Tag Archives: अन्तर्राष्ट्रिय विद्यार्थी

नेपाली विद्यार्थीको आँखाबाट अष्ट्रेलिया

अष्ट्रेलिया, नेपालमा यतिखेरका युवा मात्र हैन अभिभावकको आँखामा पनि सपनाको स्वर्ग नै हो। काठमाडौं र देशका प्रमुख शहरहरूमा आईएलटीएसको टेस्ट तयारी गर्ने र टेस्ट दिनेको भिडले जतिलाई रोजगारी र पैसा कमाउने अवसर दिएको छ त्यो भन्दा धेरै बढीलाई प्रज्वलनशील हर्मोन उत्पादन गरेको छ। हर घरमा अष्ट्रेलियाको कुरा हुन्छ अनि नेपालमा अवसर नरहेको र राजनीतिले ध्वस्त भएको कुरा हुन्छ। अनि घरबारै बैंकमा राखेर अष्ट्रेलिया होमिनेको अर्को संख्या बढ्छ। हरेक प्लस टु पासले यतिखेर सिड्नीको सपना देख्ने भएको छ, नहोस् पनि किन अष्ट्रेलियाको लहर देशमा सुस्त हैन विद्युतमालीको बेगले फैलिएको छ। त्यसलाई बढाएको छ ओपेरा हाउसमा उभीएर खिचिएका अनि अष्ट्रेलियामा गाडी हाँकेर घुम्न हिँडेका फोटो र फेसबुकमा तिनले पाएका लाईकले। त्यसो त हाम्रा बा अनि बाजेका पालामा गाउँ गाउँ लाहुरे छान्न पुग्ने गल्ला जस्तै छोटेबडे शहरमा एजुकेशन कन्सल्टेन्सी अष्ट्रेलियाका कलेज र युनिभर्सिटीका एजेन्ट बनेर पुगेका छन्। अनि किन नदेखुन अलिक हुनेखानेले अष्ट्रेलिया सपना! सपना सबैको अधिकारको कुरा जो हो। तर सबैले सम्झनु पर्ने कुरा के हो भने सपना र विपनामा धेरै फरक हुन्छ, हुनसक्छ। अष्ट्रेलियाका बारेमा नेपालमा हुँदा सोचिने। देखिने कुरा र यहाँ आएपछी भोगिने कुरामा धेरै फरक हुनसक्छ, कतिलाई त यो आकाश जमिनको नै लाग्न पनि सक्छ। र यहाँ रहेका आफन्त अनि नेपालीहरूका बारेमा नेपालमा बसेर सोचिएको भन्दा फरक व्यवहार पनि पाउन सकिन्छ। अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका सुरज ओलीले अष्ट्रेलियाको अनुभवलाई यसरी शब्दमा उतारेका छन्, हेर्नुस

Read More »

अन्तर्राष्ट्रिय विद्यार्थी तान्ने अष्ट्रेलियाको योजना

विश्वमै प्रमुख शैक्षिक गन्तव्यको रूपमा पहिचान बनाएको अष्ट्रेलियाले आगामी वर्षहरूमा विदेशी विद्यार्थीको संख्या बढाउने भएको छ। सन् २०२५ सम्मको रणनीति ‘ नेशनल स्ट्राटेजी फर इन्टरनेशनल एजुकेसन २०२५’ सार्वजनिक गर्दै अष्ट्रेलियाले आगामी वर्षहरूम विदेशी विद्यार्थीको संख्यालाई दोब्बर पार्ने स्पष्ट पारेको छ। हालै सार्वजनिक अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा २०२५ ला लागी राष्ट्रिय रणनीतिले आगामी वर्षदेखी अष्ट्रेलिया अध्ययनका लागी आउने विद्यार्थीको संख्यालाई दोब्बर बनाउने नीति लिएको छ। अष्ट्रेलियन संघिय सरकारले लिएको यो नीतिले आगामी वर्ष देखी अष्ट्रेलिया स्टुडेन्ट भिजा एप्लाई गर्ने साथै पढ्न आउने विद्यार्थीको संख्या ह्वात्तै बढ्ने छ। यतिखेर वार्षिक ५ देखी ६ लाख हाराहारीले अष्ट्रेलियाको विद्यार्थी भिजा पाउँदै आएका छन्। सन् २०१५ मा अध्ययनको नाममा अष्ट्रेलिया आउनेको संख्या ६ लाख भन्दा धेरै थियो। सन् २०१५ मा मात्र अष्ट्रेलियाले अन्तर्राष्ट्रिय शिक्षा सेवाबाट १९ बिलियन डलर कमाएको थियो। अन्तर्राष्ट्रिय शिक्षा अष्ट्रेलियाको एउटा ठूलो निर्यात सेवा हो। अष्ट्रेलियामा यो क्षेत्रले मात्र एकलाख ३० हजारलाई रोजगारी दिएको छ, जसमा इमिग्रेसनका कर्मचारी देखी शिक्षक र कलेज युनिभर्सिटीका कर्मचारी, माईग्रेसन, एजुकेसन एजेन्ट समेत पर्दछन्। अहिले विदेश पढ्न जाने विश्वभरका विद्यार्थीको बजारको ५० प्रतिशत हिस्सा विकसित ६ देशमा पर्दछ। ती छ मध्ये अष्ट्रेलियाको प्रतिस्पर्धा अमेरिका र बेलायतसँग छ। अमेरिकाले अध्ययनका लागि विदेशीने विद्यार्थीको कुलसंख्याको १९ प्रतिशत विद्यार्थी आफ्नो देश भित्र्याउने गरेको छ भने बेलायतले १० प्रतिशत। अमेरिकाको विद्यार्थी छनौट कडा छ भने वेलायतको अध्यागमन कानुन विद्यार्थीलाई वेलायतमा स्थायी बसोबास गर्नको लागी सहज छैन। क्षमता भएका र योग्यता पुगेकालाई स्थायी बसोबार (पीआर) सजिलै मिल्ने भएकाले विश्वभरका विद्यार्थीमा अष्ट्रेलिया आकर्षणको केन्द्रमा छ। यहाँका विश्वविद्यालय र कलेजले दिने शिक्षाको गुणस्तर, विश्वभर मान्यता साथै बजारको आवस्यकता अनुसारको कोर्ष डिजाइन भएका कारण पनि विद्यार्थीहरूले अष्ट्रेलियालाई अध्ययन गन्तव्यका रूपमा रोज्ने गरेका छन्। भरखरैको इन्टरनेशनल स्टुडेन्ट सर्भे (२०१४) अनुसार ९३ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले अष्ट्रेलियाको शैक्षिक संस्थाको गुणस्तर र यहाँको व्यक्तिगत सुरक्षाको कारण अष्ट्रेलियालाई अध्ययनको गन्तव्यका रूपमा रोजेको बताएका छन्।

Read More »