Tag Archives: किङ्सफोर्डस्मिथ विमानस्थल

यी कुरा सिकौं सिड्नीबाट

नेपालीहरुका लागि यो सपनाको सहर हो। जहाँ कोही आफै अवतरण हुने सपना साँचेका छन् भने अभिभावक भएकाहरु यूवा सन्तानको भविष्यलाई यहाँ अवतरण गराउने योजनामा छन्। राजधानी काठमाडौंका चोक र गल्लीमा अनगिन्तीको संख्यामा रहेका शैक्षिक परामर्शदाताहरु नेपाली सपनालाई त्रिभूवन विमानस्थलबाट उडाउनका लागि इन्धन भर्ने काम गरिरहेका छन्, बैंकहरु त्यसैमा क्याटालिष्ट (उत्प्रेरक)को काम गर्छन्। अष्ट्रेलिया यतिखेर हरेक प्लस टु गर्नेहरुको सपनामा देखिन थालिसकेको छ। कम्तिमा दुई वर्षको विश्वविद्यालय शिक्षा त्यसपछिको अध्ययन पछिको दुईवर्षे काम गर्ने अनुमति र स्थायी बसोबास (पीआर) स्वयंभूका भरयाङ जसरी नै एक पछि अर्को गरि योजना गरिएका छन्। यही यूवा योजनाको अन्तर कुन्तरमा अभिभावका सपना र भविष्य पनि जोडिन्छन्। अष्ट्रेलियाको राजधानी नै थाहा नभएका धेरै छन् काठमाडौंमा अष्ट्रेलिया पुग्ने सपना बोक्ने। अष्ट्रेलियाको राजधानी सोध्दा ९० प्रतिशत भन्दा बढिले सिड्नी नै जवाफ दिन्छन्। यसको कारण हो नेपालीले सजिलै चिन्दछन् सिड्नी। सायद यो नेपालीका लागि अरु भन्दा नजिक छ। ओलम्पिक आयोजना भएकाले पनि हुनसक्छ नेपालीलाई अष्ट्रेलिया भन्नासाथ मानिसहरु सिड्नी नै सम्झन्छन्। त्यसो हुनाको कारण हो अष्ट्रेलिया चिनाउने दुई ठूला संरचना ‘ओपेरा हाउस’ र ‘हार्बर ब्रिज’ सिड्नीमा हुनु। जसले मानिसहरुलाई अष्ट्रेलिया भनेकै सिड्नी हो भन्ने बनाउँछ। सिड्नीको मुख्य आकर्षण यी दुई हुन्। साथै सिड्नीका ‘बोन्डाई’, ‘म्यान्ली’ लगायतका वीच अनि रोयल बोटानिकल गार्डेन र हाइड पार्क पनि सिड्नीका आकर्षक स्थल हुन् जहाँ यहाँ भित्रने पर्यटक र आगन्तुक घुम्न छुटाउँदैनन्।

Read More »