हुने उनको व्यंग्यात्मक प्रहारलाई धेरैले उपयुक्त विषय छनौटको रूपमा लिने गरेका छन्। साउनको महिना र नजिकिँदो तीजको रमझम समेत सुरु भईसकेका कारण रचना रिमाल र पशुपति शर्माको सांगीतिक जोडीको प्रस्तुतिलाई धेरैले मन पराउने अपेक्षा गरेका छन्, केविसी अष्ट्रेलियाका निर्देशक चिरञ्जीवी देवकोटाले।

गीतसंगीतसँगै यसपटकको कलाकारहरूको कार्यक्रम र प्रस्तुतीको श्रृंखलामा हाँस्यव्यंग्यको समेत समिश्रण हुने छ। कमेडी विधाका कलाकारको समेत सहभागिता भएकाले यो पटक स्टेजमा मेलोडीका साथ कमेडीले अष्ट्रेलियाबासी नेपालीलाई नेपाली चाडबाडको रन्को लगाउने छ। तासमानिया पछी ३० जुलाई शनिबार  ब्रिसबेनमा ‘क्वीन्सल्याण्ड नेप्लीज कम्युनिटी सेन्टर’को सहयोगार्थ तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधुनिक लयमा कार्यक्रम गुन्जने आयोजक केविसी अष्ट्रेलियाले जनाएको छ।

रचना रिमाल - NepaliPage
अष्ट्रेलियामा हुने सांगीतिक कार्यक्रमका लागी सहभागी हुन नेपालबाट हिँडेको कलाकारको समुह। तस्वीर: कार्यक्रम आयोजकबाट प्रदान गरिएको

 

अगस्त सक्रान्ति पारेर सोमबार गुल्मी समाज भिक्टोरिया, केइसी नेपाली समाज लगायतको आयोजनामा ‘अकोना पार्क सेन्टर’मा तीज धमाका २०७९ को रूपमा सोही नेपाली कलाकार समुहको प्रस्तुती हुने आयोजकले जनाएको छ। ! अगस्तको मेलबर्नको प्रस्तुती पछी ४ अगस्तमा क्यानबेरामा कन्सर्ट हुनेछ। डीबोइज ईभेन्टसको संयोजनमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा तीज धमाका कार्यक्रम निःशुल्क प्रवेश सहितको  हुनेछ।

नेपालीहरूको ठूलो जनसंख्या रहेको सिड्नीमा ‘तीज मेला विथ कमेडी नाईट्स’ अगस्त ६  शनिबार हुनेछ। फन्टास्टिक ईभेन्ट सिड्नीको आयोजनामा यो कार्यक्रम ग्रानभिलमा रहेको हिमालयन प्यालेस हलमा हुनेछ। सिड्नी पछी अगस्त ८ गते सोमबार एडिलेडमा तीज धमाका २०७९ गरिनेछ। जसलाई गिरिश ईभेन्टसले संयोजन गर्ने छ भने भेन्यू रहनेछ, डोम पोलिस्कि सेन्टर।

अष्ट्रेलियाका विभिन्न शहरमा भिन्दा भिन्दै कार्यक्रमहरू गर्ने गरिएको भएपनि यसरी एउटै कलाकारको टोलीले फरक फरक राज्यमा फरक फरक कार्यक्रम गर्न लागेको संभवत यो नै पहिलो पटक हो। कलाकारहरूको यो पटकको अष्ट्रेलिया टूरको संयोजन समेत गरिरहेका केविसी अष्ट्रेलियाका निर्देशक चिरञ्जीवी देवकोटा कार्यक्रमले नेपालबाट आउने कलाकारहरूको यो पटकको यात्राले अष्ट्रेलियामा हुने कार्यक्रमहरूको संभावना र अवसरलाई उजिल्ल्याउने आशा व्यक्त गर्दछन्। धमाका २०७९ अष्ट्रेलिया टूरलाई ग्रेस ईन्टरनेशनलले मुख्य प्रायोजन गरेको छ भने प्लाटिनम स्पोन्सरको रुपमा ब्लूबेरी रियल स्टेट मेलबर्न रहेको छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …