अष्ट्रेलिया आउने सोच बनाएका सबैको मनमा खड्कने प्रश्न हो यो। कुन कन्सल्टेन्सी ठीक होला, कुनबाट प्रोसेस गरे छिटो भिजा लाग्ला अनि रिफ्युज नहुने गरी कसले गरि देला भन्ने सबैलाई लागिरहेको हुन्छ। त्यसैले त अष्ट्रेलिया आउने सोच बनाएका नेपालमा हुने धेरैले अष्ट्रेलिया आएका साथीभाई तथा आफन्तलाई सोध्ने एउटा प्रमुख प्रश्न हो ‘कुन कन्सल्टेन्सीबाट प्रोसेस गरेको?’ धेरैलाई अष्ट्रेलिया आइपुगेको साथी वा आफन्त कुनै कन्सल्टेन्सी विशेषको विशेष योग्यता वा क्षमताका कारण पुगेको हो कि भन्ने पनि हुन सक्छ। तर अष्ट्रेलिया पुगेको साथी वा आफन्तले यूनिभर्सिटी छनौट, भर्ना तथा भिजा प्रोसेस गरेको कन्सल्टेन्सी नै वा मात्रै ठीक हो कि भन्ने सोच्नु चैं गलत हो। तर अष्ट्रेलिया आइसकेका साथीभाईको अनुभवबाट सिक्न खोज्नु सहि भएपनि यसमा विचार गर्नुपर्ने कुरा चैं उक्त कन्सल्टेन्सीले प्रतिनिधित्व गर्ने वा विद्यार्थी पठाउने कलेज वा यूनिभर्सिटी हुन्। ति कलेज र युनिभर्सिटीको ट्युसन फी, लोकेसन र उक्त लोकेसनमा काम पाउने सम्भावना र बस्नको लागी युनिट तथा घरको उपलब्धता र शुल्कबारे पहिले नै बुझ्नु उपयुक्त हुन्छ। यतिखेर काठमाडौं र देशका प्रमुख शहरहरूमा अष्ट्रेलिया विद्यार्थी पठाउने कन्सल्टेन्सीको संख्या यसरी बढिरहेको छ कि हरेक चार तले घरको एउटा तलामा कन्सल्टेन्सीको अफिस छ। यसरी संख्यामा भएको बढोत्तरीले सृजना गरेको सकारात्मक छनौटको अवसर पनि दिएको छ। त्यसो त अष्ट्रेलिया जान चाहनेको भिडलाई प्रयोग गरेर छिटो पैसा कमाउँ भन्नेहरू पनि कम छैनन् वैदेशिक शिक्षा परामर्शको क्षेत्रमा। त्यसैले अष्ट्रेलिया अध्ययनका लागी आउने सोच बनाएकाहरूले सबैभन्दा पहिले आफ्नो क्षमता, अष्ट्रेलियाको आवस्यकता र वास्तविकता बारे बुझ्नु अनिवार्य हुन्छ। जसले अष्ट्रेलिया आउनेक्रममा ठगिने, बढी खर्च हुने, गलत निर्णय लिने तथा अष्ट्रेलिया आइसकेपछी पछुतो लाग्ने, धेरै संघर्ष र दुख गर्न पर्ने हुन पनि सक्छ। त्यसैले कन्सल्टेन्सीहरूको भिडमा अष्ट्रेलिया आउन चाहनेले सही कन्सल्टेन्सीको छनौट गर्नु पनि आवश्यक हुन्छ।
Read More »