काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्

 काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्
अष्ट्रेलियाको शहरी क्षेत्र हेर्दा जत्ति चमक धमकको देखिन्छ २० घण्टा साताको काम गर्न पाउने भिजा सर्त रहेका विद्यार्थीको शोषणमा पनि कम छैन। क्लिनङ देखी किचन ह्याण्ड सम्म सबैलाई क्यासको माध्यमबाट श्रम शोषणको शृंखलामा जोड्ने गरेको पाइन्छ।

‘श्रम शोषण’ नेपाल मात्र होईन तेस्रो विश्वको आम समस्या हो। नेपाल र नेपाल जस्तै अतिकम विकसित मुलुकहरूमा मालिकहरू श्रम शोषणलाई अधिकारको रूपमा नै लिने गरेको उदाहरण र अभ्यास दुवै देख्न सकिन्छ। नेपालमा श्रम शोषणको अवस्था यस्तो छ कि समाजको आँखा अनि राज्यको चौथो अंग भनेर गमक्क पर्ने पत्रकारहरूले नै कार्यालयबाट महिनाभर काम गरेको तलब पाउने अवस्था छैन। रेडियो र टिभीको कुरा नै छोडौं दैनिक पत्रिकाहरूमा काम गर्ने पत्रकारहरू सारै नै थोरै तलबमा काम गरिरहेका छन्। ईमेज च्यानल, एभिन्युज टिभी, न्युज ट्वान्टीफोरको तलबको विषयमा त देशभर नै बहस भएको थियो सार्वजनिक मंचमा। पछिल्लो समय सरकारले श्रमजिवि पत्रकारको न्युनतम तलबमान लागु गराउन कडा रवैया लिने भने पनि कान्तिपुर जस्तो नम्बर वान भन्ने पत्रिका नै पत्रकारलाई न्युनतम महिनाको २० हजार तलब दिन्छौं भन्न सक्दैन न त पत्रकारहरूको (?) नेपाल पत्रकार महासंघ नै यसलाई लागु गराउनमा दबाबका साथ अघि देखिएको छ। यो त नेपालको कुरा भयो। अष्ट्रेलियामा पनि गत वर्ष यहाँका व्यवसायी र मालिकहरूले विदेशबाट विद्यार्थीका रूपमा वा कामदारका रूपमा आउनेहरूलाई भिजाको लोभमा धेरै काम कम पैसा दिने गरेको धेरै केश सार्वजनिक भएको थियो भने सेभेन ईलेभेन जस्तो चेन कम्पनि श्रम शोषण (लोअर पे)को कारण कारवाहीमा परेको थियो।

काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्
अष्ट्रेलियाको ग्रमिण क्षेत्रमा कृषि फारममा काम गर्ने व्यागप्याकर भिजाको सर्तपालनाका लागी पनि कम पैसामा काम गर्न वाध्य हुन्छन्। गैरकानुनी रूपमा बस्नेहरूको संख्या र सहभागिता पनि फारममा नै बढी हुने गरेको पाईन्छ।

अष्ट्रेलियाका धेरै क्लिनिङ कम्पनि र रेस्टुरेन्टहरू विद्यार्थी तथा ब्यागप्याकरहरूलाई कामको अनुपातमा निक्कै कम पैसा दिएर श्रम शोषण गर्ने क्रममा समातिएका छन् र मिलियन डलर फाईन पनि भोगेका छन्। यसरी श्रम शोषणमा पर्नेमा नेपाली विद्यार्थीहरूको संख्या उल्लेख्य रहेको ओपन सेक्रेट नै हो। नेपाली विद्यार्थीलाई काम लगाउने नेपाली, भारतीय तथा अन्य एशियन कन्ट्रयाक्टर, सबकन्ट्रयाक्टर तथा कम्पनिहरूले निक्नै न्युन ज्याला (पे) दिएको अनि कतिपय अवस्थामा पैसा नै नदिने गरेको, काम सिकाउने तथा ट्रायल भनेर साता भरी नै सित्तैमा काम लगाएको जस्तो घटनाहरू सुन्नमा आईरहेको छ। यस्ता घटनाहरू सार्वजनिक रूपमा नै यति छलफलको विषय भईसकेको छ कि अष्ट्रेलियाको सरकारले अण्डर पे को सर्भेमा नेपाली समुदायलाई पनि विशेष ध्यान दिएर विभिन्न विश्वविद्यालयसँगको सहकार्यमा अध्ययन गराउन लागेको छ।

यतिखेर युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (युटिएस) र युनिभर्सिटी अफ न्यू साउथवेल्स (युएनएसडब्लु) मिलेर अस्थायी भिजामा अष्ट्रेलियामा रहेकाहरूको काम तथा उनीहरूले पाईरहेको ज्याला (पे)का बारेमा सर्भेक्षण गरेिरहेका छन। यो सर्भेमा यहाँबाट भाग लिनुहोस्। केही समय अघि नेपाली विद्यार्थी अनिल श्रेष्ठको सक्रियतामा ‘सेल्भेसन आर्मी’ले यस्तै खालको सर्भे गरेको थियो।

पछील्लो समयमा अष्ट्रेलियाको कृषि फार्महरूमा अस्थायी भिजामा आएकाहरूलाई घण्टाको २ डलरको दरले मात्र ज्याला (पे) दिएको विषयले फेरी समाचारमा स्थान पाएको छ। न्युजडटकमडटएयुको यो सामग्री हेर्नुस्। यो सँगै अर्को सार्वजनिक भएको विषय हो अष्ट्रेलियामा २३ मिलियन डलर भन्दा बढी पैसा कामदारहरूबाट अण्डर पे को कारण हरिएको तथ्यांक । जुन ति कामदारहरूलाई फिर्ता दिलाउन यहाँका व्यवसायीक संगठन, सरकार र गैरसरकारी संस्था लागिपरेका छन्। यस्तै क्रममा अष्ट्रेलियाको नेशनल युनियन अफ वर्कर्सले एउटा अनलाईन क्याल्कुलेटर बनाएको छ जसले तपाईलाई तपाईंको रोजगारदाताले ‘अण्डर पे’ गरेर श्रम शोषण र आमदानी माथी डकैती त गरेको छैन त्यो जाँच्न र यदी कम पैसा दिएको भए कानुनी उपचार खोज्न सहयोग गर्छ। (यहाँबाट सही पे पाए नपाएको हेर्नुस्)।

 

यदी तपाईंलाई क्यास वा एबीएनमा भन्दै काम बढी ‘पे’कम दिएको छ वा तपाईंलाई आफुलाई काम लगाउनेले काममा पेलाउने पैसामा कस्ने गरेको छ भने पनि तपाई यसबारेमा फेयर ट्रेडिङ तथा कामदारको हित हेर्ने गैरसरकारी संस्था मार्फत गुनासो गर्न र क्षतिपूर्ति पाउन सक्नुहुन्छ। त्यसको लागी आफुले काम गर्ने ठाम वा कन्ट्रयाक्टर, सबकन्ट्रयाक्टर तथा कम्पनिको एबीएन सहितको जानकारी, आफुले काम सुरू गरेको र सकेको डायरी रेकर्ड राख्नु जरूरी हुन्छ।

NAATI CCL Nepali

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा काम र कमाई मेलबर्नका नेपाली विद्यार्थीको अनुभव

धेरैले अष्ट्रेलियन जिवनको रौनक र चक्का चौंध का बीच नेपाली अनि अरू अन्तर्राष्ट्रिय विद्यार्थीले गर्नुपर्ने दुख र बाँच्नको लागी गरेको संघर्षको अर्को पाटोलाई ख्यालै नगरेको पाईन्छ। नेपालबाट अष्ट्रेलियाको सपना देख्दा नै यस्ता कुरामा ध्यान दिनु पर्छ यदी अष्ट्रेलिया आउने नै हो भने। नत् ट्वीटरका बरिष्टहरूले गरेझैं अंगुर अमिलो छ को शैली अपनाउँदा हुन्छ। ‘पलायनवादी’, ‘घण्टा हान्ने’, ‘भाँडा माझ्ने’ जस्ता टर्मिनोलोजी निशुल्क तयार छ। चिया पसलमा अनि ट्वीटरमा बस्नुस् विदेशमा काम गरेर दाम र भविष्य बनाउन खोज्नेलाई गाली गर्नुस्।स्नातक तथा स्नातकोत्तर तहमा अष्ट्रेलियामा पढ्ने अनि यतै सेटल हुने सोच भएकाहरूले माध्यमिक तहमा पटक पटक जाँचमा सप्रसंग ब्याख्या गरेको ‘जिन्दगी केबल फुलैफुलको बिछ्यौना होईन…यो त काँडै काँडाले भरिएको….संघर्ष पनि हो…।’ भन्ने लाईनलाई बिर्षनु भएन। अष्ट्रेलिया चम्किला गाडी, सुकिला साडी र सेक्सी नारीको मात्र देश होईन, क्लिनिङ, किचनह्याण्ड अनि हाउसकिपिङमा पसिना बगाएर यूनिभर्सिटीको फी र बैंकको ऋण चुक्ता गर्नेहरूको पनि हो। दुख, परिश्रम पनि गर्नुपर्छ, चोकै पिच्छे रहेका पब र युवतीका हब त जिन्दगीको अर्को पाटो मात्र हो।नेपाली विद्यार्थीको लागी पनि अरूको जस्तै काम र पढाईको पेलान नियमितता यहाँ कुरेर बसेकै छ। भिजा जोगाउनु पर्ने अनिवार्यतामा काम खोज्ने, गर्ने अनि पढाईमा पनि कमी हुन दिनु नहुने अरु मापदण्ड बन्छन् यहाँ जिन्दगीको त्यसैले नेपालमा बसेर अष्ट्रेलियाको गुलियो सपना देख्नेहरूले गुलियोले दाँत बिगार्न सक्ने तर्फ पनि सचेत हुनै पर्छ। त्यसको लागी यहाँका विद्यार्थीको अनुभवबाट सिकेर अष्ट्रेलियाको राम्रो प्लानिङ गर्नु उचित हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *