यो हो इलेक्ट्रोनिक्स सामान किन्ने सही समय

अष्ट्रेलियामा घर किन्ने सोच बनाउनु भएको छ भने यहाँ क्लिक गरेर जान्नुहोस यति खेर घर किन्नु किन फाईदा छ

तपाइँ हामीले समाचार पढेर थाहा पाइसकेका छौं अष्ट्रेलिया भर ३०० भन्दा धेरै स्टोर भएको इलेक्ट्रोनिक्स सामानको रिटेलर डिकस्मिथले आफ्नो सबै व्यवसाय र स्टोर बन्द गर्दैछ। पछिल्लो समय अनलाइन सपिङको ट्रेण्ड चलेसँगै सस्तो बजारसँग प्रतिस्पर्धा गर्न नसेपछि घाटामा जान थालेको डिकस्मिथको व्यवसायलाई बन्द गर्ने निर्णय यसको सञ्चालकले गरिसकेको छ। जसका कारण अष्ट्रेलियामा ३००० रोजगारीको अवसर कम भएको छ भने यसले आफ्ना कर्मचारीको भविष्य पनि टुंगो लगाइसकेको छ।

यसरी लागेको छ छुटको बहार। फोटो: सण्डेमर्निङहेराल्ड

 

डिकस्मिथ बन्द भएका कारण अर्थतन्त्र र रोजगारीको अवस्थामा पर्ने असर जे भएपनि यतिखेर हाम्रो पकेटमा पर्ने प्रभाव चैं सकारात्मक छ। सबै स्टोटहरु बन्द गर्न लागेका कारण स्टोर खाली गराउन सबै सामान बेच्नुपर्ने बाध्यता डिकस्मिथसँग छ, जसका कारण यतिखेर डिकस्मिथका सबै स्टोरमा सामानहरुमा ब्यापक छुट छ। कुनै पनि यस्ता सामान छैनन् जसमा छुट नभएको होस्। यदी तपाइँ टिभी, हेडफोन, ल्यापटप, कम्युटर, ब्लुरे, डिभिडि प्लेयरहरु, मोबाइल, क्यामेरा, स्पिकर, होमथिएटर अथवा अन्य कुनै पनि इलेक्ट्रोनिक सामान किन्ने योजनामा भएकाका लागि डिकस्मिथ बन्द हुन लागेको यो समय उपयुक्त हुने देखिन्छ।

डिकस्मिथका स्टोरमा रहेका हरेक ब्राण्ड सोनी, सामसुङ, नभम्यान, असुस, ओप्पो, एचपी, पानासोनिक, पायोनियर, फिलिप्स, इप्सन, लजिटेक देखी लिएर एप्पलका इलेक्ट्रोनिक सामान देखी सफ्टवेयर, प्रिपेड मोबाइल सिम, मोबाइल तथा अन्य ग्याजेट एसोसरिज सबैमा राम्रै छुट दिएको छ। सामान हेरेर कम्तिमा ३५ देखी ८० प्रतिशत सम्म छुट छ। एप्पलका उत्पादनमा समेत १० प्रतिशत छुट छ जुन अष्ट्रेलियामा विरलै पाउने छुट हो।

त्यसमा पनि डिकस्मिथले आफ्नै ब्राण्डमा बेच्ने टेलिभिजन र अरु मनोरञ्जनका साधन नबिकेर थुप्रिएर बसेको छ भन्ने समाचा पनि आएको छ। र हरेक साता डिकस्मिथको स्टोरमा छुटको मात्रा बढिरहेको छ। यदी तपाइँको आवस्यताका इलेक्ट्रोनिक साधन नजिकको डिकस्मिथको स्टोरमा रहेछ र सस्तो लाग्यो भने किनिहाल्नुस किनकी यस्तो स्टोर बन्द हुने र यसरी नै सस्तोमा सामान पाइने अवसर पटक पटक हत्तपत्त आउँदैन।

यस्तो छ डिकस्मिथको छुटको विग्यापन (यहाँबाट जानुस डिकस्मिथको वेबसाइटमा)

डिकस्मिथको वेबसाइटमा रहेको छुट अफर

 

स्टोर बन्द हुने भएपनि तपाइँ हामीलाई दिनुपर्ने वारेन्टी ग्यारेन्टीमा कुनै फरक पर्दैन। त्यसैले त्यता तिर चिन्ता लिन पनि परेन।

मलाई त यो बन्द हुँदा खेरीको छुट हामी उपभोक्ताका लागि अवसर नै हो भन्ने लाग्यो र आवश्यकता भएका केही सामान किनें अरु केही चैं अझै मुल्य घट्ने आशामा स्टोरको चक्कर काटिराछु।

तपाइँलाई के लाग्छ, यो हामी उपभोक्ताका लागि अवसर हो? के यही हो त इलेक्ट्रोनिक्स सामान किन्नु फाइदा हुने समय? तपाइँलाई लागेको कुरा कमेन्टमा लेख्नुस छलफल गरौंला

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।