मदिरा पछीको झगडामा एक नेपाली गम्भिर घाईते

अष्ट्रेलियाको सिड्नीमा मदिरापान पछी सडकमा हिँड्दा ठोकिएको विषयलाई लिएर सुरू भएको झगडामा एक नेपाली युवा गम्भिर घाईते भएका छन्। भने, झगडामा संलग्न अर्का युवा प्रहरी हिरासतमा पुगेका छन्। न्यू साउथ वेल्स प्रहरी र अष्ट्रेलियामा मुख्य मिडियामा प्रशारित समाचार अनुसार सिड्नीको जर्ज स्ट्रिटमा सोमबार एकाबिहानै दुई नेपाली सहित चार जनाको सडकमा भएको भनाबैरी ठूलो झगडामा परिणत हुँदा २२ वर्षिय अनिश शाहीको टाउकोमा गम्भिर चोट लागेको थियो। शाहीको टाउकोको हाड समेत भाँचिएको र मस्तिष्कमा रक्तश्राव भएको बुझिएको छ। शाहीलाई न्यू साउथ वेल्स एम्बुलेन्सका प्यारामेडिक्सको उपचार पछी सेन्ट भिन्सेन्ट अस्पतालमा उपचारको लागी लगिएको थियो। शाहीको अवस्था गम्भिर भएपनि प्राणघातक नरहेको बताईएको छ।

शाहीलाई भनाभनकै क्रममा २१ सिएन स्कुद्दरले टाउकोमा हिर्काउँदा उनको टाउकोमा चोट लागेको र उनी भुईंमा पछारिएको सञ्चारमाध्यमहरुले जनाएका छन्। उनी उक्त प्रहारपछि बेहोस समेत भएका थिए।झगडामा संलग्न अर्का दुई युवा दाजुभाई हुन् भने नेपाली साथी साथी रहेको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ। शाहीलाई मुक्का प्रहार गर्ने सिएन स्कुद्दरका दाजुलाई २५ वर्षका नेपाली मरयाक लिम्बुले छातीमा कागज काट्ने चक्कुले प्रहार गरेका थिए। स्कुद्दरका दाजु तिजेयको छातीको बीच भाग लिम्बुको चक्कु प्रहारले चिरिएको छ। न्यू साउथ वेल्स प्रहरीका ग्याविन डेनगेटले उनीहरूले मादक पदार्थ गरेको बताए।

स्कुद्दर दाजुभाई जमानतमा छुटेका छन् भने घटनामा संलग्न दुई नेपाली युवा मध्ये एक अस्पतालमा र अर्को प्रहरी हिरासतमा छन्। झगडामा संलग्नलाई अधिकतम १० वर्ष सम्मको जेल सजायँ साथै १२ महिना सम्म सिड्नीका मुख्य शहरी क्षेत्रमा जान रोक लाग्न सक्छ।

यसै घटनाबारे च्यानल नाईनको समाचार

Brawl

Police are warning that consequences for a vicious drunken brawl in Sydney’s CBD are likely to last, with three men being charged and a fourth under police guard in hospital.

#9News | http://9News.com.au

Posted by 9 News Sydney on Monday, April 1, 2019

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …