रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति

अष्ट्रेलिया सरकारले राजनीतिक र आर्थिक रुपमा महत्वपूर्ण अर्थ राख्ने गरी आफ्नो जनसंख्या तथा आप्रवासन नीतिमा परिवर्तन गरेको छ। ‘ग्रामिण अष्ट्रेलिया’ अर्थात् ‘रीजनल अष्ट्रेलिया’लाई आर्थिक तथा जनसांखिक रूपमा विकासको मुलप्रवाहमा ल्याउनको लागी सरकारले विदेशी र स्वदेशी दुवै खालका विद्यार्थीलाई ‘ग्रामिण अष्ट्रेलिया’ तर्फ केन्द्रित गरेको छ। जसका लागी सरकारले विद्यार्थीका लागी आकर्षक व्यवस्था समेत गर्ने भएको छ। ‘ग्रामिण अष्ट्रेलिया’मा रहेका विश्वविद्यालय तथा कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीहरूका लागी त्यस्तो व्यवस्था गर्ने भएको हो। जसमा छात्रवृत्ति, स्थायी बसोबार (पीआर)को लागी लचक व्यवस्था साथै कामको अवसरलाई समेत ‘ग्रामिण अष्ट्रेलिया’मा लैजाने लगायतका छन्।

अष्ट्रेलिया सरकारको ग्रामिण क्षेत्रलाई विकामा अघि बढ्न सहयोग गर्ने र क्षेत्रिय तथा ग्रामिण अष्ट्रेलियाको आर्थिक विकासलाई गति दिने रणनीतिले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि अध्ययनको लागी ग्रामिण क्षेत्रका शैक्षिक संस्था रोज्ने अवस्था बनाउने देखिन्छ। अष्ट्रेलियामा उच्चशिक्षा लिने योजना बनाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पछिल्लो समय अष्ट्रेलिया सरकारले लिएको नीति, उसका योजनाहरू, रोजगारीका अवसरहरू, विकास परियोजनाहरू साथै आप्रवासनको नीतिलाई विश्लेषण गर्ने हो भने ग्रामिण क्षेत्रका शैक्षिक संस्था रोजाइका हुने देखिन्छ।

हालसालै अष्ट्रेलिया सरकारले घोषणा गरेको जनसंख्या तथा आप्रवासी सम्बन्धी नीतिले पनि स्पष्ट सन्देश दिएको छ कि अष्ट्रेलियाका मुख्य शहरमा भन्दा ग्रामिण क्षेत्रमा बस्ने पढ्नेहरूले पीआर पाउने संभावना धेरै छ। यतिखेर सिड्नी, मेलबर्न जस्ता अष्ट्रेलियामा मुख्य शहरहरूमा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरू पीआरका लागी तासमानिया, डार्बिन जस्ता क्षेत्रिय शहरहरूमा केन्द्रित भईरहेका छन्। जहाँ उनीहरूले पीआर पाउने संभावना धेरै छ।

रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति - NepaliPage
डार्बिनमा पढ्ने विदेशी विद्यार्थीहरूमा सबैभन्दा धेरै नेपाली रहेका छन्।

यो पनि पढ्नुस्: नेपाल फर्काईए बाँच्न नसक्ने भनिएका नेपाली विद्यार्थी अष्ट्रेलियाबाट डिपोर्ट हुँदै

पीआरको दृष्टिबाट रीजनल अष्ट्रेलिया

रीजनल अष्ट्रेलियाको पढाई तथा बसाईंलाई पीआरको सम्भावनासँग जोडेर हेर्ने हो भने सिड्नी, मेलबर्नमा भन्दा त्यता पीआर पाउने संभावना धेरै देखिन्छ। बढ्दो ‘माईग्रेसन प्वाईन्ट’को उच्चतासँगै प्रमुख शहरका लागी उपलब्ध हुने पीआरका कोटाहरूको संख्या समेत घटेको छ। गत दुई वर्षमा नेपालीहरूले धेरै पीआर सम्भावना हुने मानेका ‘आईटी, ‘अकाउन्टिङ’ तथा ‘नर्सिंङ’ विषय पढेर पीआरको आशा राखेका धेरै विद्यार्थी निराश बनेर ग्रामिण अष्ट्रेलियामा बसाईं सरिसकेका छन्। यतिखेरको सरकारको नीति र उसले स्थानिय सरकारसँग गरेका ‘डामा’ जस्ता स्थानिय ग्रामिण क्षेत्रमा विदेशी कामदार र जनशक्तिलाई लैजाने सम्झौताहरूले पीआरको संभावनालाई ग्रामिण क्षेत्रमा बढाउँदै लगेको छ। जस्तो कि डार्बिनमा केही विषयमा ‘डिप्लोमा’ मात्र पढेका र औसत अंग्रेजी क्षमता भएकाहरूलाई पनि ‘डामा’ अन्तर्गत तीन वर्ष ‘कामदार भिजा’मा काम गरिसकेपछी पीआर पाउने बाटो खुल्दछ। यतिखेर कम दक्ष र अंग्रेजीमा त्यस्तो अब्बल नहुँदा पनि डार्बिन जानेहरूको पीआर पाउने संभावना काम र सम्बन्धित भिजाका लागी ‘स्पोन्सर’ गर्ने रोजगारदाता पाउने हो भने पीआर सजिलो उपलब्धि हुनसक्छ। अष्ट्रेलियाको संघिय सरकारले ‘ओराना’ सहीत अरू केही स्थानिय सरकारसँग पनि यसखालको ‘डामा’ सम्झौता गरिसकेको छ। जसले तोकिएका क्षेत्रमा काम तथा अध्ययन गर्ने विद्यार्थीहरूका लागी पीआर सिड्नी, मेलबर्न जस्ता शहरमा भन्दा सजिलो हुने देखिन्छ।

रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति - NepaliPage
आगामी वर्षका लागी १८९ भिजाको लागी कोटा घट्ने घोषणासँगै सिड्नी मेलबर्नमा ‘पीटीई’मा हरेक ‘ब्याण्ड’मा ‘८’ ल्याउनको लागी वर्षदिन मेहनत गर्नु भन्दा डार्बिन जस्ता पीआरको धेरै सम्भावना भएका क्षेत्रमा बसाईं र काम सार्नु कम तनावपूर्ण हुने देखिन्छ

गत दुई वर्ष देखी नै अष्ट्रेलियाका क्षेत्रिय तथा ग्रामिण सरकारहरूको आप्रवासी सम्बन्धि नीति तथा कार्यान्वयनको तरिका हेर्ने हो भने जो स्थानिय रोजगारदातासँग काम गर्छन् र सोही क्षेत्रमा बसेका छन् उनीहरूलाई ‘४८९ रीजनल प्रोभिजनल’ भिजाको लागी मनोनयन (नोमिनेसन) गर्ने गरेका छन्। जुन भिजाको ४ वर्ष मध्ये पहिलो दुई वर्षमा एक वर्ष सम्बन्धित क्षेत्रमा ‘फूल टाईम’ (पूर्णकालिन) काम गरे पछी दुई वर्षको बसाईं पुरा भएसँगै पीआरको लागी निवेदन दिन सकिन्छ।

यो प्रवृत्तिलाई हेर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कोर्ष तथा कलेज परिवर्तन गरेर सिड्नी वा मेलबर्नका सस्ता कलेजमा पढेर दिन बिताउनु भन्दा रीजनल क्षेत्रका कलेजहरूमा पढ्नु सही निर्णय हुने देखिन्छ। त्यसो त आगामी वर्षका लागी १८९ भिजाको लागी कोटा घट्ने घोषणासँगै सिड्नी मेलबर्नमा ‘पीटीई’मा हरेक ‘ब्याण्ड’मा ‘८’ ल्याउनको लागी वर्षदिन मेहनत गर्नु भन्दा डार्बिन जस्ता पीआरको धेरै सम्भावना भएका क्षेत्रमा बसाईं र काम सार्नु कम तनावपूर्ण हुने देखिन्छ।

यो पनि पढ्नुस्: ग्रामिण अष्ट्रेलियामा पढ्नेलाई १५ हजार डलर सम्मको छात्रवृत्ति

कामको हिसाबमा रीजनल अष्ट्रेलिया

अष्ट्रेलिया आउने वा आउन चाहने सबैलाई सिड्नीको ओपेरा हाउस र हार्बर ब्रिजले मोहनी नै लगाएको हुन्छ्। सके सम्म तिनै दुई आकर्षक स्मारकको नजिक बसौं भन्ने सबैलाई हुन्छ। तर, सबैलाई भने त्यो अवसर प्राप्त नहुनसक्छ। आप्रवासी सम्बन्धी अष्ट्रेलियाको नीतिमा भईरहेको परिवर्तनले पनि धेरैलाई शहरभन्दा पनि ग्रामिण क्षेत्रमा लैजाने रणनीति लिएको देखिन्छ। अष्ट्रेलियाको ग्रामिण क्षेत्र यतिखेर धेरै भन्दा धेरै दक्ष जनशक्तिको खोजीमा छ। जसको आपूर्तिका लागी अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी कामदारलाई त्यता लैजानको लागी सरकारले लचक खालको ‘माईग्रेसन प्लान’ बनाएको छ। ‘दि रीजनल अष्ट्रेलिया ईन्स्टिच्युट’को  तथ्यांक अनुसार यतिखेर मुख्य शहरहरू भन्दा बाहिर मात्र ४७ हजार रोजगारीका अवसरहरू रहेका छन्।

अष्ट्रेलियाको मुख्य शहरहरूमा बस्दा भन्दा रीजनल शहरहरूमा बस्दा आप्रवासी वा कामदारहरूले समान आमदानीका साथ धेरै पारिवारीक समय जुटाउन सक्छन्। शहरको भिडभाड र व्यस्तता पनि ग्रामिण क्षेत्रमा रहँदैन।

विद्यार्थीलाई छात्रवृत्ति

विद्यार्थीलाई ग्रामिण क्षेत्रमा आकर्षित गर्ने सजिलो उपाय भनेको रोजगारीको अवसर, पीआरको संभावना र सस्तो अध्ययन शुल्क नै हो। त्यसैले अष्ट्रेलिया सरकारले नयाँ नीतिमा यसलाई समेटेको देख्न सकिन्छ। अहिले अष्ट्रेलियामा पढ्दा विद्यार्थीहरूले शहरका कलेजहरूमा सेमेस्टरको १२ देखी १५ हजार सम्म शुल्क तिर्नुपरेको छ भने अति क्षमतावान बाहेक अरूले छात्रवृत्ति पाउने सम्भावना छैन् यदी ग्रामिण क्षेत्रका कलेजमा पढ्ने हो भने शैक्षिक शुल्क तुलनात्मक रूपमा शहरका कलेजहरूको भन्दा सस्तो त पक्कै हुने आशा गर्न सकिन्छ भने वार्षिक ५०० छात्रवृत्तिको कोटा अन्तर्राष्ट्रिय विद्यार्थीलाई उपलब्ध हुने गरि ‘डेस्टिनेसन अष्ट्रेलिया’ छात्रवृत्तिको समेत घोषणा भईसकेको छ। जसले १५ हजार डलर सम्म एक विद्यार्थीलाई वर्षमा मिल्ने संभावना छ। जसले गर्दा ग्रामिण अष्ट्रेलियामा आफ्नो पढाई र पीआरलाई केन्द्रित गर्नु विद्यार्थीको समेत हितमा हुने देखिन्छ।

अष्ट्रेलिया सरकारको रणनीति र योजना जे भएपनि अष्ट्रेलियामा पढ्ने ईच्छा राख्ने विद्यार्थीहरूले भने आफ्नो आर्थिक, पारिवारिक तथा शैक्षिक योग्यताका साथ अंग्रेजी भाषा र काम तथा पेशाको लागी आवश्यक सीपका ’boutमा समेत ध्यान पुरयाउनु पर्ने देखिन्छ। अष्ट्रेलिया सोच्दा अवसर र संभावनालाई आफ्नो धरातलिय यथार्थसँग मेल गराउन सकिएन भने त्यसले गम्भिर दुर्घटना निम्त्याउने पक्का छ।

 

 

NAATI CCL Nepali

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो - NepaliPage

अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो

अष्ट्रेलियामा नेपालीहरूले राम्रो भविष्य भएको र पीआर अर्थात् स्थायी रूपमा नै अष्ट्रेलिया बस्न पाईने भिजाका लागी समेत सजिलो भनेर लिईएको विषय तथा पेशामा रहेकाले समेत पीआर पाउन निक्कै गाह्रो रहेको तथ्यांकले देखाएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ