मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

५ डलरको नोटलाई लिएर हंगामा

रिजर्ब बैंक अफ अष्ट्रेलियाले नयाँ ५ डलरको नोट सार्वजनिक गरेपछी सामाजिक संजालमा हंगामा सृजना भएको छ। मंगलबार बैंकले १ सेप्टेम्बरबाट प्रचलनमा आउने नोटको डिजाईन सार्वजनिक गरेको हो। नयाँ नोटमा रहेको रानी एलिजावेथको फोटो, पार्लियामेन्ट हाउस साथै नयाँ राखिएका चरा र पहेंलो रंगको एक प्रकारको जिवाणुको तस्वीर धेरैलाई मन परेको छैन। अष्ट्रेलियामा पहिलो पटक ५ को नोट अष्ट्रेलियन पाउन्डको रूपमा सन् १९६७ मा छापिएको थियो। पछी यसलाई डलरको रूपमा छाप्न थालिएको हो। नयाँ नोटको डिजाइन सार्वजनिक भएपछी विहान देखी सामाजिक संजालमा नोटको डिजाइनलाई लिएर हंगामा सुरू भएको थियो। मानिसहरूले यो नयाँ डिजाइन मन पराएका छैनन्। रानीको तस्वीर उनी ९० वर्ष पुग्न लाग्दा पनि उही पुरानै युवा समयको छ। धेरैले यो नयाँ नोटलाई बकबास भनेका छन्।

Read More »

मोबाईलमा सेभिङ: कुन मोबाईल लिने?

अष्ट्रेलियामा आउना साथ हरेकले किन्ने कुरा भनेको सायद मोबाइल फोन नै होला। यहाँ आईसकेपछीको पहिलो आवस्यकता पनि यही हो। सम्पर्कको माध्यम त चाहियो नि। धेरै जसो नेपालीहरूले फेरी मोबाईल लिने भनेको भोडाफोनको नै हो। आफन्त साथीभाईले भोडाफोन लिएको कारण पनि धेरै नेपालीको रोजाई र किनाईको फोनसेवा बनेको छ भोडाफोन। भोडाफोन टु भोडाफोन फोन गर्दा पैसा नलाग्ने नेपाल फोन गर्न पनि राम्रै मिनेट दिने भएकाले पनि धेरैलाई भोडाफोन लिनु फाईदाकै कुरा छ। डाटा पनि प्याकेज अनुसार धेरैको आवश्यकतालाई पुरा गर्ने खालको नै पाईन्छ। नेपालमा गर्व र शानको प्रतिक नै मानिने भएकाले यहाँ आएपछी आईफोन नलिने भन्ने त कुरै भएन। मोबाईल फोन लिने मध्ये पनि धेरैको हातमा आईफोन नै हुन्छ। कारण सबैलाई थाहा छ। फेरी अष्ट्रेलियामा मोबाईल लिनुअघी नै नेपालमा जस्तो त्यसको सबै मूल्य चुकाईहाल्नु पर्छ भन्ने छैन। महिनै पिच्छे फोनको प्लानको शुल्कसँगै मोबाईल सेवा प्रदायक (भोडाफोन बाहेक टेलष्ट्रा, अप्टस र अरू पनि)ले बैंक खाताबाट नै काटिहाल्छन्। जसले गर्दा मासिक किस्तामा तिर्ने भएपछी फोन किन्दा पैसा खर्च भएको जस्तो पनि लाग्दैन। त्यसमा पनि नेपालमा साथीभाईले आईफोन बोक्छ भन्ने थाहा पाउँदा बढ्ने शान पनि बेग्लै छ। कतिपयले त एउटा फोनको इन्सुरेन्स गरेर केही महिला पछि हराएको क्लेम गरेर नेपालमा दाजुभाई वा आफन्तलाई पठाउने पनि गर्दछन्। यसरी पठाउने करिब करिब सबै जसो यूरोप, अमेरिका बाहेकका देशका मानिसहरू छन्। अष्ट्रेलियामा नै बसोबास गरेका नेपाली फरक हुने त कुरै भएन। सामान्यतया मोबाईल फोनको सेट, प्लान गरेर मासिक एकजनाको ७५ डलर जति खर्च हुन्छ। (कतिको कस्तो प्लान लिएको छ त्यसमा भर पर्छ यहाँ एभरेजको कुरा गरेको) प्लान र मोबाईल सेट समेत गरेर। त्यसमा थप डाटा वा फोन गरियो भने त लाग्ने थप शुल्क छुट्टै छ। अष्ट्रेलिया आउनासाथ धेरैलाई कस्तो प्लान ठिक हुन्छ आफ्नो आवश्यकता के हो र कुन लिने भन्ने कुरामा अलिक धेरै नै कन्फ्युजन हुन्छ। साथीभाई वा आफूलाई अष्ट्रेलियामा जसले सुरूका पाइला चाल्न सिकाएको हुन्छ उसैको सल्लाह अनुसार फोनको प्लान खरिद गरिन्छ। पछी थाहा हुन्छ आफुले ७० डलर तिरेको प्लानमा भएको जति सुविधा त २५ को प्लानमा नै पाईने रहेछ। यस्तो हुँदा कम्ता थकथकी हुँदैन लाग्ने भन्दा धेरै तिर्नुपरेकोमा। त्यसैले अष्ट्रेलिया भरखरै आएका वा आउने तयारीमा रहेकाहरूले नेपालबाट नै यसका बारेमा पनि योजना बनाएर आउनु ठीक हुन्छ।

Read More »

अष्ट्रेलियामा काम र कमाई मेलबर्नका नेपाली विद्यार्थीको अनुभव

धेरैले अष्ट्रेलियन जिवनको रौनक र चक्का चौंध का बीच नेपाली अनि अरू अन्तर्राष्ट्रिय विद्यार्थीले गर्नुपर्ने दुख र बाँच्नको लागी गरेको संघर्षको अर्को पाटोलाई ख्यालै नगरेको पाईन्छ। नेपालबाट अष्ट्रेलियाको सपना देख्दा नै यस्ता कुरामा ध्यान दिनु पर्छ यदी अष्ट्रेलिया आउने नै हो भने। नत् ट्वीटरका बरिष्टहरूले गरेझैं अंगुर अमिलो छ को शैली अपनाउँदा हुन्छ। ‘पलायनवादी’, ‘घण्टा हान्ने’, ‘भाँडा माझ्ने’ जस्ता टर्मिनोलोजी निशुल्क तयार छ। चिया पसलमा अनि ट्वीटरमा बस्नुस् विदेशमा काम गरेर दाम र भविष्य बनाउन खोज्नेलाई गाली गर्नुस्। स्नातक तथा स्नातकोत्तर तहमा अष्ट्रेलियामा पढ्ने अनि यतै सेटल हुने सोच भएकाहरूले माध्यमिक तहमा पटक पटक जाँचमा सप्रसंग ब्याख्या गरेको ‘जिन्दगी केबल फुलैफुलको बिछ्यौना होईन…यो त काँडै काँडाले भरिएको….संघर्ष पनि हो…।’ भन्ने लाईनलाई बिर्षनु भएन। अष्ट्रेलिया चम्किला गाडी, सुकिला साडी र सेक्सी नारीको मात्र देश होईन, क्लिनिङ, किचनह्याण्ड अनि हाउसकिपिङमा पसिना बगाएर यूनिभर्सिटीको फी र बैंकको ऋण चुक्ता गर्नेहरूको पनि हो। दुख, परिश्रम पनि गर्नुपर्छ, चोकै पिच्छे रहेका पब र युवतीका हब त जिन्दगीको अर्को पाटो मात्र हो। नेपाली विद्यार्थीको लागी पनि अरूको जस्तै काम र पढाईको पेलान नियमितता यहाँ कुरेर बसेकै छ। भिजा जोगाउनु पर्ने अनिवार्यतामा काम खोज्ने, गर्ने अनि पढाईमा पनि कमी हुन दिनु नहुने अरु मापदण्ड बन्छन् यहाँ जिन्दगीको त्यसैले नेपालमा बसेर अष्ट्रेलियाको गुलियो सपना देख्नेहरूले गुलियोले दाँत बिगार्न सक्ने तर्फ पनि सचेत हुनै पर्छ। त्यसको लागी यहाँका विद्यार्थीको अनुभवबाट सिकेर अष्ट्रेलियाको राम्रो प्लानिङ गर्नु उचित हुन्छ।

Read More »

यो हो इलेक्ट्रोनिक्स सामान किन्ने सही समय

डिकस्मिथ बन्द भएका कारण अर्थतन्त्र र रोजगारीको अवस्थामा पर्ने असर जे भएपनि यतिखेर हाम्रो पकेटमा पर्ने प्रभाव चैं सकारात्मक छ। सबै स्टोटहरु बन्द गर्न लागेका कारण स्टोर खाली गराउन सबै सामान बेच्नुपर्ने बाध्यता डिकस्मिथसँग छ, जसका कारण यतिखेर डिकस्मिथका सबै स्टोरमा सामानहरुमा ब्यापक छुट छ। कुनै पनि यस्ता सामान छैनन् जसमा छुट नभएको होस्। यदी तपाइँ टिभी, हेडफोन, ल्यापटप, कम्युटर, ब्लुरे, डिभिडि प्लेयरहरु, मोबाइल, क्यामेरा, स्पिकर, होमथिएटर अथवा अन्य कुनै पनि इलेक्ट्रोनिक सामान किन्ने योजनामा भएकाका लागि डिकस्मिथ बन्द हुन लागेको यो समय उपयुक्त हुने देखिन्छ। डिकस्मिथका स्टोरमा रहेका हरेक ब्राण्ड सोनी, सामसुङ, नभम्यान, असुस, ओप्पो, एचपी, पानासोनिक, पायोनियर, फिलिप्स, इप्सन, लजिटेक देखी लिएर एप्पलका इलेक्ट्रोनिक सामान देखी सफ्टवेयर, प्रिपेड मोबाइल सिम, मोबाइल तथा अन्य ग्याजेट एसोसरिज सबैमा राम्रै छुट दिएको छ। सामान हेरेर कम्तिमा ३५ देखी ८० प्रतिशत सम्म छुट छ। एप्पलका उत्पादनमा समेत १० प्रतिशत छुट छ जुन अष्ट्रेलियामा विरलै पाउने छुट हो। त्यसमा पनि डिकस्मिथले आफ्नै ब्राण्डमा बेच्ने टेलिभिजन र अरु मनोरञ्जनका साधन नबिकेर थुप्रिएर बसेको छ भन्ने समाचा पनि आएको छ। र हरेक साता डिकस्मिथको स्टोरमा छुटको मात्रा बढिरहेको छ। यदी तपाइँको आवस्यताका इलेक्ट्रोनिक साधन नजिकको डिकस्मिथको स्टोरमा रहेछ र सस्तो लाग्यो भने किनिहाल्नुस किनकी यस्तो स्टोर बन्द हुने र यसरी नै सस्तोमा सामान पाइने अवसर पटक पटक हत्तपत्त आउँदैन।

Read More »

यसकारण महत्वपूर्ण छ ‘डेलाइट सेभिङ’

पक्कै पनि घडीको समय मिलाईसक्नु भयो। आज अप्रिल ३ गते आईतबार विहानबाट अष्ट्रेलियाका राज्यहरू न्यूसाउथवेल्स, भिक्टोरिया, तासमानिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियन क्यापिटल टेरिटरीमा विहानबाट ‘डेलाइट सेभिङ टाइम’ समाप्त भएको छ। आज विहान ३ बजे घडिको घण्टा सुई फेरी दुईमा लैजानुपर्थ्यो। घरमा घडी भएकाले हिजो सुत्नु अघि वा आज उठेपछी समय मिलाउनु नै भयो होला। कसैले मिलाउन विर्सेको भए आज त पक्कै मिलाउनु हुन्छ किनभने भोली सोमबार देखी काममा जानु छ अनि मोबाईलमा समय १ घण्टा अघि भइसक्यो। अष्ट्रेलिया लगायत विश्वका कतिपय मुलुकले हरेक वर्ष डेलाइट सेभिङ टाईम भनेर केही मिनेट वा घण्टा घडीको समयलाई एडजस्ट गर्छन्। किनभने ती देश र भूभागमा घाम छिटो वा ढीलो उदाउँछ। अष्ट्रेलियामा आज घडीको समय मिलाउनु भयो भनेसी यसको मतलब हो आजबाट घाम यी राज्यमा १ घण्टा जतिसमय छिटो लाग्छ। खासमा यो घामसँगै समय मिलाउने काम सुरू भएको धेरै लामो समय भइसकेको छ। यससँग देशको अर्थतन्त्र, मानिसको काम गर्ने क्षमता साथै तपाईं हाम्रो स्वास्थ्य समेत जोडिएको छ।

Read More »

अष्ट्रेलियामा करोडपति सपना !

पछिल्लो समय नेपालीहरू ‘एमवे’ र ‘एसीएन’मा कस्सिएर लागेका छन्। ‘एमवे’ र ‘एसीएन’मा लाग्ने नेपालीको संख्यामा उल्लेख्य रूपमा विद्यार्थीहरू पनि छन् जो शारिरीक परिश्रम पर्ने कामको बिकल्पमा यो नेटवर्क मार्केटिंगले वार्षिक १ लाख ५० हजार डलर सम्म कमाइने मिठो सपनामा छन्। र त्यसैको चक्करमा ५०० डलर खर्चेर सदस्य बन्दै आफ्नो लगानी उठाउन आफ्ना साथीभाई अनि आफन्तलाई यसमा लगाउन कम्मर कसेर लागेका छन्।

Read More »

अष्ट्रेलियामा धेरै माग भएका ५ कामदार

अष्ट्रेलियालाई अवसरको राजधानीको रूपमा लिइन्छ विकासशील मुलुकहरूमा। त्यसैले अतिकम विकसित देखी विकासोन्मुख र विकासशील देशका शिक्षित जनशक्ति अष्ट्रेलिया ओइरिने क्रम बढ्दो छ। विशेष गरेर अष्ट्रेलियाको सुखद र आनन्दको जिवनले अरू देशका मानिसलाई यहाँ आउनको लागी उत्प्रेरित गर्दछ। यहाँको सार्वजनिक सेवा, यातायातको सुविधा, स्वास्थ्य, शिक्षा र करिअर सम्भावनाका कारण मानिसहरू अष्ट्रेलियालाई माइग्रेसनको सबैभन्दा उत्तम बिकल्पको रूपमा लिन्छन्। यही कारण नै संयुक्त राष्ट्र संघले अष्ट्रेलियालाई बस्नको लागि विश्वकै दोश्रो उत्तम मुलुकको रूपमा राखेको छ। विधिको शासन साथै अवसर र सुविधाले अष्ट्रेलियालाई जिवन यापनको लागी एउटा सुखद अवसरको भूमि बनाएको छ। धेरै नेपालीहरू विद्यार्थी तथा दक्ष आप्रवासीका रूपमा वर्षेनी अष्ट्रेलिया आउने गर्दछन्। अष्ट्रेलियाले दक्ष कामदारका रूपमा पनि धेरै विदेशीलाई ४५७ भिजाको माध्यमबाट यहाँ ल्याउने गर्दछ। यो ४५७ भिजा अष्ट्रेलियामा कामदारका रूपमा छिरेर यहाँको स्थायी बसोबासका लागी पीआर अर्थात परमानेन्ट रेसिडेन्सी पाउने एउटा बाटो हो। अष्ट्रेलियाको संघिय सरकारले हरेक वर्ष यो ४५७ भिजाको माध्यमबाट ५० हजार विदेशी कामदारलाई अष्ट्रेलिया आउने अनुमति दिन्छ।

Read More »

अष्ट्रेलियाको यस्तो अप्रिल फुल

अंग्रेजी क्यालेन्डरको अप्रिल महिनाको १ गतेलाई 'अप्रिल फुल' अर्थात् मूर्ख दिवसको रुपमा मनाउने चलन छ। पश्चिमा देशहरुमा यो दिन उटुँगा उटुँगा कामहरु गरेर आफ्ना आफन्त, साथीभाईलाई उल्लु बनाएर मजा लिइन्छ। अप्रिल फुलको मज्जा त्यतिबेला सम्म रहन्छ जतिबेला सम्म आफू नै उल्लु बनेको थाहा हुँदैन। आफूलाई अरुले उल्लु बनाएको पत्तो चलेपछि भने यसमा त्यति धेरै मजा आउँदैन। तर पनि यो झुक्याउने खेल र परम्परा निक्कै सहभागीतामुलक र रमाइलो छ। आजकल त प्रयांकको नामबाट वर्ष भर नै झुक्याउने खेल चलिरहेको हुन्छ। त्यसखालका गतिविधि फिल्ममा उतारेर यूट्युब च्यानलबाट वर्ष भर नै प्रशारण भइरहेको हुन्छ। यो एउटा कलाको विधाका रुपमा नै स्थापित भएको छ आजकल। यो झुक्याउने खेल खेल्ने चलन पश्चिम तिरको भएपनि पूर्विय संस्कारका नेपाल र भारतमा समेत 'अप्रिल फुल' भन्दै मानिसहरुलाई झुक्याउने वा अफवाह फैल्याउने काम वाषिर्क परम्परा नै बनेको छ। नेपालीहरु इतिहास देखी नै सोझा मानिन्छन् वर्तमानको राजनीति र कर्मचारीतन्त्रलाई बिर्सने हो भने आम नेपाली गाई जस्तै सोधा र सुधा छन्। छक्का पञ्जा जानेका छैनन्। गाउँ तहमा यो अप्रिल फुल नपुगे पनि शहरमा भने युवाहरु साथीभाईलाई झुक्याउने खेल खेलेर अप्रिल फुल मनाउँछन्। जुन सबै मजाक र रमाइलोको लागि हो र त्यसमा मात्र सिमित रहँदा मजा नै हुन्छ। नेपालमा पनि अप्रिल फुल मनाउने चलन स्थापित नै भएको छ यतिखेर। विशेष गरेर अंग्रेजी दैनिक दि हिमालयन टाइम्स र लोकप्रिय ब्लग माइसन्सारले 'अप्रिल फुल'मा मानिसले सजिलै पत्तो नपाउने सामग्री बनाउँछन् हरेक वर्ष माइसन्सारले बनाएको अप्रिल फुल सामग्रीलाई साँच्चै मानेर कतिपय दैनिक र समाचार पोर्टलले महत्वको समाचार नै बनाएका पनि थिए। अष्ट्रेलियाका बासिन्दाको लागि त यो रौनक र मस्तीले भरिएको अवसर नै भइहाल्यो। अप्रिलको पहिलो दिन नै साथीभाईलाई 'फुल' बनाउनका लागि करिब एकसाता जतिको तयारी नै पो हुन्छ। त्यसो त ठूला कर्पोरेट हाउस देखी सेना प्रहरी जस्ता राज्यका अंगहरुले पनि अप्रिल फुल मनाउन राम्रै तयारी गरेका हुन्छन्।

Read More »

हृवात्तै बढे अष्ट्रेलियामा नेपाली

मानिस वास्तवमा जिवनको खोजमा आफ्नो घर, परिवार, समाज, सम्प्रदाय अनि देशको घेराबाट बाहिर निस्कन्छ। मानिसको यो यात्रा सुख, शान्ति अनि प्रगतिको लागि हो। आजको युगमा जुन देशमा आफ्नो ज्ञान, सीप, योग्यता, कुशलताको सम्मान हुन्छ अनि अवसरहरु मिल्छन् मानिसले त्यहीँ आफ्नो डेरा लगाउँछ। माइग्रेसनको सामान्य सिद्धान्त त्यही हो। स्वास्थ्य सुविधाको सहज उपलब्धता एवं शिक्षा र रोजगारीको उपलब्धताका कारण आरामदायी जिवन धेरै नेपालीहरुलाई अष्ट्रेलियाले आकर्षा गर्ने कारण यही नै हो। पछिल्लो १० वर्षमा अष्ट्रेलिया आउने र यहीँ बसोबास गर्ने नेपालीको संख्या बढ्नुको कारण पनि यही हो। विधिको शासन, स्वतन्त्र न्याय प्रणाली, रोजगारीको सहज उपलब्धता अनि विश्वव्यापी अवसर यही कारण हो विश्वका धेरै देशबाट मानिसहरु अष्ट्रेलिया ओइरने। त्यसमा पनि यो देशले क्षमता भएका विश्वका जो कोहीलाई पनि यहाँ बस्न र काम गर्न दिन्छ, भलै केही प्रक्रिया भने पुरयाउनु चैं पर्छ। अष्ट्रेलियाको स्किल्ड माइग्रेसन प्रोग्राम अर्न्तगत विश्वभरबाट यहाँ पढ्न आउने र परमानेन्ट रेसिडेन्सी (पीआर) लिएर बस्नेहरुको सँख्या उल्लेख्य हुँदै जाँदा नेपालीको पनि संख्या बढेको छ।

Read More »

७ महिनामा ९ हजार विद्यार्थिको भिजा क्यान्सिल

अष्ट्रेलियाको अध्यागम तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ इम्रि्रेसन एण्ड बोर्डर प्रोटेक्सन) ले गत सात महिनामा करिब नौ हजार अर्न्तराष्ट्रिय विद्यार्थीहरुको भिसा खारेज गरेको छ। अष्ट्रेलियाको दैनिक अखबार द अष्ट्रेलियनमा प्रकाशित एक आलेखमा मार्च २०१६ सम्मको सात महिनामा विभागले नौ हजारको संख्यामा भिजाहरु क्यान्सिल गरेको उल्लेख छ। अष्ट्रेलियामा स्टुडेन्ट भिजामा विभिन्न कोर्स अध्ययनका लागि आउने अर्न्तराष्ट्रिय विद्यार्थीहरु मध्ये भिजामा उल्लेख भएका र्सतहरु पालन नगर्ने विद्यार्थीहरुको भिजा विभागले खारेज गर्ने गरेको छ। गत वर्षमात्र विभागले करिब ११ हजार विद्यार्थीको भिजा खारेज गरेको थियो। जसमध्ये २९८ जना विद्यार्थीलाई देश निकाला गरिएको थियो भने बाँकी भिजा खारेज पछि स्वेच्छिक रुपमा नै आफ्नो देश फर्केका थिए। अष्ट्रेलियामा अध्ययनका लागि भनेर स्टुडेन्ट भिजामा आउने अर्न्तराष्ट्रिय विद्यार्थी मध्ये हरेक वर्ष८ देखी १० हजारको भिजा क्यान्सिल हुने गरेको छ। 'फेक डकुमेन्ट' (जाली कागजात) बनाएर आउने, नक्कली विद्यार्थी तथा अष्ट्रेलियामा आइसकेपछि पढाइ भन्दा पनि अरु काममा बढी लाग्ने विद्यार्थीहरुको भिजा धेरै क्यान्सिल हुने गरेको छ। अष्ट्रेलियाको रजिर्स्र्टज माइग्रेसन एजेन्टहरुको एक समुहले सात महिनामा भएको ९ हजार जनाको भिजा क्यान्सिलको तथ्यांकले यो वर्षभिजा क्यान्सिल हुनेको संख्या १५ हजार नाघ्ने अनुमान गरेको छ।

Read More »