ज्यानै लिने सडक दूर्घटना गरेर भाग्ने नेपाली पक्राउ

एक २० वर्षे युवकको ज्यान जाने गरि भएको सडक दुर्घटनामा संलग्न भएको आरोपमा एक नेपाली पक्राउ परेका छन्। अमेरिकाको बाल्टिमोर काउन्टी प्रहरीले ३६ वर्षिय मानबहादूर गुरूंगलाई गत डिसेम्बर ८ मा भएको सडक दुर्घटनाको आरोपीका रूपमा पक्राउ गरेको बाल्टिमोरका संचार माध्यमहरूले जनाएका छन्। गुरूंगको पहिचान खोल्दै प्रहरीले डिसेम्बर ८ मा उनको गाडिको ठक्कर दिएको घटनामा टोसन विश्वविद्यालयका विद्यार्थी २० वर्षिय मिजिमाजि ईन्कुबेको मृत्य भएको  थियो।

प्रहरीले घटनामा संलग्नका रूपमा प्रमाणहरूले गुरूंगलाई दोषी देखाएको भन्दै पक्राउ गरेको जनाएको छ। अनुसन्धान अधिकृतहरूले उक्त घटना गराउने खैरो रंगको सन् २०१७ मोडलको टोयोटा ट्रन्डा गाडी र गुरूंगको सम्बन्धको प्रमाण भेटेपछी यसखालको पक्राउ गरेको प्ररीलाई उल्लेख गर्दै समाचार माध्यमहरूले जनाएका छन्। प्रहरीले स्थानियहरूको सहयोगमा आरोपी सम्म पुगेको भन्दै दुर्घटनाको अरू पक्ष र कारणहरूबारे थप अध्ययन जारी रहेको जनाएको छ।

प्रहरीहरूले घटनाको कारण तिब्र गति, मादक पदार्थ सेवन वा अरू केही थियो भन्ने अध्ययन गरिरेहका छन्। बाल्टिमोर काउन्टी प्रहरीका अनुसार डिसेबर ८ शनिबार नर्थ चार्ल्स स्ट्रिटमा बाटो काटिरहेका ईन्कुबेलाई टोयोटा ट्रन्डाको ड्राईभर पट्टिको भागले ठक्कर दिएर फरार भएको थियो।

गुरूंगलाई घटनास्थलबाट भागेको सहित चार आरोप लगाईएको छ भने उनको धरौटीमा अस्वीकार गरिएको छ।

 प्रहरीले ट्विटरमा जारी गरेको सूचना

यहाँ छ घटनाको भिडियो रिपोर्ट

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …