मेलबर्नमा एक नेपाली महिला र उनकी छोरी मृत फेला परेका छन्। भिक्टोरिया प्रहरीका अनुसार मृत फेला पर्नेमा एक ३९ वर्षिया महिला र उनकी ३ वर्षकी छोरी छन्। उनीहरू उत्तरी मेलबर्नको आस्कनास्की एभेन्यु पास्कोभेलमा रहेको आफ्नै बस्ने मृत अवस्थामा भेटिएका हुन्। भिक्टोरिया प्रहरीले उनीहरूको मृत्युको अनुसन्धान गरिरहे पनि अहिलेसम्म उनिहरूको मृत्यु सम्बन्धमा कसैको संलग्नताबारे केही खुलाएको छैन।
हेराल्ड सनले उनीहरूका छिमेकी जोनी बेललाई उदृत गर्दै मृतकको परिवार शान्त स्वभावको रहेकाले यस खालको दुर्घटना छिमेकीहरूका लागी असामान्य र अनौठो रहेको उल्लेख गरेको छ।
द एजले भने उनीहरूको अर्की छिमेकी केट वाकरलाई उदृत गरेको छ, वाकरका अनुसार मृतकको परिवारमा झगडा भएको नसुनेको र आफुले मृतक महिला खुसी नै पाएको बताएकी छिन्।
The deaths are not being treated as suspicious. Details → https://t.co/OfG9MeJ01e pic.twitter.com/Funm9iQs1d
— Victoria Police (@VictoriaPolice) January 30, 2017
ससेक्स स्ट्रिट सपिङ स्ट्रीपमा ‘मिल्क बार’ संचालन गर्ने शेर्लीले आफ्नो पसलमा निक्कै कम आउने ती महिलाको परिवार करिब पाँच वर्ष देखी त्यहाँ बसोबास गर्दै आएको द एजलाई बताईन्।
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally
Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.
अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।