Tag Archives: विद्यार्थी भिजा

अष्ट्रेलियाले गरयो हजारौं विद्यार्थीको भिजा क्यान्सिल

अष्ट्रेलियामा कार्यक्रमको नाममा हुँदैछ भिजा व्यापार - NepaliPage

अष्ट्रेलिया सरकारले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिजा क्यान्सिल गरेको छ। अष्ट्रेलियाको आन्तरिक मामला (होम अफेयर्स) विभागको पछिल्लो तथ्यांक अनुसार करिब तीन हजार भन्दा धेरै विद्यार्थीको भिजा क्यान्सिल भएको छ

Read More »

पोलिन ह्यान्सनको माग ‘विदेशी विद्यार्थीलाई काम गर्न नदेउ’

हरेक जस्तो मुद्दामा विवादास्पद अभिव्यक्ति दिँदै आएकी अष्ट्रेलियाकी सांसद पोलिन ह्यान्सनले अष्ट्रेलियामा विद्यार्थी भिजामा पढ्न आउने विद्यार्थीहरूलाई काम गर्ने अधिकार दिन नहुने बताएकी छिन्

Read More »

धेरै गाह्रो छ अष्ट्रेलिया, आउनु अघि नै सोचौं

पीआरका लागी कता जाने? क्यान्वेरा, तास्मानिया कि डार्बिन - NepaliPage

'बैंगलोर पढ्न गएको साथी सिए बन्छ, ढाका गएको साथी डाक्टर बन्छ, म अष्ट्रेलिया आएर के हुने अब?' भाईको गुनासो एकदम जायज लाग्यो,

Read More »

विद्यार्थी, माइग्रेसन एजेन्ट सहित अष्ट्रेलियन भिजा होल्डरको लेखा परिक्षण हुने

विद्यार्थी, माइग्रेसन एजेन्ट सहित अष्ट्रेलियन भिजा होल्डरको लेखा परिक्षण हुने - NepaliPage

अष्ट्रेलियन ट्याक्सेसन अफिस (एटिओ)ले विभिन्न भिजामा अष्ट्रेलियामा रहेकाहरूको कर विवरणको लेखा परिक्षण फेरी सुरू गर्ने बताएको छ। यसले दुई करोड भन्दा बढीसँख्याका विद्यार्थी, आप्रवासी र विभिन्न अन्य भिजामा रहेका साथै उनीहरूलाई अष्ट्रेलिया आउन सघाउने माइग्रेसन एजेन्टहरूलाई समेट्ने छ।

Read More »

‘एसाइनमेन्ट’ को कारण हुनसक्छ भिजा क्यान्सिल

यतिखेर अष्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश एसाइनमेन्ट तयार गर्न अनि मिड-सेमेस्टर परिक्षा दिनमा व्यस्त छन्। यो समय नै एसाइनमेन्ट अनि परिक्षाको हो। सन् २०१६ को पहिलो सेमेस्टर यतिखेर आधा आधी भएको छ। कतिको यहाँको अध्ययन भरखर सुरू भएको होला त कतिको सकिने तरखरमा होला। एसाइनमेन्ट तयार पार्ने हतारोमा धेरै विद्यार्थीले  त्यसको शुद्धता, शैली अनि त्यसमा अरूको विचार वा सामग्री प्रयोग अनि आफ्नो योगदान स्पष्ट छुट्याउँदैनन्। त्यसको त काम गरेर यूविभर्सिटीको फी तिर्नुपर्ने अनि घरमा पनि पैसा पठाउनु पर्ने दबाबका बीच एसाइनमेन्ट मिले र सकेसम्म कपि पेस्ट अनि प्याराफेज गरेर र नसक्ने नै छाँट आयो भने चैं किनेर पनि काम चलाउने अवस्था बन्छ। यसो गर्दा चलाख नहुने र आफ्नो क्षमता अनुसार वातावरण नबनाउने हो भने त्यसले विद्यार्थीको भिजा समेत क्यान्सिल हुने संभावना रहन्छ। पछिल्लो सात महिनामा मात्र अष्ट्रेलियामा ९,००० जति  विदेशी विद्यार्थीको भिजा क्यान्सिल भएको समाचार आयो। धेरैको मन, मस्तिष्कमा यसले डर र कम्पन पनि पैदा गरयो। हरेक चौमास अनि वर्ष आउने यस्ता समाचार र तथ्यांकले तिनलाई बढी झट्का दिन्छ जो काम बढी पढाई कम गर्छन् अनि विश्वविद्यालयमा उपस्थीति र परिक्षामा राम्रो नतिजा हुँदैन। त्यसो त अष्ट्रेलियाको विद्यार्थी भिसा पाउँदा स्वीकार गरेका सर्तहरू पूरा नगरेको अवस्थामा पनि डर धेरै लाग्छ 'कतै इल्लिगल हुने त होईन?'  पछिल्लो समय अष्ट्रेलियन दैनिक अखबार 'द अष्ट्रेलियन'मा प्रकाशित आलेखले एसाइनमेन्ट सही तरिकाले नगरेको कारण विद्यार्थीहरूको भिजा क्यान्सिल भएको उल्लेख गरेको छ। ईण्डियनसाइटडटकमडटएयूले प्रकाशन गरेको समाचार अनुसार पाकिस्तानबाट अष्ट्रेलिया पढ्न आएका एक विद्यार्थीको भिजा अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले एसाइनमेन्टको कारण नै खारेज गरिदिएको छ। 'प्लेजरिज्म' अर्थात बौद्धिक चोरीको कारण देखाएर अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले पाकिस्तानी विद्यार्थी शाहियार खानको विद्यार्थी भिजा खारेज गरेको हो। मेलबर्नको 'टेक्निकल एजुकेसन डेभलोपमेन्ट ईन्स्टिट्युट'मा अध्ययनरत उनले आफ्नो एसाइनमेन्टहरू ईन्टरनेटमा उपलब्ध सामग्रीहरू सारेर तयार पारेका थिए। उनले एसाइनमेन्टहरूमा अरूले तयार पारेको सामग्रीहरू हुबहु सारेर बुझाएकोअष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले जनाएको द अष्ट्रेलियनको आलेखमा उल्लेख छ। अनुसन्धान तथा अध्ययनमा प्रयोग भएका सामग्रीको स्रोत उल्लेख गर्न समेत खान चुकेका थिए। अरूको लेख तथा विचारलाई सारेर आफ्नो दाबी गर्नुलाई बौद्दिक चोरी (प्लेजरिज्म) मानिन्छ।

Read More »