अवसरसँगै पानीको समेत संकट छ रिजनल अष्ट्रेलियामा

अष्ट्रेलियामा स्थायी रूपमा नै बस्ने योजना र चाहना भएका विद्यार्थी तथा दक्ष विदेशीहरूका लागी अष्ट्रेलिया सरकारको नीतिसँगै जलवायु परिवर्तनले पनि दबाब दिने भएको छ। यतिखेर लामो र कडा खडेरीको मारमा परेको अष्ट्रेलियाका ‘रिजनल’ क्षेत्रहरूमा नयाँ आप्रवासीहरूले स्थायी बासिन्दा बन्नको लागी रोजगारी, कमाईसँगै पानीको उपलब्धताले समेत चुनौती थप्ने देखिएको छ। अष्ट्रेलियाका ‘रिजनल’ क्षेत्रहरू गत केही वर्ष देखी खडेरी र पानीको अभाव भोगिरहेकाछन् जसमध्ये धेरैले ‘पीआर’को सम्भावना देखेका क्षेत्र पनि छन्।

  अवसरसँगै पानीको समेत संकट छ रिजनल अष्ट्रेलियामा – NepaliPage

यो पनि पढ्नुस् : छिटो फुल अष्ट्रेलियन लाईसेन्स लिँदा होला भिजा, नागरिकता नै रद्द

सुख्खा र खडेरी भोगेका अष्ट्रेलियाका ‘रिजनल’ क्षेत्रमा पीआरको लागी आउन तयार भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोजगारी र भविष्य त परको कुरा खानेपानी पनि दिन नसक्ने हो कि भन्ने चिन्ता अर्थविद्हरूमा छाएको छ। जुन अवस्थामा अष्ट्रेलियाका ग्रामिण शहरहरू रहेका छन् त्यसले सरकारले जनसंख्या वितरणको सन्तुलनका लागी सारेको कदमलाई निष्प्रभावी बनाउने चर्चा अर्थ तथा जनसंख्याविद्मा रहेको छ। अष्ट्रेलिया सरकारले ग्रामिण अष्ट्रेलिया केन्द्रीत नयाँ भिजाहरू घोषणा तथा लागु गर्ने भनेको महिनामा नै अष्ट्रेलियाका केही ‘रिजनल’ शहरहरूमा पानी उपलब्ध नहुने अवस्था रहेको ‘सिड्नी वाटर’ले सार्वजनिक गरिसकेको छ। न्यू साउथवेल्स राज्यको ‘डब्बो’नोभेम्बर महिना मा नै पानी विहिन हुने भनिएको छ भने नारोमाईन, निंगन र कोबारमा पनि पानी सकिनेछ।  त्यसो त आर्मिडेल, ट्यामवर्थमा पनि छिट्टै पानी सकिने अवस्थामा रहेको छ।

 

‘सण्डे मर्निङ हेराल्ड’मा ग्रामिण अर्थविद् ‘टेरी राउन्सले’ पानीको संकटले सिड्नीमा बसिरहेकाहरूलाई ग्रामिण क्षेत्रमा जानको लागी निरूत्साहित गर्ने चिन्ता व्यक्त गर्दछन्। जहाँ ग्रामिण क्षेत्रका बासिन्दा नै खडेरीको कारण अवसरका लागी ति क्षेत्र छोड्ने अवस्थामा छन्। ‘राउन्सले’ जो ‘एसजीएस ईकोनोमिक्स एण्ड प्लानिङ’ले वार्षिक रुपमा प्रकाशन गर्ने प्रतिवेदन ‘ईकोनोमिक परफरमेन्स अफ सिटिज एण्ड रिजन्स’का लेखक पनि हुन् उनलाई उदृत गर्दै ‘हेराल्ड’ले लेखेको, ‘मानिसहरू खडेरीका कारण कमजोर बनेको अर्थतन्त्रले बाध्य भएर गाउँ छोडिरहेको सिड्नीबाट मानिसहरू आउँदैनन् किनकी पानी मूलभूत आवश्यकता हो।’

यो पनि पढ्नुस्: अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो

  अवसरसँगै पानीको समेत संकट छ रिजनल अष्ट्रेलियामा – NepaliPage

स्कट मोरिसन सरकारले आप्रवासीहरूलाई ग्रामिण क्षेत्रमा पठाउनका लागी नयाँ भिजाहरू नोभेम्बर देखी लागु गराउँदैछ जसले सिडनी, मेलबर्न लगायतका ठूला शहरमा भईरहेको जनसंख्याको चाप वृद्धिलाई लगाम लगाउने आशा गरिएको छ। सिडनी, मेलबर्न लगायतका ठूला शहरमा जनसंख्याको चापलाई भौतिक पूर्वाधारले थेग्न नसकिरहेको अवस्थामा अष्ट्रेलियाका ग्रामिण क्षेत्र भने कामदार र दक्ष जनशक्तिको अभाव झेलिरहेका छन्। दक्ष जनशक्तिको अभाव झेलिरहेका सात स्थानिय सरकार तथा निकायले विदेशी कामदार राख्नका लागी संघिय सरकारसँग छुट्टै ‘डामा’ सम्झौता गरेका छन्। जस अन्तर्गत काममा राखिएका कामदारहरू तिन वर्ष पछी अष्ट्रेलियाको ‘पीआर’का लाग योग्य समेत हुनेछन्। यतिखेर ग्रामिण अष्ट्रेलिया केन्द्रीत बनेको सरकारले विदेशी विद्यार्थी, दक्ष जनशक्ति साथै शरणार्थीहरूलाई ग्रामिण भेगमा पठाउन भिजा नीति र तिनको कार्यान्वयनको शैली समेत बदलेको छ। नोभेम्बर देखी लागु हुने नयाँ भिजाहरूमा नयाँ आप्रवासी तथा दक्ष जनशक्तिले ग्रामिण भेगमा कम्तिमा तिन वर्ष बसेपछी मात्र ‘पीआर’ पाउने व्यवस्था गरिएको छ।

 

सिडनी, मेलबर्न लगायतका ठूला शहरमा बसेर अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलियाको ग्रामिण क्षेत्र रोजगारीको संभावना कम भएको लाग्छ। ‘रिजनल गएर मात्र के गर्नु, काम पनि हुन परयो नि! हेर्नुस् न तासमानियामा काम नपाएर कस्तो अवस्था छ!’ विद्यार्थीहरू भन्छन्। तर, सार्वजनिक भएका तथ्यांकहरूले भने ग्रामिण क्षेत्रमा रोजगारीका अवसरहरू प्रसस्तै रहेको देखाउँछन्।

पानीको संकटबारे सिड्नी वाटरको भिडियो हेर्नुस्:

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …