ह्वात्तै बढ्यो ‘पीआर’को ईन्भिटेसन

अष्ट्रेलियाई आन्तरिक मामला विभागले सार्वजनिक गरेको अक्टोबर महिनाको दक्ष आप्रवासी भिजा कार्यक्रमको आमन्त्रण चरण (ईन्भिटेसन राउण्ड)को नतिजाले अष्ट्रेलियाले ‘पीआर’ अर्थात् अष्ट्रेलियाको स्थायी आवासिय भिजाका लागी निवेदनका लागी आमन्त्रण गरिएकाहरूको संख्या ह्वात्तै बढेको देखाएको छ। तथ्यांक अनुसार विभागले अक्टोबर महिनामा मात्र चारहजार तीनसय ४० लाई ‘पीआर’ भिजा १८९ भर्नका लागी आमन्त्रण गरेको छ। यो भन्दा अघिल्लो महिना सेप्टेम्बरमा विभागले यस्तो आमन्त्रण दुईहजार चारसय ९० जनालाई मात्र गरेको थियो। १८९ भिजा अष्ट्रेलियामा अनन्तकाल सम्म बस्न, काम र व्यवसाय गर्न मिल्ने भिजा हो, यो भिजा प्राप्त गर्नका लागि आवेदकलाई कुनै रोजगारदाता वा राज्य सरकारले मनोनित (स्पोन्सर) गरिराख्नु पर्दैन। तर, अष्ट्रेलियाको ग्रामिण भेगमा निश्चत समय बिताएपछी ‘पीआर’ पाउने भिजाका रूपमा रहेको ४८९ उपवर्ग (सबक्लास)को भिजाका लागी भने विभागले हरेक महिना १० जनालाई मात्र आमन्त्रण गर्ने गरेको छ। अष्ट्रेलियाको आन्तरिक मामला विभागले हरेक अंग्रेजी महिनाको ११ तारिखमा यसरी ‘पीआर’का लागी आमन्त्रण गर्ने गरेको छ। 

अष्ट्रेलियामा ‘पीआर’ पाउनका लागी अष्ट्रेलियामा आफ्नो पढाई सकेका वा विदेशमा नै मान्यता प्राप्त विश्वविद्यालय, कलेज पढेर अष्ट्रेलियामा माग रहेका विषय तथा क्षेत्रमा दक्षता हासिल गरेकाहरूले ‘स्किल सेलेक्ट’ मार्फत आफ्नो ईच्छा प्रकट गर्नु पर्दछ (ईओआई भर्नुपर्छ) र यसरी ईच्छा राख्नेहरु मध्यबाट  ट गरेर ‘पीआर’को लागी आमन्त्रण गर्दछ। यसरी आमन्त्रण गर्दा ‘स्किल सेलेक्ट’मा ईच्छा दर्ता गराउनेहरूको योग्यता, अनुभव र त्यसको आधारमा मिलेको अंकलाई आधार मान्ने गरिन्छ। जसको ‘स्किल सेलेक्ट’मा धेरै अंक भयो उसैलाई विभागले भिजा भर्नको लागी आमन्त्रण पठाउँछ। पछील्लो समय अष्ट्रेलियामा धेरै माग भएका र धेरै आवेदन पर्ने सूचना प्रविधि (‘आईटी’), लेखा (‘एकाउन्टिंग’) र ‘ईन्जिनियरिंग’ लगायतका विषय तथा क्षेत्रलाई अष्ट्रेलियाले ‘प्रो राटा’ प्रणालीबाट यस खालको ‘पीआर’ कोटा उपलब्ध गराउँछ। यस्ता क्षेत्रका निवेदकले प्रतिस्पर्धात्मक अंक हासिल गरेको हुनुपर्छ। 

हाल सार्वजनिक भएको ‘ईन्भिटेसन राउण्ड’ अक्टोबर महिनाको हो, जसमा आईटी तथा ईन्जिनियरिंग क्षेत्रका ईच्छुकलाई ‘पीआर’का लागी पहिले भन्दा केही कम अंक हासिल भएको भएपनि भिजा आवेदन दिनका लागी आमन्त्रण गरिएको छ। ‘ईलेक्ट्रोनिक्स ईन्जिनियर’, ‘ईन्डस्ट्रियल, मेकानिकल र प्रोडक्सन ईन्जिनियर’, ‘सफ्टवेयर तथा एप्लिकेसन प्रोग्रामर’, र ‘कम्प्युटर नेटवर्क प्रोफेसनल’हरूलाई ७० अंकमा नै भिजा भर्नका लागि अवसर दिईएको छ। यी पेशामा गत महिना सम्म ७५ अंक भएकाले मात्र भिजा भर्ने आमन्त्रणको अवसर पाउँथे। अहिले सार्वजनिक तथ्यांकले यी पेशामा रहेर अष्ट्रेलियामा ‘पीआर’ पाउनका लागि ईच्छुकहरूलाई फाईदा पुगेको देखाएको छ। 

ह्वात्तै बढ्यो 'पीआर'को ईन्भिटेसन - NepaliPage
Data and Graph: Department of Home Affairs

 ‘स्किल सेलेक्ट’ मा ७० अंकका साथ रहेकाहरू मध्ये अक्टोबरको चरणमा १९१३ ले अष्ट्रेलियाको ‘पीआर’ भर्ने अवसर पाएका छन् भने ७५ अंक हुने १४५८ ले अक्टोबरमा ‘पीआर’ भर्ने अवसर पाए। लेखा अर्थात् एकाउन्टिंग पेशामा रहेकाहरूले भने यसखालको भिजा भर्ने आमन्त्रण पाउनका लागि ‘स्किल सेलेक्ट’ मा ८० अंक पुरयाएर पनि ४ देखी ५ महिना कुर्नुपर्छ। अष्ट्रेलियामा व्यवसाय तथा लेखा (बिजनेस र एकाउन्टिंग) पढ्ने विद्यार्थीहरूको संख्या अरू विषय पढ्नेहरूको भन्दा धेरै छ। 

व्यवसायिक आप्रवासन अभिकर्ता (माईग्रेसन एजेन्ट)हरू अक्टोबर महिनामा जस्तै नोभेम्बर महिनामा पनि विभागले चार हजार भन्दा धेरैलाई ‘पीआर’ भर्नका लागी आमन्त्रण पठाएको अनुमान गर्छन्। त्यसो त उनीहरूले डिसेम्बर महिनाको आमनत्रण चरणले ८०० जनालाई मात्र ‘पीआर’को लागी अवसर दिएको आँकलन गरेका छन्। पछिल्लो समय अष्ट्रेलिया सरकारले यहाँका मुख्य शहरहरू सिड्नी, मेलबर्न लगायतमा आप्रवासीका कारण नियमित सेवा तथा पूर्वाधारमा समस्या उत्पन्न भएको र भिडभाड कम गर्न ग्रामिण क्षेत्र केन्द्रीत आप्रवासन नीति लिने तयारी गरिरहेको छ। ‘पीआर’का लागी प्रतिस्पर्धा बढि भएपछी सिड्नी, मेलबर्न लगायत ठूला शहरमा पढेका विद्यार्थीहरू तासमानिया, डार्बिन लगायत क्षेत्रमा ‘पीआर’का लागी मनोनयन (नोमिनेसन)को आशामा सरिरहेका छन्। 

गत वर्ष देखी अष्ट्रेलियाले ‘पीआर’ दिने प्रक्रियामा कडाई गरेको छ। साथै ‘स्किल सेलेक्ट’को पास अंक समेत बढाएर ६५ पुरयाएको छ जुन पहिले ६० थियो। ‘पीआर’ दिने प्रक्रियामा कडाईसँगै विद्यार्थीलाई अष्ट्रेलियामा ‘पीआर’ लिन कै लागी पढाई सकेपछीको दुई वर्ष अंग्रेजी र नेपाली भाषा परिक्षाको तयारीमा बिताउनुपर्ने र त्यसमा असफल भए फेरी डार्बिन तथा तासमानिया जानुपर्ने अवस्था पैदा भएको छ। 

यसबारेको सबै तथ्यांक सहितको लेख पढ्न यहाँ क्लिक गर्नुहोस् । 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल - NepaliPage

बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल

आफैले पेश गरेको बैंक स्टेटमेन्ट र आफ्नै नामको खाताका विषयमा अनभिज्ञता जनाउने दुई अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा सिड्नी एअरपोर्टमा नै क्यान्सिल भएको छ। विद्यार्थी भिजामा अष्ट्रेलिया पढ्न भनेर आएका ति विद्यार्थीलाई अष्ट्रेलियाका ईमिग्रेसन अधिकारीले उनीहरूले भिजा अप्लाई गर्दा पेश गरेको कागजातका विषयमा प्रश्न गर्दा उनीहरूबाट सन्तुष्ट हुने जवाफ नमिलेपछी उनीहरूको भिजा क्यान्सिल भएको हो।