माल्टामा काम खोज्ने नेपाली विद्यार्थीलाई आमाचकारी गाली

विदेशमा पढ्दै पैसा कमाउने उदेश्य राखेर यूरोप, अमेरिका अनि अष्ट्रेलियामा नेपाली विद्यार्थी पुग्नु सामान्य भईसकेको छ। तर नेपालमा बसेर देखेको सपना र योजना त्यहाँ पुगेपछी भताभुंग हुने अवस्था पनि धेरै हदमा सामान्य नै हो। नेपालमा राम्रोसँग सम्बन्धित देशको पढाई, अर्थतन्त्र र रोजगारको अवस्था साथै नेपाली विद्यार्थीले पाउन सक्ने अवसरका बारेमा जानकारी नदिईने वा नलिईने गर्दा त्यसले विदेश पुगेपछी समस्यामा पर्ने नेपालीको संख्या बढ्दो छ। त्यस्तै भएको छ यूरोपको टापु देश माल्टा पुगेका एक नेपाली विद्यार्थीलाई। पढ्दै काम गरेर पैसा कमाउने योजना सहित माल्टा पुगेका उनलाई काम सोध्दा मानिहरूले आमाचकारी गाली गरे। यूरोप, अमेरिका तथा अष्ट्रेलियामा विदेशबाट पढ्न र काम गर्ने अभिलाषाका साथ पुगेकाहरुले कामका लागी स्थानिय वर्गीकृत वेबसाइटहरु तथा रोजगार सम्बन्धी वेबसाइटबाट आफनो लागी अवसरहरू छान्नुपर्छ। आजकल सामाजिक सञ्जालहरूको सहजताका कारण फेसबुक जस्ता सञ्जालमा खुलेका विभिन्न ‘ग्रुप’हरूबाट नै कामको सूचना आदान प्रदान हुने गर्दछ। कम दक्षता र बढी श्रम आवश्यक हुने कामहरूको लागी भरपर्दो माध्यम भनेका नै यिनै हुने गरेका छन्। तर यस्तो खालका ‘ग्रुप’हरूबाट पाउने काम र त्यसबाट हुने आमदानी निक्कै नै कम हुने गर्दछ।

नेपाली विद्यार्थीलाई फेसबुकमा गरिएको आमाचकारी गाली !

कामको खोजिमा यस्तै खालको फेसबुक ‘ग्रुप’मा आफ्नो लागी काम पाउनका लागी गुहार लगाएका ती नेपाली विद्यार्थीलाई काम पाउने ‘आईडिया’ हैन आमाचकारी गाली गरेर देश छाडेर जान धम्कि समेत मिल्यो। फेसबुकको ‘ग्रुप’मा आफू माल्टामा पढ्न र बस्न चाहेकाले माल्टामा काम पाउने अवस्था कस्तो छ भनेर सोधेका उनलाई धेरैले गाली गरेका छन्। कतिले त ‘मा…’ ‘मु…’ जस्ता आम नेपालीले सार्वजनिक रूपमा बोल्नै नसक्ने गालीका शब्दहरू उनीमाथी बर्सिएका छन्। धेरैले उनलाई माल्टामा स्वागत नरहेको माल्टा आफैमा सानो र भरिईसकेकोले थप विदेशी कामदारहरू धान्न नसक्ने बताएका छन्। धेरैले विदेशीहरुले उनीहरूको जागिर खोसेको भन्दै आफ्नै देशमा बस् भनेका छन्, उनीहरू भन्छन् ‘हामीलाई तिमीहरू आवश्यक छैनौ।’

माल्टाको काम खोज्ने फेसबुक ग्रुपमा नेपाली विद्यार्थीलाई मिलेको कमेन्टहरू !!

तर केही मानिहरूले भने विदेशी विद्यार्थीहरूले माल्टाको अर्थतन्त्रलाई टेवा दिएको भन्दै उनीहरूलाई नश्लवादीहरूको कुराले नआत्तिन भनेका छन्। उनीहरूले भनेका छन्, ‘यी तिनै मानिसहरू हुन् जो तिमीहरूलाई कर छलेर रोजगारीमा राख्छन्, घर भाडा नगदमा माग्छन्, माल्टाको भविष्य र हाम्रो पेन्सन तिमीहरूमा आधारित छ किनकी माल्टाका निवासीहरू पर्याप्त बच्चाहरु जन।माउँदैनन्, माल्टालाई छानेकोमा धन्यवाद।’

कसैकसैले चाहिँ राम्रो पनि भनेका छन्।

पछिल्लो समय माल्टाको अर्थतन्त्रमा आएको सुधारले धेरै भन्दा धेरै व्यवसायीहरू विदेशी कामदार काममा राख्नमा लागिरहेका छन्। पछिल्लो तथ्यांकले माल्टामा ५० हजार विदेशी कामदार रहेको र थप १३ हजार आवश्यक रहेको आर्थिक सर्वेक्षणहरूले देखाएका छन्। यद्यपी भाषा, सीप र योजनाको अभावमा नेपालीहरूका लागी भने माल्टा रोजगारी र पढाईका लागी त्यति धेरै सजिलो भने छैन।

माल्टाको लोकप्रिय वेबसाइट लभिङमाल्टाको स्टोरीको आधारमा तयार! 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी

केही समय देखी नेपाली विद्यार्थीहरू अष्ट्रेलियाको समाचार माध्यमहरूमा अपराधमा संलग्न भएको विषयलाई लिएर चर्चामा छन्। …