बचत गर्ने अहिले नै हो

आर्थिक बचतको कुरा आउँदा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी तथा नव प्रवेशीहरूमा कमाई र बचत भनेको स्थायी बसोबास (पीआर) पाईसकेपछी गर्ने कुरा हो, विद्यार्थीका रूपमा रहँदा पैसा जोगाउन नै सकिन्न भन्ने धारणा रहेको पाईन्छ। हुन पनि विद्यार्थीका रूपमा अष्ट्रेलिया प्रवेश गर्दा यहाँको खर्च र आमदानीसँग पढाईको ‘प्रेसर’लाई तादात्य मिलाउन निक्कै मुस्किल हुन्छ। तर, यदी नेपालबाट अष्ट्रेलिया आउँदा राम्रो सुझाव र योजना मिलेको छ, पाउनुभएको छ भने अष्ट्रेलियाको पढाईसँगै भविष्यको लागी राम्रै बचत पनि गर्न सकिन्छ। हुन त बचत भनेको सजिलै हुने कुरा चाहीँ होईन त्यसका लागी लगाब र व्यवस्थापनको आवश्यकता पर्दछ। भविष्यको बचतको लागी केही कुरामा ‘कम्रोमाईज’ अर्थात सम्झौता पनि गर्नुपर्छ।

यो पनि पढ्नुस: अष्ट्रेलियामा यसरी जोगाउन सक्छन् विद्यार्थीले पैसा

सिधै भन्दा बचत भनेको आमदानी र खर्चको जोड घटाउबाट शेष हुन आउने अंक  नै बचत हो। शेष धेरै बनाउनका लागी दुईवटा मात्र कुरा गर्न सकिन्छ पहिलो हो आमदानी बढाउने र दोस्रो हो खर्च घटाउने। आमदानी बढाउनका लागी आफ्नो शीपमा सुधार गर्नु साथै राम्रो ‘पे’ अर्थात् कमाई हुने काम गर्नु आवश्यक हुन्छ। (यहाँबाट हेर्नुस् तपाईंले राम्रो कमाई हुने कामहरूको अवसर भेट्न सक्नुहुन्छ) अर्को खर्च जोगाउने भनेको हजुरबाको पालामा जस्तो पेट वा गाँस काटेर जोगाउने भनेको पनि होईन। अष्ट्रेलियामा राम्रै दैनिकी बिताएर पनि राम्रो बचत गर्न सकिन्छ। खान र लाउनमा पोषण र फेसनलाई ‘ब्यालेन्स’ गर्दै आमदानीबाट ठिक ठिकैको हिस्सा बचतमा राख्दै जानु सबैभन्दा राम्रो हो। विद्यार्थीहरूले दैनिक खर्चको लागी एउटा, कलेज ‘फि’का लागी अर्को र भविष्यको लागी  बचत गर्दै जानुपर्छ। त्यसका लागी चल्ती, बचत र ‘गोल सेभर’ तीनवटा खाता खोलेर बचतको व्यवस्थापन गर्न सकिन्छ। कुनै पार्टीमा जान १०० डलर लाग्ने हुनसक्छ, पार्टीमा जाँदा मेकअपको लागी अर्को १५० डलर अनि पार्टीमा जान काममा बिदा लिँदा परेको कम आमदानीको हिसाब २५० गर्दा एउटा पार्टी तपाईंलाई ५०० डलरको पर्न जान्छ र त्यसपार्टीमा जाँदा हुने ‘नेटवर्किंग’ बाहेक अरू फाइदाको संभावना के छ?

कसरी गर्ने बचत?

विद्यार्थी वा नवप्रवेशीले आफ्नो नियमित र सिमित कमाईबाट नै राम्रो बचत गर्न सक्ने सजिलो र मुख्य तरिका भनेको ‘फजुल खर्च’ कम गर्नु वा बन्द गर्नु हो। यसले तपाईंको आहार योजना, लवाई खवाई साथै स्वास्थ्य र पढाईको खर्चमा ‘पेट कस्न’ पर्ने अवस्था आउँदैन। त्यसका लागी सबैभन्दा पहिले योजना र सूचि बनाउनुस् हरेक साता केका लागी धेरै खर्च भईरहेको छ? केमा भईरहेको खर्चलाई कम गर्दा तपाईंलाई धेरै फरक पर्दैन? कुन कार्यक्रम वा विषयमा गरेको खर्चबाट हुने फाइदा कम छ? त्यसमा हुने खर्चलाई बन्द गर्नुस् वा कम गर्नुस्।

कम फाईदा दिने वा बन्द गर्दा पनि फरक नपर्ने त्यस्ता खर्चको शीर्षक चुरोट, मदिरापान, पार्टी वा सिनेमा आदी हुनसक्छन्। जसबाट तपाईंलाई कति र के कुरामा फाईदा भईरहेको छ? त्यसको विश्लेषण गर्नुस्। जस्तै उदाहरणका लागी कुनै पार्टीमा जान १०० डलर लाग्ने हुनसक्छ, पार्टीमा जाँदा मेकअपको लागी अर्को १५० डलर अनि पार्टीमा जान काममा बिदा लिँदा परेको कम आमदानीको हिसाब २५० गर्दा एउटा पार्टी तपाईंलाई ५०० डलरको पर्न जान्छ र त्यसपार्टीमा जाँदा हुने ‘नेटवर्किंग’ बाहेक अरू फाइदाको संभावना के छ? त्यो विचार गर्नुस्, आफ्नै ‘रेगुलर’ साथीभाईसँग मात्र भेट हुने हो भने त्यो विकेन्ड र बिदाको दिनमा घरमै वा पार्कमा ‘बार्बिक्यू’ गरेर गर्न सकिन्छ जसका लागी खर्च पनि धेरै नहुनसक्छ। यहाँ क्लिक गरेर पढ्नुस् कसरी आफ्नो फजुल खर्च बन्द गरि साताको २०० डलर जति खर्च मात्र गरेर ब्रिजबेनमा २६ वर्षको युवकले घर किन्न लागिरहेका छन्। बचत गर्ने अहिले नै हो - NepaliPage

आफ्नो बचतमा सुधार ल्याउन सबैभन्दा पहिले बचतका लागी कारण निर्धारण गर्नुस्, हुनसक्छ घर वा गाडी किन्नको लागी म यति सयममा यति रकम जम्मा गर्छु भनेर राख्न सकिन्छ। बच्चाहरूको लागी भनेर पनि बचत गर्न सकिन्छ त्यसो त अर्को वर्षमा म यो देश घुम्छु भनेर पनि त्यसकालाई बचत गर्दै जान सकिन्छ। बचतका लागी तपाईं निम्न तरिका अपनाउन सक्नुहुन्छ:

आवश्यकता र खर्चको सूचि बनाउनुस्

आफ्नो आवश्यकता र त्यसका लागी हुने खर्चको एउटा सूचि बनाउनुस्। यसरी सूचि बनाएपछी कुन कुन कुरा गर्दा वा नगर्दाको फरक र प्राथमिकता तोकेर मात्र खर्च गर्नुस्। हुनसक्छ तपाईं नयाँ आईफोन किन्ने सोचमा हुनुहुन्छ अपग्रेडका लागी, तर भईरहेकैले राम्रो काम गरिरहेको छ भने नयाँ लिनु प्राथमिकताको विषय नहोला।

छुट र समयको फाइदा लिनुस्

तपाईंले खरिद गर्न खोजेको सामान बजारमा छुटमा पो उपलब्ध छ कि? हामीलाई छुटको र सस्तो भनेको कमसल हो कि? भन्ने भ्रम परिरहेको हुन्छ। अष्ट्रेलियाको बजारमा व्यापारीले साना साना अवसरलाई छोपेर छुट दिएर सामान बेचाउन खोज्छन्। कपडा देखी विद्युतिय र घरायसी सामान सबै समय समयमा छुटमा उपलब्ध हुन्छन्। त्यसमा पनि ‘फ्याक्ट्री डाईरेक्ट आउटलेट’हरू पनि सस्तो र छुटमा सामान पाउने माध्यम हुन्। कतिपय सामान जस्तै टिभी, फ्रिजहरू त ‘फ्याक्ट्री सेकेण्ड ह्याण्ड’ समेत लिन सकिन्छ जसमा गुणस्तरमा ‘कम्प्रोमाइज’ नगरी मुल्यमा राम्रै छुट लिन सकिन्छ। हरेक वर्षको हरेक ‘क्वार्टर’मा छुटको घोषणा भईरहेको हुन्छ त्यसलाई छोप्ने हो भने उही सामान वा कपडामा ४० देखी ५० प्रतिशत सम्म पैसाको बचत हुन्छ।

यो पनि पढ्नुस्: यस्तो छ नेपाली विद्यार्थीको कमाई र बचतको अवस्था अष्ट्रेलियामा

अनलाईन खरिद

सामानहरू पसलमा गएर किन्दा भन्दा अनलाईन किन्दा सस्तो पर्दछन्। त्यसको कारण चाहीँ बिक्रेतालाई पनि खर्च कम हुने भएकाले हो। पसलमा गएर किन्दा भन्दा ‘फरनिचर्स् देखी विद्युतिय सामान २५ देखी ३० प्रतिशत सम्म सस्तो पर्न सक्छ। यस्तोमा सित्तैमा ‘होम डेलिभरी’ गरिदिने सुविधा समेत हुन्छ त्यसलाई नि ख्याल गर्नुपर्छ।

क्यास तिर्नुस्

घरायसी अरू सामान देखी भान्साका सामान किन्न बजार जाँदै हुनुहुन्छ भने जहिले पनि पैसा लिएर निस्कनुस्। नत्र तपाईंलाई चाहिएको सामानहरू किन्दाका पसल पिच्छे तपाईंले क्रेडिट वा डेबिट कार्ड प्रयोग गर्दा कम्तिमा १० डलरको सामान किन्नुपर्दा आवश्यकता भन्दा केही बढी सामान किन्नुपर्छ वा खर्च गर्नुपर्छ।

घरमै गर्नुस्

हामीले बाहिर पैसा तिरेर लिने विभिन्न सेवाहरू घरमा आफैले पनि गर्न सकिन्छ, जसले गर्दा राम्रो पैसाको बचत हुन्छ भने आफ्नो शीप र समयको समेत सदुपयोग हुन्छ। नियमित बाहिर खाजा खानु भन्दा कहिले काहीँ मात्र बाहिर खाने हो भने धेरै नै बचत हुन्छ। जस्तो कि बाहिर रेष्टुरेन्टमा १० डल्ला म:मलाई १६ डलर पर्छ भने घरमा बनाउने हो भने १६ डलरमा १० प्लेट म:म बनाउन सकिन्छ। यसरी नै गाडी घुने, दाह्री काट्ने जस्ता कामहरू घरमा नै गर्दा त्यसले पैसा, समयको बचत हुन्छ।

यी सबै कुरा अपनाउनु भयो र यीनमा खर्च गर्ने पैसा भविष्यको लागी बचत खातामा राख्नुभयो भने तपाईं पनि छिट्टै घर किनेको वा अन्तर्राष्ट्रिय होलिडे हिंडेको फोटो फेसबुकमा अपलोड गर्न सक्षम हुनुहुन्छ। आखिर खर्च जोगाउनु भनेको पनि कमाउनु नै हो के रे !

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।