माईग्रेसन एजेन्ट छान्दा ध्यान दिनुपर्ने ४ कुरा

माईग्रेसन, अर्थात् बसाईं सराईं। मानव सभ्यताको विकाससँगै यो एउटा नियमित प्रक्रियाको रूपमा अगाडी बढ्दै आईरहेको छ। माईग्रेसन वास्तवमा मानविय विकास प्रक्रिया हो। मानिसले सुख, सुविधा र स्रोतलाई मुख्य मानेर आफ्नो बसाईंलाई स्थानान्तरण गर्दै आएका छन्। भौतिक विकास र यातायातको सुविधाले यो क्रमले सिमाना र भूगोल नाघ्ने क्रममात्र पछिल्लो समय बढेको हो। पहिले पहिले ब्रिटेन देखी भारत र लाहौर सम्म नेपालीहरू अवसर र जिवनशैलीको लागी बसाईं जान्थे। त्यसो त बर्मा पनि नेपालीको बसाईं जाने गतिको गन्तव्य थियो पहिले। त्यसैले त भनाई नै छ नि ‘बर्मा गयो कर्म सँगै, नेपाल आयो कपालसँगै’। पछिल्लो समय नेपालीहरू अवसरका लागी बसाईं सर्ने क्रममा पश्चिमका समृद्ध देशहरू अमेरिका जाने, अष्ट्रेलिया आउने क्रम बढिरहेको छ। सँगै बसाईं सर्न सहयोग गर्ने ‘माईग्रेसन एजेन्ट’हरू सजिलै उपलब्ध हुन थालेका छन्। यद्यपी नेपालबाट सिधै अष्ट्रेलियन पीआर एप्लाई गरेर आउनका लागी सहयोग गर्ने एजेन्ट चाहीँ नेपालमा भेट्न गारो छ (कमाईको कारण हुनसक्छ, धेरै एजुकेशन एजेन्टहरू पीआर भन्दा नि पढ्न नै पठाउनमा जोड दिने)। अष्ट्रेलियामा चैं टन्नै प्रसस्तै छन् माईग्रेसन एजेन्ट, नेपालीहरूको पनि संख्या प्रसस्तै छ, तर हातका औंलामा गन्न सकिने छन् साँच्चिकै व्यवसायिक चैं।

माईग्रेसन एजेन्ट छान्दा ध्यान दिनुपर्ने ४ कुरा - Katuwal

यो पनि पढ्नुस् : भिजा क्यान्सिल समेत हुनसक्छ, कन्सल्टेन्सी छान्दा दिनुस् ध्यान

हुन त अष्ट्रेलियाको भिजाको निर्णय गर्ने कुरामा माईग्रेसन एजेन्टको कुनै भूमिका हुँदैन (इमिग्रेसन विभागको साइडमा) तर सही माईग्रेसन एजेन्ट छानेको खण्डमा उसले भिजाको निर्णय सकारात्मक आउने वातावरण बनाउन चाहिँ सक्छ। यसको मतलब हो माईग्रेसन एजेन्टले उसको अनुभवको आधारमा तपाईंको भिजा प्रक्रियालाई सहज र सकारात्मक बनाउन सक्छ। माईग्रेसन प्रक्रिया सुरू गर्दा सही एजेन्टको छनौट नै प्रक्रियाको एउटा सुखद सुरूवात हो अनि आधा आधि सफलता पनि। किनभने अनुभवी माईग्रेसन एजेन्टले आवस्यक कागजात र प्रक्रिया उपयुक्त ढंगमा मिलाउन सक्छ।

अष्ट्रेलिया आएका नेपाली मध्ये कतिको माईग्रेसन प्रक्रिया सजिलै सकिएको छ भने कतिको दुखद रूपमा अघि बढिरहेको छ। अष्ट्रेलियाको पीआर पाउने आशामा पाँच सात वर्ष देखी ४५७ (कामदार) भिजामा बँधुवा कामदारको रूपमा पिल्सेर बसेकाको संख्या पनि उल्लेख्य छ। पीआरको लागी कागत बन्ने आशामा उल्टो ५०-६० हजार डलर तिरेर ४५७ मा बसेकाहरूलाई पैसा पनि लिने र काम पनि लगाउने गरेका नेपाली तथा भारतीय होटल, रेस्टुरेन्ट मालिकले दिने मानसिक तथा शारिरीक तनावको कुरा पनि बयान गरि र सुनिसाध्य नै छैन। मानिसले यस्ता खालको दुख पाउने नै माईग्रेसन एजेन्टको गलत सुझाव तथा गलत माईग्रेसन एजेन्टको छनौटले हो। व्यक्तिको आवस्यकता, हैसियत र क्षमता हेरेर उसलाई उपयुक्त हुने सुझाव दिने र प्रक्रिया सुरू गर्ने खालको माईग्रेसन एजेन्ट परेन भने ४५७, स्टुडेन्ट अनि अरू जति अष्ट्रेलिया बस्न पाउने जति भिजा सबै ट्राई गरिसकिएको हुन्छ। कतिले त पीआरको चक्करमा दुईचार विषय पढेर पनि ४५७ खोजी रहेका हुन्छन्। यस्तो नहोस्, सही सुझाव पाईओस् अनि पीआरको प्रोसेस पनि छिटो टुंगिओस् भन्ने चाहना राख्ने हो भने माईग्रेसन एजेन्टको छनौट गर्दा नै ध्यान दिनुपर्छ। माईग्रेसन एजेन्ट छान्दा यी ५ कुरामा ध्यान दिनुस्।

१.  Migrations Agents Registration Authority (MARA) रजिष्ट्रेसन

माईग्रेसन एजेन्ट छान्दा ध्यान दिनुपर्ने ४ कुरा - Katuwal

अष्ट्रेलियामा माईग्रेसन एजेन्टको रूपमा काम गर्नको लागी हरेक व्यक्ति Migrations Agents Registration Authority (MARA) मा रजिष्टर भएको हुनुपर्दछ। यो माईग्रेसन एजेन्टहरूलाई नियमन गर्ने निकाय हो। यसमा दर्ता नभएको व्यक्ति माईग्रेसन इजेन्टको रूपमा काम गर्न कानुनी रूपमा नै सक्दैन। यदी तपाईले माईग्रेसनको प्रक्रिया सुरू गरेको कन्सल्टेन्सीमा दर्तावाल एजेन्ट छैन भने घुमाउरो बाटो प्रयोग गर्ने चक्करमा पैसा, समय दुवै गुमाउनु पर्ने अवस्था पनि बन्न सक्छ। Migrations Agents Registration Authority (MARA) मा रजिष्ट्रेसनका लागी विभिन्न खालको योग्यता पुगेको हुनुपर्ने हुनाले यस्तो दर्ता नम्बरले तपाईंले छान्न लागेको माईग्रेसन एजेन्टको योग्यता साथै माईग्रेसन एजेन्ट प्रयोगको शिलसिलामा उत्पन्न हुनसक्ने विवाद(समस्या)हरूको समाधान साथै तपाईंको उपभोक्ता हित(अधिकार)को संरक्षणको समेत हुन्छ। कतिपय एजुकेशन कन्सल्टेन्सीले बिना आधिकारिक माईग्रेसन एजेन्ट नै विभिन्न कामहरू गरिदिइरहेका हुन्छन्, यस्तो विषयमा ख्याल राख्नै पर्छ।

यो पनि पढ्नुस्: अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू

२. अनुभव

अनुभवले नै विशेषज्ञता विकास हुने भएकाले माईग्रेसनको लागी अनुभवी माईग्रेसन एजेन्ट छान्नु सबैभन्दा राम्रो निर्णय हो। जति धेरै वर्ष देखी माईग्रेसनको काममा लागेको एजेन्ट हुन्छ त्यो त्यती नै अनुभवी र माईग्रेसनको क्षेत्रको विज्ञ पनि हुन्छ। किनभने उसले लामो समय देखी पीआर, टीआर तथा अन्य अष्ट्रेलियाको भिषा सम्बन्धी जानकारी प्रक्रिया र सफलता असफलता भोगेको हुन्छ। जुन खालको ज्ञान र कुशल अनुभवी माईग्रेसन एजेन्टमा हुन्छ त्यो नयाँ भरखर ग्रयाजुएट भएकोमा नहुन पनि सक्छ। नेपालीमा भनाई नै छ ‘कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा’। त्यसैले माईग्रेसन एउटा गम्भिर विषय र प्रक्रिया भएकाले यसकालागी अनुभवी एजेन्ट छान्नु बुद्धीमानि हुन्छ। त्यसै पनि २-४ वर्ष दुख र पैसा टन्नै लगानी गरेर अष्ट्रेलियाको पीआरको लागी योग्य भईएको हुन्छ, दुईचार सय डलरको लोभमा सस्तो माईग्रेसन एजेन्टको पछी लाग्दा पीआरको प्रक्रिया झण्झटिलो हुनसक्छ। अनि सँधै सबै केश सफल नै हुन्छ भन्ने पनि त छैन। कुन माईग्रेसन एजेन्ट कति अनुभवी हो भन्ने कुरा उसको MARA Registration Number बाट नै थाहा पाउन सकिन्छ। MARA Registration Number मा रहेका ७ अंक मध्ये सुरूका दुईले माईग्रेसन एजेन्टले लाईसेन्स पाएको साल जनाउँछ। जस्तो कि कसैको 14XXXXX यस्तो  MARA Registration Number रहेको रहेछ भने उसले सन् २०१४ देखी माईग्रेसन एजेन्टको रूपमा दर्ता भएर काम सुरू गरेको रहेछ भन्ने बुझिन्छ।

३.  अद्यावधिक(अपडेटेड)

माईग्रेसन एजेन्ट छान्दा ध्यान दिनुपर्ने ४ कुरा - Katuwal

मानिसमा जति नै ज्ञान र अनुभव भएपनि उसको त्यो ज्ञान र अनुभव समय अनुसार अद्यावधिक (अपडेटेड) छैन भने त्यो काम छैन। अष्ट्रेलियाको माईग्रेसन कानुन र प्रक्रिया गतिशिल छ, यसको मतलब हो वार्षिक वा विभिन्न समयको अन्तरमा यसका प्रक्रिया, आवश्यक पर्ने कागजातहरूको संख्या, प्रकारहरू बदलिईरहेको हुन्छ र हुनसक्छ। माईग्रेसन एजेन्ट अष्ट्रेलियाको बदलिएको कानुनी र प्रक्रियागत कुरामा अद्यावधिक रहेनछ भने तपाईंको माईग्रेसनको प्रक्रिया र सपनाले हावा खाने पनि हुनसक्छ। त्यसैले माईग्रेसन एजेन्ट छनौट गर्दा Migration Institute of Australia (MIA) को सदस्य भएको निश्चित गरेर मात्र छनौट गर्नु राम्रो हुन्छ। Migration Institute of Australia (MIA) को सक्रिय सदस्य रहेको एजेन्ट समयअनुकुल अद्यावधिक भएको हुनसक्छ। त्यसो त माईग्रेसन एलाएन्सको सदस्यहरू पनि यस्ता विषयमा अद्यावधिक भईरहेका हुन्छन्। तपाईंले छान्न लाग्नुभएको माईग्रेसन एजेन्ट MIA को सदस्य रहे नरहेको MIA को वेबसाईट mia.org.au मा गएर पनि हेर्न सक्नुहुन्छ।

यो पनि पढ्न नछुटाउनुस् : अष्ट्रेलिया प्रोसेस गर्न कुन कन्सल्टेन्सी ठीक?

४. चरित्र (ट्रयाक रेकर्ड)

तपाईंले अष्ट्रेलियामा अध्यागमनमा हरेक पटक भिजाको लागी निवेदन दिँदा साथै राम्रो ठाउँमा काम गर्नको लागी सँधै पुलिस चेक मागिरहेको हुन्छ। किनभने उनीहरूलाई निवेदकको चरित्र जान्नु परेको हुन्छ। माईग्रेसन भनेको तपाईंको जिन्दगीको सवाल हो यस्तो विषयमा तपाईंले सेवा लिने माईग्रेसन एजेन्टको बारेमा जान्नु त अति नै आवश्यक कुरा हो। तपाईंले सेवा लिन लाग्नुभएको माईग्रेसन एजेन्टको बारेमा तपाईंको सामाजिक नेटवर्कमा के कस्ता कुराहरू चलिरहेका छन् त्यसबारे पनि ध्यान दिनु आवश्यक छ। त्यसो त अष्ट्रेलियामा विभिन्न फोरम तथा माईग्रेसन फोरममा पनि खराब चरित्र भएका माईग्रेसन एजेन्टको  सेवा र गतिविधीका बारेमा चर्चा सुन्न, पढ्न सकिन्छ। त्यसो त Migration Agents Registration Authority ले पनि माईग्रेसन एजेन्टको रेपुटेसनका बारेमा रिपोर्ट वेबसाईट मार्फत सार्वजिनक गर्छ। माईग्रेसन एजेन्ट छान्नु अघि उसको खराब रेकर्ड छ कि छैन भन्नेमा निश्चित गर्नु अनिवार्य नै हुन्छ। त्यसो त तपाईंको साथी सर्कलमा पनि समुदायमा सक्रिय माईग्रेसन एजेन्टहरूको बारेमा कुन कस्तो भन्ने चर्चाले पनि माईग्रेसन एजेन्टको चरित्र थाहा पाउन सकिन्छ साथै कसले कति राम्रो सेवा दिन्छ र कति सफल छ।   

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल - NepaliPage

बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल

आफैले पेश गरेको बैंक स्टेटमेन्ट र आफ्नै नामको खाताका विषयमा अनभिज्ञता जनाउने दुई अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा सिड्नी एअरपोर्टमा नै क्यान्सिल भएको छ। विद्यार्थी भिजामा अष्ट्रेलिया पढ्न भनेर आएका ति विद्यार्थीलाई अष्ट्रेलियाका ईमिग्रेसन अधिकारीले उनीहरूले भिजा अप्लाई गर्दा पेश गरेको कागजातका विषयमा प्रश्न गर्दा उनीहरूबाट सन्तुष्ट हुने जवाफ नमिलेपछी उनीहरूको भिजा क्यान्सिल भएको हो।