समाज

कम पैसामा काम लगाउनेले नेपाली यूवालाई ५० हजार डलर तिर्ने

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

तोकिएको मापदण्ड भन्दा कम ‘पे’मा काम लगाएर श्रम शोषण गरेको एक कम्पनिले नेपाली युवा सहितका क्लिनरलाई एकलाख ५० हजार डलर तिर्ने भएको छ। एज्ड केयरहरूमा क्लिनिङको काम गर्ने कम्पनि ‘गार्जियन प्रोपर्टी सर्भिसेज’ले नेपाली युवा आशिष परियार सहितका क्लिनरलाई उक्त रकम परिपूर्ति गर्ने भएको हो। एबीसीमा प्रकाशित समाचार अनुसार सो कम्पनि नेपाली युवा आशिष परियारलाई ५० हजार अष्ट्रेलियन डलर र अर्का …

Read More »

सेयरिङमा बस्दा ध्यान दिनुपर्ने कुराहरू

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा आउने नेपालीहरू चाहे स्टुडेन्ट भिजामा होस् या नेपालबाट नै पीआर लिएर, उनीहरूको सुरूवाती दिनका अनुभवहरू खासै फरक हुँदैनन्। तर, स्टुडेन्ट भिजामा आउनेलाई पीआर लिएर आउनेलाई भन्दा आर्थिक दबाब बढी हुन्छ। अष्ट्रेलियामा आईसकेपछी सबैभन्दा सुरूमा नै उनीहरूलाई पर्ने समस्या भनेको काम र कोठाको हो। हुन त नेपालबाट आउनेहरूले आफन्त वा साथीभाईसँग सुरूवाती दिनमा सहयोगको लागि व्यवस्था मिलाएर नै आएका हुन्छन्। …

Read More »

बुझेर मात्र आउनुस अष्ट्रेलिया

फेसबुकमा अपलोड गरिएका सुन्दर पृष्ठभूमिमा खिचिएका तस्वीर अनि गाडी र आकर्षक जिवनशैली। नेपालमा नै केही गरेर बस्नेहरूलाई साथीभाईले अष्ट्रेलियामा जिएको जिन्दगी साँच्चिकै स्वर्गिय नै लाग्छ। फेसबुकको फेसन र अष्ट्रेलियाको हाईफाई जिवनशैली नै नेपालमा हुँदाखाँदाको जागिर र व्यवसाय छोडेर अष्ट्रेलिया हान्निनको लागी पर्याप्त तापमान श्रृजना गर्ने ‘उत्प्रेरक’का रूपमा काफी छ। अष्ट्रेलियाको ‘फिभर’ यस्तो छ कि नेपालमा छोराछोरी यता पठाउन सकेन भने …

Read More »

फेसबुकका भित्तासँगै आमाका हँसिला मुहारहरु

विदेश भन्ने बितिकै छिटो-छिटो आफ्नो गन्तव्य तिर हतार-हातर गरेर हिडिरहेका मानिसहरुको हूल दिमाग मा घुम्न थाल्छ, किनभने मैले बच्चा बेलाबाटै सिनेमा मा तेस्तै देख्दै आएको थिए। यहाँ समय को ईज्जत गर्ने मान्छे हरुको बसोबास छ, दौड धुप अनि हतार मै समय बितेको पत्तो हुन्न। आज कामबाट अलि चाडै आए अनि थकित भएर बेडको एक छेउमा लडिरहेको मेरो ल्यापटप खोले ,बिचरो ल्यापटप दिनभरि फुर्सद हुन्न एस्लाई। अनि हत-पत ल्यापटप खोले, यता आउनु भन्दा पहिलाको फोटो हरु खोज्न थाले, अनि अचानक आज भन्दा करिब चार वर्ष अगाडी आमा सँग खिचिएको मेरो फोटो पाए। अनि फेसबुक को भित्ता मा पछारे, प्रसङ्ग आमा को मुख हेर्ने दिन को थियो। आजभोली चलन नै नया आएको छ। बिहानै फेसबुक बाटै १ लाइक गरेर कैले पशुपति कैले मनकामना अनि कैले पाथीभरा को दर्शन गरिन्छ। जे होस् दर्शन गर्न लाईन पनि बस्न परेको छैन, अनि मन्दिर सम्म पुग्दा लाग्ने समय र लागत नि बचेको छ। कहिलेकाही त लाग्छ भगवान लाई मेरो गोजी को अवस्था राम्रैसग थाहा भएर होला एस्तो दर्शन गर्ने प्रचलन चलाउनु भएको। आज भोलि जन्मदिन पनि फेसबुक मा फोटो हालेर मानिन्छ, आमा -बुबा को मुख हेर्ने दिन पनि फेसबुकम़ा फोटो हालेर मानिन्छ, येस्तै गतिमा जाने हो भरे त कुनदिन बाट श्राद्ध पनि फेसबुक बाटै पिण्डको फोटो अपलोड गरेर गर्ने दिन नि नआउला भन्न सकिन्न। आमा ले बच्चा बेलामा मलाई नुहाईदिदै भन्नु हुन्थ्यो यति गरेर हुर्कायो नि पछि बुढी ल्याएपछि छाडेर गइहाल्छस्। हुन नि मैले आमालाई बेलैमा छाड्नु पर्यो तर कारण मेरी श्रीमती नभएर मेरै पढाई थियो। मेरी आमा जसले खासै पढने मौका पाउनु भएको थिएन, तर पनि उहाँले मलाई घर भन्दा टाढा काठमाण्डौं पढन पठाउनु भयो। उहाँलाई पढाइको महत्व राम्रो सँग थाहा थियो। अनि त्यसपछि दसैँ बाहेक अरु चाड-पर्वमा सितिमिति घर पुगीदैनथ्यो। दिदीहरुले फेसबुक मै फोटो अपलोड गरेर भाईटिका लगाइएदिनुहुन्थ्यो, फेसबुक मै फोटो अपलोड गरेर राखी लगाइएदिनुहुन्थ्यो धन्न फेसबुकले गर्दा निधार र हात खाली राख्न परेन।

Read More »

स्कल्पचर सम्झना साँच्ने साधन !

यो आलेख प्रबद्धनात्मक हो ! आलेखमा उल्लेखित व्यवसायका लागी नेपालीपेज विज्ञापन साझेदार हो सन्तान सुख, संसारमा नारी र पुरूष दुवैले अनुभव गर्ने सुखहरूमा सर्वोत्तम सुख यही नै हो। भरखर भरखर बाबु आमा बनेकालाई थाहा र अनुभव हुन्छ कस्तो हुन्छ दोस्रो पुस्ता संसारमा आउँदाको खुसी अनि मानसिकता। ‘साउँको भन्दा ब्याजको माया’ त्यसै समाजमा जमेको भनाई होईन। बाबु अनि आमा बनेकाहरूलाई हेर्नुस् …

Read More »