यतिखेर अष्ट्रेलियामा रहेका अधिकाँश विद्यार्थीको चासो र तयारीको एउटै कुरा बनेको छ PTE (Pearson Test of English)। अष्ट्रेलियामा पीआर तथा पढ्नका लागी आफ्नो विषयको आवश्यकता हेरी सबै ब्याण्डमा 65+ वा 79+ ल्याउनुपर्ने भएकाले सबैलाई यसले तनाब नै दिएको छ। आ-आफ्नो आवश्यकता हेरेर यसमा चाहिने जति स्कोर ल्याउन कस्सिएर लाग्नुको विकल्प छैन। कसैको समस्या र आवश्यकता अरू कसैको लागी चैं अवसर बनेर आउँछ जुन PTE को सवालमा पनि लागु भईरहेको छ। यतिखेर सिड्नीमा PTE र NAATI सबैभन्दा बढी बिक्ने विषय भएका छन्। नेपाली कन्सल्टेन्सीका फेसबुक पोस्ट हरेक तिन तिन महिनामा ‘यही हो अन्तिम मौका माइग्रेसनको लागी ५ पोईन्ट पाउने’ भनेर दोहोरिएको तेहोरियै छन्। अनि PTE मा यसले यति ल्यायो भनेर फेसबुकमा PTE पढाउनेहरूले गरेको विग्यापनको चाप पनि थेगिसक्नुको छैन। दुवै विषयमा सफलता पाउनेको विग्यापन धेरै भएको छ भने अलिकतिले पछि परेकाहरूले चैं यता हुन्छ कि उता हुन्छ भनेर PTE सेन्टर चहारी रहेका छन्। तर जता गए पनि PTE मा आफ्नो अंग्रेजी क्षमता नबढाए सम्म चाहे जस्तो नतिजा भने हात पर्दैन। त्यसो त एक पटक PTE को परिक्षा दिएकाहरूले अनलाइनमा सित्तैमा उपलब्ध रहेका अध्ययन सामग्री प्रयोग गरेर राम्रो नतिजा हासिल गरिरहेका छन्।
पढ्नुहोस्: The Right Approach Towards PTE Preparation
कम्प्युटर सफ्टवेयरले जाँच्ने भएकाले PTE को टेस्टमा ध्यान दिनुपर्ने कुराहरू पनि धेरै नै छन्। तर PTE मा आवश्यक नतिजा पाउनको लागी कुनै सेन्टरमा ४००-५०० डलर तिरेर महिना दिनसम्म धाउनै पर्ने भन्ने चैं हुँदैन। यसरी पढ्न गएका मध्ये धेरैले चाहे जस्तो नतिजा पाउन सकेका छैनन्। यो कुरा छुट्टै हो कि Emdad’s भन्ने सेन्टरमा पढ्नेको नतिजा सबैलाई आश्चर्यमा पार्ने नै छ। 79+ स्कोर चाहिनेहरूलाई पनि 65+ लाई जस्तै सेन्टर नै धाउनुपर्छ भन्ने छैन। यूट्युब र अनलाइनमा सित्तैमा उपलब्ध सामग्री साथै E2Language जस्ता किनेर प्रयोग गर्न सकिने अनलाइन सामग्रीहरू नै आवश्यक स्कोरका लागी पर्याप्त छन्। PTE स्कोरको कुरा गर्दा 79+ र 65+ आवस्यक पर्ने वा सो स्कोरको लागी कस्सिएकाहरूको पृष्ठभूमि र क्षमतालाई पनि बिर्सनु हुँदैन।
PTE को तयारी गर्नेहरूले यी वेबसाइटहरूबाट सित्तैमा सामग्री पाउन सक्छन्। जसको सहयोगले चाहिएको स्कोर ल्याउन सकिन्छ। यी मध्ये कतिपयमा सित्तैमा रजिस्टर हुन (खाता खोल्न चैं जरूरी हुन्छ)
२. पियरसन
५. पीटीईस्टडी
PTE टेस्ट र बारम्बार दोहोरिएका प्रश्नहरूबारे छलफल गर्न र अनुभव सेयर गर्न नेपालीहरूको PTE फेसबुक ग्रुपमा यताबाट जोडिनुहोस्। (यहाँ क्लिक गर्नुस्)
नेपाली NAATI ग्रुपमा यहाँ क्लिक गरेर जोडिनुहोस्।