भत्कने आशंकामा सिड्नीको ३० तले भवन खाली गराईँदै

सिड्नीमा रहेको एक आवासिय गगनचुम्बी भवन भत्कन लागेको आशंकामा खाली गराईएको छ। ओलम्पिक पार्कमा रहेको ओपल टावर अपार्टमेन्ट भत्कने आशंकामा त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको हो। उक्त भवनमा बस्नेहरूले विहान देखी नै भवनबाट संरचना भाँचिएको जस्तो आवाज आएपछी भवन भत्कने आशंका गरेर सो भवनका बासिन्दाहरू भवन छोडेर निस्केका हुन्।

न्यू साउथ वेल्स प्रहरीले सोमबार मध्यान्न करिब पौने तिनबजे त्यहाँका बासिन्दाले ३० तले भवनको संरचनामा शंका गर्दै भवन छोड्न थालेको जनाएको छ। प्रहरीले मानिसहरूले विहान देखी नै भवनबाट संरचना भाँचिएको आवाज आएको बताएको जनाएको छ। ‘फायर एण्ड रेस्क्यु एनएसडब्लु’ र प्रहरीले मानिसहरूलाई उनीहरूको घर छोड्न सहयोग गरिरहेको छ।

भत्कने आशंकामा सिड्नीको ३० तले भवन खाली गराईँदै - NepaliPage

ओपल टावर ! तस्विर: गुगलम्याप्स

यतिखेर सिड्नीको ओलम्पिक पार्क क्षेत्रमा आपतकालिन सेवाका कर्मचारीहरू परिचालित भएका छन् भने प्रहरीले उक्त भवन नजिकका क्षेत्रहरूमा जान निषेध गरेको छ। सो भवन वरपरका सडक बन्द गरिएको छ भने लिडकम भएर ओलम्पिक पार्क जाने ‘ट्रेन’ समेत बन्द गरिएको छ।

यसबारे सेभेन न्यूजले गरेको प्रेस भेटघाटको प्रशारण

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …