कति कमाउनु हुन्छ तपाईं अष्ट्रेलियामा ?

नेपालीमा भनाई नै छ ‘लोग्ने मानिसको कमाई र स्वास्नी मानिसको उमेर नसोध्नु, तर अष्ट्रेलियामा धेरैको चासो भनेको अरूको कमाईमा नै हुने गर्दछ। नेपाली नेपाली बिच कमाउने र देखाउनेको प्रतिस्पर्धा नै छ। त्यति मात्र कहाँ हो र? अष्ट्रेलियामा आफूभन्दा साना वा पछी आएकाहरूले कमाएको देखेर जल्ने र छिर्के हान्न खोज्नेको पनि कमि छैन। काम र ‘सबकन्ट्र्याक्ट’को कुरामा यस्तो प्रतिस्पर्धाले नेपाली नेपालीमा बैमनस्य मात्र बढाएको छैन यसले काम नै गुम्ने अवस्था समेत उत्पन्न भएका कैयौं उदाहरण छन्। त्यसो त अर्काको सिको गरेर आफ्नो क्षमता भन्दा धेरै काम गर्न खोज्नेको पनि कमि छैन। तर, ध्यान दिनुपर्ने कुरा के हो भने हरेकले आफ्नो क्षमता अनुसार मात्र कमाउन खोज्नु पर्छ ताकी आफ्नो स्वास्थ र जिवनको बरबादी नहोस्।

 

यस्तो भन्दै गर्दा अर्को महत्वको कुरा के हो भने तपाईंको कमाई र उस्तै सँगै काम गर्ने साथिभाईको कमाई उस्तै किन छैन? भनेर गम खानु र आफूलाई पनि उस्तै वा सो भन्दा बढी कमाउन सक्ने बनाउनमा लाग्नु चाहिँ तपाईंको आवस्यकता हो। यसै पनि अष्ट्रेलियाको जिवन र दैनिकी धान्न महँगो छ त्यसमाथि कलेज तथा यूनिको ‘फि’ पनि तिर्नुपर्छ समयमा। त्यसैले आफूले कस्तो काम गर्ने र त्यो काम र लागेको समयमा कति कमाउनु पर्छ भन्ने चाही हिसाब गरेर आफूलाई सोही प्रकृतिको काम गर्नेहरू मध्ये माथिल्लो तहको कमाई भएकाहरू सम्म पुरयाउन खोज्नुपर्छ। अरूको रिस वा डाह गर्नु भने हुँदैन।

यो पनि पढ्नुस्: कसरी पाउने अष्ट्रेलियामा पहिलो काम

ईन्फोग्राफिक्समा हेर्नुस् कमाईको अवस्था अष्ट्रेलियाका फरक फरक पेशामा

हुनत, अष्ट्रेलियामा आउँदा पढ्न भनेर आएको भएपनि धेरैको प्रमुख उदेश्य भनेको पैसा कमाउनु र पीआर लिएर सुखको जिन्दगी बिताउनु नै हो। तर, अष्ट्रेलियामा आईसकेपछी विचार गरेर कदम चालिएन बने सुख हैन कि दुखै दुखको पहाड बोक्नुपर्ने पनि अवस्था आउन सक्छ। त्यसैले काम र कमाईको मात्र होईन यहाँका हेरक अप्ठेरा सप्ठेराहरूमा छोटो बाटो लामो हात गर्ने बारे सोच पनि ल्याउनु हुँदैन। तर, कसैले आफ्नो शोषण गर्छ भने चुपो लागेर पनि बस्नु हुँदैन। काम लगाउँदा ‘कडा’ र पैसा दिने बेलामा ‘फटा’ हुने प्रवृत्ति अष्ट्रेलियामा धेरै छ विशेष गरेर विद्यार्थी भिजामा भएकाहरूलाई त्यसैले आफ्नो कमाईका बारेमा र कामका बारेमा साथीभाईसँग कुराहरू ‘सेयर’ पनि गर्नुपर्छ र सहयोग पनि लिनुपर्छ।

यो पनि पढ्नुस्: विण्डो क्लिनिङ सहज पैसा कमाउने काम

तपाईंले आफ्नो कमाईलाई अष्ट्रेलियामा सोही काम गर्नेले सरदरमा कमाउने रकमसँग तुलना गरेर आफू कस्तो अवस्थामा छु र कमाई बढाउन के गर्ने बन्ने योजना बनाउन सक्नुहुन्छ। सामान्य पनि यदी तपाईं आंशिक (पार्ट टाईम) काम गर्नुहुन्छ भने साताको पाँचसय ३० डलरको कमाई छ भने तपाईंको स्थिती राम्रै मान्न सकिन्छ। यदी तपाईं पूर्णकालिन (फुलटाईम) काम गर्नुहुन्छ भने तपाईंको साताको कमाई १३२० डलरको आसपास हुनुपर्छ। यदी यी भन्दा कम कमाई छ भने तपाईंले सोच्नै पर्ने हुन्छ।

 

अष्ट्रेलियाको तथ्यांक विभागको विभिन्न पेशा तथा काममा आबध्दहरूको कमाईको तथ्यांकलाई लिएर एक अर्थशास्त्री जसन मर्फेले एउटा तथ्यांक सहितको विश्लेषणात्मक आलेख न्यूजडटकमडटएयुमा लेखेका छन् जसले अष्ट्रेलियामा महिला तथा पुरूषहरूको कमाईका बारेमा क्षेत्रगत रूपमा नै विवेचना गरिएको छ। सो लेख यहाँबाट पढ्न सक्नुहुन्छ। (क्लिक गर्नुस्)

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।