अत्यावश्यक नभई राजदूतावास नआउन अनुरोध

अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले अत्यावश्यक काम नभई दूतावास नआउन अष्ट्रेलियामा रहेका नेपालीलाई अनुरोध गरेको छ। विश्वभर कोरोना भाइरस (COVID-19)को संक्रमण संकटकालिन स्थितीमा पुगेको र अष्ट्रेलियामा समेत खतराको स्तरमा पुगेपछी नेपाली राजदूतावास क्यानबेराले विज्ञप्ती नै जारी गरेर अधिकृत वारिसनामा, मञ्जुरीनामा लगायतका राजदूतावासमा आफै उपस्थित भएर सहीछाप गर्नुपर्ने काम बाहेक अरू कामका लागी राजदूतावासमा नआउन भनेको हो। दूतावासले त्यस्ता आफै उपस्थित हुनपर्ने बाहेकका कामका लागी हुलाकसेवाको प्रयोग गर्न सुझाएको छ।

 

दूतावासले केही दिन अघि कोरोना भाइरसको सङ्क्रमण देखिएका एक नेपाली विद्यार्थीको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको उनकोअवस्था सामान्य एवम् सुधारोन्मुख रहेको जानकारी अस्पतालबाट प्राप्त भएको जनाएको छ। हालै मात्र नेपालबाट तासमानिया आएका ति विद्यार्थीले जानी जानी हेलचेक्र्याई गरेको भनेर विभिन्न सामाजिक सञ्जालमा गरिएका विभिन्न टीकाटिप्पणीले उनलाई पार्नसक्ने मनोवैज्ञानिक असर प्रति सचेत रहन पनि दूतावासले अष्ट्रेलियाको नेपाली समूदायलाई अनुरोध गरेको छ।  साथै उनको व्यक्तिगत र पारिवारिक गोपनियतालाई समेत सम्मान गर्नु पर्नेमा दूतावासको जोड छ। 

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …