एएनएए नेतृत्वमा मधु पुडाशैनी

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एनएए)मा नयाँ नेतृत्व चुनिएको छ। संस्थाको ४२ औ बार्षिक साधारण सभाबाट डा. मधु पुडाशैनीलाई अध्यक्षमा चयन गरेको हो। उनीसँगै उपाध्यक्षमा निशा रानी, सुर्य भट्टराई, डा. घनश्याम चापागाई र डा. बसुन्धरा भट्टराई चयन भएका छन्।

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको स्थापना सन् १९७६ मा भएको थियो।संस्थामा चुनिएका नयाँ पदाधिकारीहरूमा महासचिव ऋषि आचार्य, सचिव निलम ऐरी र कोषाध्यक्ष नारायण खनाल छन् । त्यसैगरी नयाँ कार्यसमितिमा सदस्यहरु तपश्या श्रेष्ठ, डा. कमल खरेल, दिक्षित घिमिरे, आनन्द पारजुली र डा. सन्तोश खनाल रहेका छन् ।

एएनएएको नयाँ कार्यसमिती र नेपाली समुदायका अगुवाहरू ! फोटो: एएनएए

संस्थाको नेतृत्वका लागी चुनिएका अध्यक्ष डा मधु पुडाशैनीले आफ्नो दुइवर्षे कार्यकालमा अस्ट्रेलियाई समाजको मुल-प्रवाहमा नेपाली समुदायको पहुँच, अस्ट्रेलियामा रहेका सबै नेपाली समुदायिक संस्थाबीच समन्वय सञ्जाल र सहकार्यमा जोड दिने बताए। उनले नेपाली समुदायमा देखिएका समस्या समाधानका लागी तीन महिनामा आफ्नो कार्ययोजना सार्वजनिक गर्ने प्रतिद्धता गरे।

एनएएको नयाँ नेतृत्व चयनका लागी अष्ट्रेलियाको नेपाली समुदायका अग्रज ईन्द्रा वन, डा. नारायण प्रधान, पदम शाक्य र देव गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो। नयाँ कार्यसमिति घोषणा कार्यक्रममा न्यू साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का प्रमुख अतिथी थिए।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: नेपालीपेज

NepaliPage.com is a striving idea to bring useful information to international students as well as newcomers recently immigrated into Australia. While writing and preparing our contents and stories we are focused to Nepalese in Australia, but our contents and stories are equally advantageous to those interested to study, live and migrate into Australia, no matter you are from India, China or other parts of the world.

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …