अष्ट्रेलियामा स्थायी बसोबासको प्रबन्ध मिल्नासाथ भाडाको घरमा किनबस्नु घर किनियो भने त भाडा तिर्ने पैसाले मासिक मोर्टगेजको किस्ता पुग्छ अनि केही वर्ष पछी घरै आफ्नो हुन्छ। अरूलाई किन धनी बनाउने? भन्ने सोच र संवृद्धिको सूचक भएकाले अष्ट्रेलियामा काम र भिजा स्थायी भएपछी हरेक नेपालीले घर किन्ने योजना बनाउँछ। घर भनेको …
Read More »ध्यान दिनुस दशैंमा पैसा पठाउँदा
मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।
Read More »अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी
केही समय देखी नेपाली विद्यार्थीहरू अष्ट्रेलियाको समाचार माध्यमहरूमा अपराधमा संलग्न भएको विषयलाई लिएर चर्चामा छन्। धेरै जसो गर्मीको मौसममा पानीमा डुबेर मृत्यु भएको विषयमा जोडिने नेपालीहरू पछिल्लो समयमा घरेलु हिंशा, काममा दुर्व्यवहार, सडक दुर्घटना साथै अपराधका क्रियाकलापमा पनि जोडिन थालेका छन्। अपराधिक विषयसँग जोडिएर अष्ट्रेलियाका समाचार माध्यममा नेपाली पहिचान खुल्दा …
Read More »अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको खुलासा
अष्ट्रेलियाका दुई विश्वविद्यालयले गरेको एक अध्ययनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको श्रम शोषणको अवस्था डरलाग्दो रहेको देखाएको छ। युनिभर्सिटी अफ न्यूसाउथवेल्स र युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीले संयुक्त रूपमा पाँचहजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेटेर गरिएको अध्ययनले ७७ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले कामका लागी तोकिएको न्यूनतम ज्यालाको आधा तथा त्यो भन्दाकम पैसामा काम गर्नुपर्ने स्थिती रहेको …
Read More »एनआरएनएको सहयोग दाँतमा लागेपछी
एनआरएनए अष्ट्रेलियाले विद्यार्थीलाई सहयोग गरिरहेको समाचार सुरूदेखी पढेकोले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहेको म, खानै नपाउने अवस्था नहुनेमा ढुक्क नै थिएँ। आफूलाई तत्काल समस्या नपरेकोले सुरू सुरूका सहयोग विरतणहरूको जानकारी भएपनि धेरै चासो राखेको थिईन। २८ जुन २०२० मा फेरी एनआरएनएले थप सामग्रीहरू दोश्रो चरणको रूपमा विद्यार्थीहरूलाई वितरण गर्न लागेको सुनेपछी …
Read More »के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन
अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै दक्षता र क्षमताले नै पाउन सकिने उपवर्ग (सवक्लास) १८९ भीजाका लागी प्रतिस्पर्धा आम क्षमता भन्दा माथि हुनथालेपछी 'स्टेट नोमिनेसन'का लागी तोकिएका शर्तहरू पुरा गर्नु नै यतिखेर अष्ट्रेलियाको पीआर पाउने एकमात्र बाटो देखिएको छ धेरैका लागी। त्यसैले केही लचक व्यवस्था भएका राज्यहरूमा सिड्नी, मेलबर्न लगायतका शहरमा बसेर पढेकाहरू तासमानिया, नर्दन टेरिटोरी, क्यानबेरा लगायतका राज्य तथा तिनका रीजनल शहरहरूमा सर्न थालेका छन्। यसरी सिड्नी लगायत न्यूसाउथवेल्समा रहेका विद्यार्थीहरू अन्य राज्यमा सर्न थालेको अवस्थामा न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो रीजनल माईग्रेनसका लागी नोमिनेसन खुला गरेको छ। गत वर्षको नोभेम्बरमा ग्रामिण अष्ट्रेलिया केन्द्रीत गरेर सुरू गरिएको उपवर्ग ४९१ को भीजा प्रक्रिया अन्य राज्यले सुरू गरेर न्यूसाउथवेल्सबाट सरेर गएकाहरूले समेत पाईसक्दा पनि प्रक्रिया सुरू नगरेको न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा एकैपटक नोमिनेसन खुलायो। एक साताका लागी मात्र निवेदन खुलाएको न्यूसाउथवेल्सले, पहिले तोकेको शर्तहरूमा पनि तत्कालै संसोधन गरयो जसले गर्दा न्यूसाउथवेल्सको रीजनल स्किल भीजा पाउने संभावना धेरैले सोचेको भन्दा निक्कै सजिलो महसुश गरिएको छ। केही माईग्रेसन एजेन्टले त यसलाई थालीमा सजाएर दिईएको 'केक' नै समेत भनेका छन्।
Read More »विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा
तपाईंलाई सल्लाह दिने साथी र अप्लाई गरेको कन्सल्टेन्सी राम्रो परेको छ भने तपाईंको आर्थिक र करिअरको सफलताले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहँदा नै आकार लिन सुरू गर्छ।
Read More »अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु
अष्ट्रेलियामा रहेका यस्ता धेरै रेमिट जसले अष्ट्रेलिया सरकारलाई कर तिरेर अष्ट्रेलियामै बसेर गरिने पैसाको कारोबार वैधानिक हो तर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका हुँदैनन जुनबाट नेपालमा पैसा पठाउँदा अवैधानिक मानिन्छन ।
Read More »यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी
विद्यार्थी भिसामा अष्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या बढेसँगै अष्ट्रेलियाबाट नेपाल पैसा पठाउने (रेमिट गर्ने)हरूको संख्या पनि बढिरहेको छ। नेपाल पैसा पठाउने संख्यासँगै नेपाललाई लक्षित गरेर रेमिट कम्पनी चलाउनेहरू बढ्ने नै भए। त्यसको सँगसँगै कानुनी छिद्रहरूको प्रयोग गरेर तथा गैरकानुनी रूपमा अष्ट्रेलियाबाट नेपाल र नेपालबाट अष्ट्रेलिया पैसा ल्याउने काम गर्नेहरू पनि …
Read More »रेटको लोभमा, हजारौं डलर चैट
‘आजको लागी अन्तिम, ५००० डलर भन्दा माथि पठाउनेलाई विशेष रेट…कन्ट्याक्ट…’ ‘आजको आजै डिपोजिट हुने’ ‘शनिबारको रेट, आईतबार नेपालमा डिपोजिट हुने…’ फेसबुकका ग्रुप अनि पेजमा विभिन्न श्रोतबाट सेयर हुँदै आएका यस्ता रेट सम्बन्धी स्टाटसमा कमेन्ट आउँछ: ‘दाई आजको रेट कति छ?’ ‘रेट?’ अष्ट्रेलियामा बस्ने नेपाली चाहे विद्यार्थी हुन् वा अरू भिजामा …
Read More »