गरे के हुँदैन? घिरौंलाको जालो बिक्छ ७ डलरमा

एउटा पुरानो भनाई छ नेपालमा, ‘नेपालमा पैसा हावामा छ, मात्र समाउन जान्नुपर्छ’। अष्ट्रेलियामा आएपछी धेरै नेपालीलाई पक्कै लाग्छ, ‘हो यार, पैसा जेमा पनि छ, जान्नुपर्छ’। सामान्य रूपमा हेर्ने हो भने पनि यो अनुभव हुन्छ। घर किन्ने देखी कलेज चेन्ज गर्ने योजमा बनाएको मानिसको फोन नम्बर सम्बन्धित एजेन्टलाई वा एजेन्टको नम्बर सम्बन्धितलाई दिएर समेत मासिक राम्रै आमदानी गरेकाहरू नेपाली समुदाय भित्रै छन्। नेपालमा वा अष्ट्रेलिया मै पनि हामी आम मानिसले यसलाई व्यवसायिक रूपमा कमाईको माध्यमको हिसाबले हेरिरहेका हुँदैनौं। जेलाई हामी सहयोग सोचिरहेका हुन्छौं व्यवसायिक सोच भएकाले त्यसबाट आमदानी गरिरहेको हुन्छ। गरे के हुँदैन? घिरौंलाको जालो बिक्छ ७ डलरमा - NepaliPage

ठ्याक्कै त्यस्तै कुरा सामान र उत्पादनमा पनि हुन्छ। यहाँ अष्ट्रेलियामा हामीले नेपालमा काम नलाग्ने भनेर छोडेका वा मतलब नगरेका धेरै कुरा महँगो दाममा बिकिरहेको हुन्छ। तरकारी किन्न बजार जाँदा हेर्नुभयो भने नेपालमा ‘धुस्रे केरा’ भनिने केरा महँगोमा गनिन्छ, २४-२५ डलर किलोको। त्यसो त नेपालमा जताततै हुने ‘संखत्र’ यता ३ देखी ५ डलर किलोमा बिक्छ। जुन नेपालमा मानिसले प्राय कमै खाईन्छ, औषधीका रूपमा खाने बाहेक। गरे के हुँदैन? घिरौंलाको जालो बिक्छ ७ डलरमा - NepaliPage

बजारमा यसो हेर्दै जाँदा देखिन्छ, घिरौंलाको जालो पनि राम्रै दाममा बिकिरहेको छ। ‘नेचुरल बडी स्क्रबर’ भनेर। हुन त गाउँघरमा घिरौंलेको जालोले नुहाउँदा शरिर ‘स्क्रब’ गरेकै हो के रे। गर्मी र लुतोमा त घिरौंलोको जालो ‘कन्याउन’ कम आनन्दको साधन हो। सायद प्लास्टिकको उत्तम विकल्प भएकाले हुनसक्छ घिरौंलोको जालो चिटिक्क पारेर बेच्न राखिएको छ र लाभदायक भएकाले मानिसहरूले किनेका पनि छन्। गरे के हुँदैन? घिरौंलाको जालो बिक्छ ७ डलरमा - NepaliPage

‘ईबे’ देखी अरू ‘अनलाईन सपिङ’का प्लेटफर्ममा त भए नै तपाईं हाम्रो दैनिक खाद्यान्न किन्ने ‘स्टोर’ ‘कोल्स’मा पनि यो घिरौंलोको जालो उपलब्ध छ। मूल्य चाहीँ ३ देखी ७ डलर सम्म। ‘कोल्स’मा ठ्याक्कै ७ डलर भनेर लेखेको छ वेबसाईटमा।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।