७ महिनामा ९ हजार विद्यार्थिको भिजा क्यान्सिल

अष्ट्रेलियाको अध्यागम तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ इमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन) ले गत सात महिनामा करिब नौ हजार अर्न्तराष्ट्रिय विद्यार्थीहरुको भिसा खारेज गरेको छ। अष्ट्रेलियाको दैनिक अखबार ‘द अष्ट्रेलियन’मा प्रकाशित एक आलेखमा मार्च २०१६ सम्मको सात महिनामा विभागले नौ हजारको संख्यामा भिजाहरु क्यान्सिल गरेको उल्लेख छ।

पढ्नुस: अष्ट्रेलियामा आफ्नो स्टुडेन्ट भिजा खारेज हुनबाट जोगिने उपायहरु 

७ महिनामा ९ हजार विद्यार्थिको भिजा क्यान्सिल
वार्षिक करिव २०० नेपाली विद्यार्थीको भिजा क्यान्सिल हुने गरेको छ।

अष्ट्रेलियामा स्टुडेन्ट भिजामा विभिन्न कोर्स अध्ययनका लागि आउने अर्न्तराष्ट्रिय विद्यार्थीहरु मध्ये भिजामा उल्लेख भएका र्सतहरु पालन नगर्ने विद्यार्थीहरुको भिजा विभागले खारेज गर्ने गरेको छ। गत वर्षमात्र विभागले करिब ११ हजार विद्यार्थीको भिजा खारेज गरेको थियो। जसमध्ये २९८ जना विद्यार्थीलाई देश निकाला गरिएको थियो भने बाँकी भिजा खारेज पछि स्वेच्छिक रुपमा नै आफ्नो देश फर्केका थिए।

अष्ट्रेलियामा अध्ययनका लागि भनेर स्टुडेन्ट भिजामा आउने अर्न्तराष्ट्रिय विद्यार्थी मध्ये हरेक वर्ष८ देखी १० हजारको भिजा क्यान्सिल हुने गरेको छ। ‘फेक डकुमेन्ट’ (जाली कागजात) बनाएर आउने, नक्कली विद्यार्थी तथा अष्ट्रेलियामा आइसकेपछि पढाइ भन्दा पनि अरु काममा बढी लाग्ने विद्यार्थीहरुको भिजा धेरै क्यान्सिल हुने गरेको छ। अष्ट्रेलियाको रजिर्स्र्टज माइग्रेसन एजेन्टहरुको एक समुहले सात महिनामा भएको ९ हजार जनाको भिजा क्यान्सिलको तथ्यांकले यो वर्षभिजा क्यान्सिल हुनेको संख्या १५ हजार नाघ्ने अनुमान गरेको छ।

गत वर्षभिजा क्यान्सिल हुने विद्यार्थीहरु मध्ये सबैभन्दा धेरै चाइनिज थिए भने दोस्रो धेरै भिजा क्यान्सिल हुनेको संख्या दक्षिण कोरियाका विद्यार्थीको र तेस्रो ठूलो संख्या भारतीयको थियो। वर्षोनी करिब दुर्इसय नेपाली विद्यार्थीको पनि भिजा क्यान्सिल हुने गरेको छ। अष्ट्रेलियामा पढ्नका लागि आफूसँग राम्रै आर्थिक अवस्था देखाएर अष्ट्रेलिया आउने धेरै विद्यार्थीहरुले यहाँ आएपछि पढाइमा भन्दा पनि काम गरेर पैसा कमाउनमा जोड दिने भएकाले धेरै विद्यार्थीको भिजा क्यान्सिल भएर आफ्नै देश फर्किनु परिरहेको छ। त्यसबाहेक विद्यार्थीहरुको चारित्रिक व्यवहार पनि भिजा क्यान्सिलको कारण बन्ने गरेको छ।

पढ्नुस: यस्ता छन् अर्न्तराष्ट्रिय विद्यार्थीले पालन गर्नुपर्ने भिजाका सर्तहरु 

अष्ट्रेलियाको स्टुडेन्ट भिजामा दिंदा राखेका भिजाका सर्तहरू पालना नगर्दा धेरैको भिजा खारेज हुने गरेको छ।
अष्ट्रेलियाको अध्यागम तथा सीमा सुरक्षा विभागले स्टुडेन्ट भिजा दिंदा राखेका भिजाका सर्तहरू पालना नगर्दा धेरैको भिजा खारेज हुने गरेको छ।

अष्ट्रेलियाको स्टुडेन्ट भिजाका र्सतहरु पाक्षिक रुपमा ४० घण्टा भन्दा धेरै काम गर्न नहुने, कलेज तथा यूनिभर्सिटीमा करिब ८० प्रतिशत हाजिरी हुनुपर्ने, पढाइमा स्वीकार्य प्रगती हुनुपर्ने, अष्ट्रेलिया आइसकेपछि आफ्नो सम्पर्क ठेगाना (बस्ने ठाउँ) परिवर्तन भएको सात दिन भित्र इमिग्रेसनलाई त्यसको जानकारी गराउनुपर्ने, आफू नेपालबाट जुन क्लासको भिजामा आएको हो त्यो भिजा क्लास मेन्टेन गर्नुपर्ने लगायत पालना नगर्ने विद्यार्थीको भिजा जुनसुकै समय पनि इमिग्रेसनले क्यान्सिल गर्न सक्छ। गत वर्ष देखी अष्ट्रेलियामा इमिग्रेसनले भिजाका र्सत पालनामा कडाइ गरेको छ। पछिल्लो समयमा इमिग्रेसन अधिकारीले धेरै जसो विद्यार्थीहरुले काम गर्ने खालका उद्योग, व्यवसायमा छापा मार्ने क्रमलाई पनि बढाएको छ। एक अनुमान अनुसार अष्ट्रेलियामा करिब ८० हजार विदेशी नागरिक अवैधानिक रुपमा (विना भिजा) बसिरहेका छन्। यस्ता विना भिजा बस्नेको संख्या प्रमुख शहरहरुमा पनि उल्लेख्य रहेको बताइन्छ।

भिडियोमा हेर्नुस अष्ट्रेलियामा किन हुन्छ विद्यार्थीको भिजा क्यान्सिल

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …