Tag Archives: फेसबुक

माल्टामा काम खोज्ने नेपाली विद्यार्थीलाई आमाचकारी गाली

कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट - NepaliPage

नेपालमा राम्रोसँग सम्बन्धित देशको पढाई, अर्थतन्त्र र रोजगारको अवस्था साथै नेपाली विद्यार्थीले पाउन सक्ने अवसरका बारेमा जानकारी नदिईने वा नलिईने गर्दा त्यसले विदेश पुगेपछी समस्यामा पर्ने नेपालीको संख्या बढ्दो छ।

Read More »

बुझेर मात्र आउनुस अष्ट्रेलिया

फेसबुकमा अपलोड गरिएका सुन्दर पृष्ठभूमिमा खिचिएका तस्वीर अनि गाडी र आकर्षक जिवनशैली। नेपालमा नै केही गरेर बस्नेहरूलाई साथीभाईले अष्ट्रेलियामा जिएको जिन्दगी साँच्चिकै स्वर्गिय नै लाग्छ। फेसबुकको फेसन र अष्ट्रेलियाको हाईफाई जिवनशैली नै नेपालमा हुँदाखाँदाको जागिर र व्यवसाय छोडेर अष्ट्रेलिया हान्निनको लागी पर्याप्त तापमान श्रृजना गर्ने ‘उत्प्रेरक’का रूपमा काफी छ। अष्ट्रेलियाको ‘फिभर’ यस्तो छ कि नेपालमा छोराछोरी यता पठाउन सकेन भने …

Read More »

फेसबुकका भित्तासँगै आमाका हँसिला मुहारहरु

विदेश भन्ने बितिकै छिटो-छिटो आफ्नो गन्तव्य तिर हतार-हातर गरेर हिडिरहेका मानिसहरुको हूल दिमाग मा घुम्न थाल्छ, किनभने मैले बच्चा बेलाबाटै सिनेमा मा तेस्तै देख्दै आएको थिए। यहाँ समय को ईज्जत गर्ने मान्छे हरुको बसोबास छ, दौड धुप अनि हतार मै समय बितेको पत्तो हुन्न। आज कामबाट अलि चाडै आए अनि थकित भएर बेडको एक छेउमा लडिरहेको मेरो ल्यापटप खोले ,बिचरो ल्यापटप दिनभरि फुर्सद हुन्न एस्लाई। अनि हत-पत ल्यापटप खोले, यता आउनु भन्दा पहिलाको फोटो हरु खोज्न थाले, अनि अचानक आज भन्दा करिब चार वर्ष अगाडी आमा सँग खिचिएको मेरो फोटो पाए। अनि फेसबुक को भित्ता मा पछारे, प्रसङ्ग आमा को मुख हेर्ने दिन को थियो। आजभोली चलन नै नया आएको छ। बिहानै फेसबुक बाटै १ लाइक गरेर कैले पशुपति कैले मनकामना अनि कैले पाथीभरा को दर्शन गरिन्छ। जे होस् दर्शन गर्न लाईन पनि बस्न परेको छैन, अनि मन्दिर सम्म पुग्दा लाग्ने समय र लागत नि बचेको छ। कहिलेकाही त लाग्छ भगवान लाई मेरो गोजी को अवस्था राम्रैसग थाहा भएर होला एस्तो दर्शन गर्ने प्रचलन चलाउनु भएको। आज भोलि जन्मदिन पनि फेसबुक मा फोटो हालेर मानिन्छ, आमा -बुबा को मुख हेर्ने दिन पनि फेसबुकम़ा फोटो हालेर मानिन्छ, येस्तै गतिमा जाने हो भरे त कुनदिन बाट श्राद्ध पनि फेसबुक बाटै पिण्डको फोटो अपलोड गरेर गर्ने दिन नि नआउला भन्न सकिन्न। आमा ले बच्चा बेलामा मलाई नुहाईदिदै भन्नु हुन्थ्यो यति गरेर हुर्कायो नि पछि बुढी ल्याएपछि छाडेर गइहाल्छस्। हुन नि मैले आमालाई बेलैमा छाड्नु पर्यो तर कारण मेरी श्रीमती नभएर मेरै पढाई थियो। मेरी आमा जसले खासै पढने मौका पाउनु भएको थिएन, तर पनि उहाँले मलाई घर भन्दा टाढा काठमाण्डौं पढन पठाउनु भयो। उहाँलाई पढाइको महत्व राम्रो सँग थाहा थियो। अनि त्यसपछि दसैँ बाहेक अरु चाड-पर्वमा सितिमिति घर पुगीदैनथ्यो। दिदीहरुले फेसबुक मै फोटो अपलोड गरेर भाईटिका लगाइएदिनुहुन्थ्यो, फेसबुक मै फोटो अपलोड गरेर राखी लगाइएदिनुहुन्थ्यो धन्न फेसबुकले गर्दा निधार र हात खाली राख्न परेन।

Read More »

अष्ट्रेलियामा कामका लागी ३० वेबसाइट

‘अष्ट्रेलिया गएपछी त भै हाल्छ नि’, ‘अष्ट्रेलिया गएपछी त जे पनि गरि हालिन्छ नि’, ‘सबैले कमाइ राछन्’ नेपालमा अष्ट्रेलियाको काम र यहाँको कमाई बारे यसरी ढुक्क भईन्छ कि लाग्छ जहाजबाट ओर्लने बित्तिकै कसैले समातेर काममा राखिहाल्छ। तर सिड्नी होस् या मेलबर्न नेपालबाट जेट चढेर उडेको सपना ओर्लँदा ‘जेट ल्याग’ले भन्दा बढी काम नपाएर भाउन्न भइसकेको हुन्छ। अष्ट्रेलियाको सिडनीमा अरू शहरमा भन्दा बढी काम पाउने सम्भावना छ भनिन्छ तर काम पाइएन भनेर फेसबुकमा गुनासो गर्नेको कमी भने कहिलै देखिएको छैन। काम नपाएको बताउने जसरी बढीरहेका छन् त्यो भन्दा धेरै अष्ट्रेलियामा नेपालीलाई काम खोजिदिने धेरै छन् फेसबुकमा। यदाकदा त्यस्ता काम खोजिदिने र यहाँ काम छ भनेर स्टाटस हाल्नेहरूले मानिसको ध्यान तान्नको लागी मात्र त्यसो गरेको भनेर आलोचना पनि सुनिन्छ। मनिट्रान्सफर, कन्सल्टेन्सी लगायतको व्यवसायलाई सघाउका लागी कामको सूचना राख्नेहरुको संख्या धेरै छ। त्यसो त त्यसरी कामको सूचना दिनेहरू नेपालबाट भाईबहिनी आउँछन् उनीहरूलाई काम मिलाइदिनुपरयो भनेर समाजसेवामा लागेका हैनन् उनीहरूको आफ्नै काम छ। आफूलाई कसैले पठाउँछ सुचना र थाहा पाइयो भने राख्नेहुन्। त्यती राखिदिनु नै ठूलो कुरा हो यहाँ। त्यसको सत्य तथ्य बुझ्ने काम तपाईं हामी जो काम खोजी रहेका छौं उसैको हो। तर यस्ता सूचना राख्नेहरूको संख्या नि धेरै भईसकेको छ। सन् २०१४ सम्म अष्ट्रेलियामा काम भन्ने मात्र प्रोफाइल थियो अहिले त दर्जन भन्दा धेरै भइसकेको छ। यसरी नेपालीहरुले राखेका कामका सूचनाहरू मार्फत काम पाउने भनेको नेपालीले नै हो। त्यसैले अष्ट्रेलिया आउनु अघि देखी नै यस्ता प्रोफाइल र पेजहरूलाई फलो गर्नु बुद्धिमानी नै हुन्छ। तर याद गर्नुस अष्ट्रेलियामा सबै भन्दा सजिलै काम पाउने भनेको आफन्त, साथीभाईको भनसुनबाट नै हो। नत्र सिधै खासै सिप नभएको मानिसलाई काम दिने कमै भेटिन्छन्। फेसबुकमा नेपाली दाजुभाईका मार्फत आएका विग्यापनबाट काम दिने पनि नेपाली नै भएकाले काम गर्न र सिक्न सजिलै हुन्छ तर पैसा भने थोरै दिने र कतिपयले ढिलो अनि कतिले पैसा नै नदिने खाइदिने गरेको पनि सुनिन्छ। त्यसैले काम र काम लगाउनेले गर्ने पे को बारेमा पहिले नै स्पष्ट बुझ्नुस। काम लगाउनेको नाम, नम्बर सुरक्षित राख्नुस साथै सके र मिलेसम्म कामको कुरा र भेट्ने समयका बारेमा मेसेजबाट कुरा गर्नुस र मेसेज सुरक्षित राख्नुस् यदी पछी कामको पैसा नदिएको खण्डमा तपाईंसँग प्रमाण पनि हुन्छ। यसरी फेसबुकबाट नेपाली नेपालीको सहकार्यबाट मिलेको काम राम्रो भयो भने त ठिकैछ नत्र केही अनुभव भएपछी र यहाँको चालचलन बुझेपछी तपाई अर्को काम खोज्न अनि पाउन सक्नुहुन्छ।

Read More »