नेपाल फर्काईए बाँच्न नसक्ने भनिएका नेपाली विद्यार्थी अष्ट्रेलियाबाट डिपोर्ट हुँदै

अष्ट्रेलियामा पढेर, काम र कमाई गर्ने सपना बोकेर नेपालबाट उडेको एक नेपाली युवक जिवन र मरणको दोसाँधमा नेपाल ‘डिपोर्ट’ हुने पर्खाईमा अष्ट्रेलियाई अध्यागमनको थुनामा छ। अध्यागमनको थुनामा रहेका ति नेपाली विद्यार्थी अष्ट्रेलियाको लागी गैरकानुनी रूपमा बसेको विदेशी नागरिक मात्र बनेको र सरकारले उसको स्वास्थ्य, उपचार र जिवनको बारेमा वेवास्था गरेको भन्दै केही डाक्टर तथा वकिलहरूले उसलाई अष्ट्रेलियाबाट निकाला गर्न नहुने भन्दै लडिरहेका छन्। अष्ट्रेलियाको अध्यागमनको थुनामा रहेका विदेशी नागरिकहरूको मानसिक स्वास्थ्य र त्यसमा सरकारले गरेको वेवास्थाका बारेमा लेखिएको समाचारमा ती नेपाली युवाबारे उल्लेख भएको हो। अष्ट्रेलियाका प्रमुख पत्रिका दि एजसण्डे मर्निङ हेराल्डका पत्रकारहरूले गरेको ‘रिपोर्टिंग’मा उनको गम्भिर मानसिक असन्तुलनका कारण उनलाई नेपाल ‘डिपोर्ट’ गरिए उनको मृत्य हुनसक्ने बताईएको छ।

अष्ट्रेलियन पत्रिका ‘दि एज’का पत्रकारहरूले प्राप्त गरेको पछिल्लो मनोवैज्ञानिक जाँचको नतिजामा ३९ वर्षिय ति नेपाली युवामा स्किजोफ्रेनिया नामको एक कडाखालको मानसिक असन्तुलन पैदा भएकाले उनलाई दिर्घकालिन मनोचिकित्सा आवश्यक रहेको उल्लेख भएको सण्डे मर्निङ हेराल्डले समाचारमा लेखेको छ। समाचारमा उल्लेख भए अनुसार वरिष्ठ मनोविदले भनेका छन्, उसलाई दिर्घकालिन रूपमा नै मानसिक हेरचाह र मनोचिकित्साको आवश्यकता पर्छ…र यदी उसलाई त्यो नमिलेको खण्डमा उ बाँच्दैन।

पहिचान नखुलाईएका ति नेपाली अष्ट्रेलिया आएको एक दशक भईसकेको छ। सुरूमा अष्ट्रेलिया ‘हस्पिटालीटी’ पढ्नका लागी विद्यार्थी भिजामा आएका उनको मानसिक स्वास्थ्य बिग्रँदै गयो र भिजा समेत बिग्रियो। भिजाको म्याद सकिएपछी उनलाई अध्यागम अधिकारीहरूले सन् २०१६ मा पक्राउ गरे। र, पक्राउपछी उनले शरण (असाइलम)को लागि निवेदन दिए। उक्त निवेदन समेत असफल भईसकेको छ। उनले शरणको लागी गरेको अनुरोधका बारेमा प्रशासनिक पुनरावलोकन न्यायाधिकरण (एएटी) र ‘होम अफेयर्स’का सहायकमन्त्री एलेक्स हाव्कलाई गरेको ‘अपिल’ समेत असफल भएपछी उनी नेपाल ‘डिपोर्ट’ हुने पर्खाईमा ‘मेलबर्न इमिग्रेसन ट्रान्जिट अकोमोडेसन’मा छन्।यदी उनलाई नेपाल ‘डिपोर्ट’ गरिएको खण्डमा उनी जिवितै रहन नसक्ने भन्ने विशेषज्ञ चिकित्सकहरूको राय रहेकाले वकिलहरू उनलाई अष्ट्रेलियाबाट निकाला हुनबाट रोक्नमा लागेकाछन्।

यो पनि पढ्नुस्: नेपाली लाइसेन्सले अष्ट्रेलियामा गाडी चलाउनु हुन्छ? यी कुरा बुझ्नुस् पहिले

नेपाल फर्काईए बाँच्न नसक्ने भनिएका नेपाली विद्यार्थी अष्ट्रेलियाबाट डिपोर्ट हुँदै - NepaliPage
पहिचान नखुलाईएका ति नेपाली अष्ट्रेलिया आएको एक दशक भईसकेको छ। सुरूमा अष्ट्रेलिया ‘हस्पिटालीटी’ पढ्नका लागी विद्यार्थी भिजामा आएका उनको मानसिक स्वास्थ्य बिग्रँदै गयो र भिजा समेत बिग्रियो। भिजाको म्याद सकिएपछी उनलाई अध्यागम अधिकारीहरूले सन् २०१६ मा पक्राउ गरे। र, पक्राउपछी उनले शरण (असाइलम)को लागि निवेदन दिए। उक्त निवेदन समेत असफल भईसकेको छ। तस्विर: नमुना दृष्यांश

 

मानसिक समस्या भएपछी उनको भ्रम छ कि नेपाल सरकारका अधिकारीहरूबाट उनको ज्यानलाई खतरा छ। उनलाई यो लागिरहेको छ कि उनीहरू उनलाई पछ्याईरहेका छन्, उनको फोन ‘ह्याक’ गरेका छन् र उनका सामाजिक संजालका पोष्टहरू पनि यताउता गरिदिइरहेका छन् साथै उनलाई मार्नको लागी हतियार बोकेर हिँडेका छन्, समाचारमा उल्लेख छ। उनलाई आफ्नो मानसिक रोग र अवस्थाको बारेमा कुनै पत्तो छैन र विष ठानेर औषधी पनि खाँदैनन्, सण्डे मर्निङ हेराल्डको समाचारमा थप उल्लेख गरिएको छ।

समाचारले शरण खोज्नेहरुको स्रोतकेन्द्र (असाइलम सिकर्स रिसोर्स सेन्टर)का मुख्य अधिवक्ता क्यारोलिन ग्रेडनको ‘उ जिवन मरणको दोसाँधमा छ’ भन्ने भनाईलाई उल्लेख गरेको छ। जहाँ उनले भनेका छन्, डाक्टहरूको निष्कर्श छ कि, उ आफ्नो अवस्थाको बारेमा जानकार छैन र उपचारको लागी व्यवस्था गर्न समेत असक्षम छ जसले गर्दा उ नेपालमा बाँच्न सक्दैन्।’ थाहा भए अनुसार, सामाजिक रूपमा बिछडिएको, कुपोषण र भोकै बसेका कारण उनको शारिरीक अवस्था समेत कमजोर रहेको छ।

यो पनि पढ्नुस्: अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट

अष्ट्रेलियाको अध्यागमन विभागको थुनामा रहेकाहरूलाई उचित सुविधा र स्वास्थ्यको हेरचाहको कमी रहेको आरोप लाग्दै आएको छ। समाचारमा रोयल अष्ट्रेलियन एण्ड न्यूजिल्याण्ड कलेज अफ साईक्याट्रीक्सका अध्यक्ष डाक्टर कीम जेनकिन्स थुनामा रहेका मानसिक रोगीहरूलाई उपयुक्त उपचार दिन मुस्किल हुने बताउँछिन्। जोखिममा रहेका केही मानिसहरू जस्तो कि मानसिक रोग भएकाहरूलाई अध्यागमनको थुनामा राख्न नहुने भन्दै त्यस्तो थुनाले उनीहरूको मानसिक स्वास्थ्यलाई थप बिगार्ने उनी बताउँछिन्।

अध्यागमनको यस्ता खालका विषयमा अध्यागमन तथा ‘होम अफेयर्स’ मन्त्रीहरूले हस्तक्षेप गरेर मानविय भावनाले उपचार र अष्ट्रेलियामा बस्ने अवसर दिने गरेका उदाहरण छन्। अष्ट्रेलियामा भारतीय समुदायले भारतीयहरू परेका अध्यागमन सम्बन्धी यस्ता विषयलाई चर्को रुपमा उठाउने गरेको अनुभव छ। तर यी नेपालीको हकमा भने मन्त्रीबाट नै हस्तक्षेप नगर्ने निर्णय भएको सण्डे मर्निंङ हेराल्डको समाचारले उल्लेख गरेको छ। अष्ट्रेलियामा नेपाली समुदाय नेपालको राजनीति र अरू मुद्दाहरूमा बढी केन्द्रीत हुने तर अष्ट्रेलियामा अप्ठेरोमा परेका नेपालीहरूका विषयमा भने कमै आवाज उठाउने खालको रहेको आरोप लाग्दै आएको छ। विदेशमा बस्ने नेपालीहरूको सबैभन्दा ठूलो संगठीत संस्था एनआरएनमा नेपालको राजनीतिक दलका कार्यकर्ता र संस्थालाई व्यवसायिक हितमा प्रयोगका लागी जोडिएका धनाढ्यहरूको नै बोलबाला रहेको भनेर, विदेशमा बस्ने मध्यम वर्गीय नेपालीहरूको छुट्टै ‘वैश्विक नेपाली’ संस्था खोल्ने तयारी समेत भईरहेको छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …