विदेशी विद्यार्थी आकर्षित गर्दै नर्दन टेरिटरी

अष्ट्रेलियाका मुख्य राज्य तथा शहरहरूमा विदेशी विद्यार्थीहरूले ‘पीआर’को संभावना कम भएको अनुभव गरिरहेको समयमा ‘नर्दन टेरिटरी’ले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्नका लागी नयाँ रणनीति अगाडी सारेको छ। राज्यको अन्तर्राष्ट्रिय शिक्षा तथा तालिम रणनीतिका रूपमा ‘नर्दन टेरिटरी’ सरकारले सात वर्षका लागी रणनीति सार्वजनिक गरेको हो। जसले राज्यमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या बढाउनुका साथै आर्थिक विविधिकरण, जनसंख्या वृद्धि र स्थानिय रूपमा रोजगारीका अवसरहरू सृजना गर्ने आशा राखिएको छ। रणनीतिले ‘नर्दन टेरिटरी’मा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या सन् २०२५ सम्ममा १० हजार सम्मले बढाउने लक्ष राखेको छ। जसले राज्यलाई ३०० मिलियन डलरको आर्थिक योगदान दिने प्रक्षेपण छ, यतिखेर यसखालको योगदान ९१ मिलियन डलर रहेको छ। अन्तर्राष्ट्रिय शिक्षाको अष्ट्रेलियन अर्थतन्त्रमा ३२ बिलियन डलरको योगदान रहेको छ भने वर्ष २०१७ को ‘डिलोइट’को विश्लेषणले एक अन्तर्राष्ट्रिय विद्यार्थीले औसत रूपमा वार्षिक ३७ हजार चारसय डलर खर्च गर्ने देखाएको थियो।

कमजोर अंग्रेजी भएकाहरूलाई डार्बिनमा पीआरको लागी यस्तो पनि छ व्यवस्था   

विदेशी विद्यार्थी आकर्षित गर्दै नर्दन टेरिटरी - NepaliPage
डार्बिनमा पढ्ने विदेशी विद्यार्थीहरूमा सबैभन्दा धेरै नेपाली रहेका छन्।

अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्नका लागी ‘नर्दन टेरिटरी’ सरकारले राज्यलाई शैक्षिक गन्तव्यका रूपमा स्थापित गराउनका लागी ५० भन्दा बढी देशका २०० भन्दा बढी ‘एजुकेशन एजेन्ट’हरू सहभागी त्रिदिवशिय अन्तर्राष्ट्रिय शैक्षिक मेला यसै साता डार्बिनमा आयोजना भएको छ। मेलाकै अवसर पारेर घोषणा गरिएको राज्यको शैक्षिक रणनीतिको मुख्य जोड पनि डार्बिनलाई अन्तर्राष्ट्रिय विद्यार्थिको केन्द्र बनाउने छ। त्यसका लागी राज्य सरकारले विदेशी विद्यार्थीका लागि डार्बिनको समुदाय र रोजगारदाताहरू सँग जोड्न र उनीहरूको बसोबास र स्वास्थ्यको पक्षलाई विशेष ख्याल राख्ने, ‘नर्दन टेरिटरी’लाई शैक्षिक गन्तव्यका रूपमा प्रचार गर्ने साथै राज्यको शैक्षिक क्षेत्रको विकास र वृद्दिलाई मजबुत बनाउने तर्फ राज्यले पहले गर्नेछ।

डार्बिनमा काम पाउनका लागी यस्ता एजेन्सीहरू सहयोगी हुन्छन् 

त्यसका लागी अन्तर्राष्ट्रिय विद्यार्थीको स्रोत मानिएका ‘एजुकेशन एजेन्ट’हरू डार्बिनको चासोको केन्द्रमा परेका छन्। अध्ययन अनुसार करिब ७५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी यस्तै ‘एजुकेशन एजेन्ट’को माध्यमबाट अष्ट्रेलियाका शिक्षा प्रदायकसँग जोडिन्छन्। ‘नर्दन टेरिटरी’मा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा नेपालीको संख्या उल्लेख्य छ। ‘नर्दन टेरिटरी’ सरकारको तथ्यांक अनुसार नेपाल त्यहाँको अन्तर्राष्ट्रिय विद्यार्थीको स्रोत राष्ट्रका रूपमा शीर्ष १० मुलुक मध्ये पहिलो हो। नेपाली पछि भारतीय विद्यार्थीहरूको संख्या ‘नर्दन टेरिटरी’मा उल्लेख्य छ।

डार्बिनको लचक र सजिलो मानिएको पीआर मार्ग ‘डामा २’ बारे जान्नुहोस्  

पछिल्लो समय ‘पीआर’का रूपमा बुझिने १९० भिजा र ४८९ भिजाका लागी अरू राज्यको भन्दा केही लचक व्यवस्थाका कारण धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अरू राज्यबाट डार्बिन बसाईं सरेका थिए। डार्बिनमा रहेको माईग्रेसन कार्यक्रम ‘डामा’ले पनि विद्यार्थीहरूलाई डार्बिनमा पढ्न र अरू राज्यबाट त्यहाँ सर्नको लागी आकर्षित गर्ने गरेको छ। गत वर्ष देखी अष्ट्रेलियाले ‘पीआर’को नीतिमा केही परिमार्जन गरेपछी तासमानिया र डार्बिन लगायतका कम आर्थिक गरिविधी हुने राज्यहरूले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्ने खालको नीति ल्याउन थालेका हुन्।

पीआरका लागी कता जाने? क्यान्वेरा, तास्मानिया कि डार्बिन

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …