अन्तर्राष्ट्रिय नेपाली दिवश मनाउँदै अष्ट्रेलियाका नेपाली

अष्ट्रेलियामा बस्ने नेपालीहरूले नेपाल एकीकरणका नायक तथा नेपाली राष्ट्रियताका प्रणेता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा यस वर्ष पनि ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाउने भएका छन्। अष्ट्रेलियामा यतिखेर रहेको कोरोनाको ओमिक्रोन प्रकोपका कारण सरकारले तोकेका कोभिड-१९ मापदण्डको पालना गर्दै सबै राज्यहरूमा ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ कार्यक्रमको तयारी पुरा भईसकेको आयोजक समितीले जनाएको छ।  कोभिड-१९ केशहरूको अवस्था हेरेर राज्य राज्य तथा शहर शहरका कार्यक्रमको विवरणको अपडेट सम्बन्धित राज्य तथा शहरमा रहेका नेपाली माझ पुरयाईने समेत आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय नेपाली दिवश मनाउँदै अष्ट्रेलियाका नेपाली - NepaliPage
सन् २०१९ देखी अष्ट्रेलियामा नै स्थायी रूपमा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तिलाई देश सुहाउँदो रूपमा ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा अगाडी बढाउन थालेका हुन्। अष्ट्रेलियाबाट सुरू भएको अन्तर्राष्ट्रिय नेपाली दिवश मनाउने क्रम नेपाल बाहेक अन्य देशमा बस्ने नेपालीहरूले अगाडी बढाउँदै छन्। तस्वीर: अघिल्लो वर्षको कार्यक्रमको फाईल तस्वीर

 

अष्ट्रेलियामा नेपालीहरूको बाक्लो बसोबास हुन थाले देखि हरेक पुष २७ मा पृथ्वीनारायण शाहको सम्झनामा कार्यक्रम हुँदै आएको छ। अष्ट्रेलियाका नेपाली सामाजिक अभियन्ता डिला खरेल सन् २०११ देखी निरन्तर पृथ्वी जयन्ति मनाईँदै आएको बताउँछन्। अष्ट्रेलियाका नेपाली युवा अभियन्ता मदनमणि अधिकारी सन् २०१९ देखी पृथ्वी जयन्तिलाई अन्तर्राष्ट्रियकरण गर्दै ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाउन थालिएको बताउँछन्। पृथ्वीनारायण शाहको नेपाल एकीकरणले विश्वको राजनीति र सामरिक संरचनामा नै फेरबदल गर्न साथै नेपाली पहिचानलाई वैश्विक बनाएकाले उनलाई सम्झँदै ‘अन्तर्राष्ट्रिय दिवश’ मनाउन लागिएको अधिकारीले बताए।

‘नेपाली जातिय गौरवको दिन पारेर विश्वभर नै मनाउन लागिएको यो दिनको सन्देश नेपाली जहाँ भएपनि र जस्तो अवस्थामा रहेपनि उनीहरूको भावना र मनमा ऐतिहासिक बृहद नेपाल र नेपाली संस्कृति रहेको छ। नेपाली भएको प्रति उनीहरूलाई गर्व छ भनेर प्रदर्शनको अवसर पनि पुष २७ हो। नेपाली संस्कृती, भाषा र धर्म प्रतिको कर्तव्यबोध गरेर विश्वका सबैजसो मुलुकमा पुगेका साथीहरूले यसलाई अगाडी बढाउन सुरू गर्नुभएको छ त्यसका लागी सबैलाई नमन गर्न चाहन्छु’, अन्तर्राष्ट्रिय नेपाली दिवश आयोजक समिती सदस्य अधिकारीले भने।

‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ आयोजक समितीले दिवश मनाउनका लागी जापान, कोरिया, अमेरिका, बेलायत, फ्रान्स लगायतका यूरोपका देशहरू, दुबई कतार, बर्मा, भारत, मलेशिया लगायतका देशमा समेत सक्रियताका साथ पहल भईरहेको जानकारी दिएको छ। आयोजक समितीका सदस्य युवा अभियन्ता  दीपक पौडेलले पृथ्वीनारायण शाहको सम्बन्धमा गलत न्यारेटिभ स्थापना गर्ने र नेपाली ईतिहासलाई नै दुत्कार्ने दुष्प्रयास नेपालबाट नै बारम्बार हुनुले अन्तर्राष्ट्रिय रूपमा नेपालीलाई कमजोर बनाउन खोजेको बताउँदै, भने, ‘विश्वभर रहेका नेपालीहरूले आफ्नो पहिचान र ईतिहास प्रति गौरव जताउने पुष २७ नै एउटा उत्कृष्ठ तिथी हो।’

यो पनि पढ्नुहोस् : अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस्

अन्तर्राष्ट्रिय नेपाली दिवश मनाउँदै अष्ट्रेलियाका नेपाली - NepaliPage

कार्यक्रमको विवरण:स्थान: Auburn Park, Hutchinson Street, Auburn NSW

मिती: पौष २७, २०७८, मंगलबार 11 January, 2022

समय: बिहान १० बजे देखी ५ बजे सम्म (सिड्नीको समय अनुसार)

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान - NepaliPage

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान

टेलिफोन र ईन्टरनेटको माध्यमबाट संसारका जुनसुकै कुनामा भएका व्यक्तिसँग कुरा गर्न सकिने जमाना छ। विज्ञानको …