नेपाली लाईसेन्सको विवरण अनलाईन, नक्कली बनाउनेलाई समस्या

अष्ट्रेलियामा ‘कार’लाई दैनिक रूपमा आवश्यक साधन मानिन्छ। कार चलाउन जान्ने र लाईसेन्स छ भने काम  पाउन सजिलो मात्र हुँदैन काम गर्नेले थप काम गर्न सक्ने र आमदानी समेत राम्रो बनाउन सकिन्छ। त्यसैले नेपालबाट आउने जो कसैलाई पनि आफन्त तथा साथिभाईले ड्राईभिङ लाईसेन्स चाहिँ लिएरै आउनु है भनेर भनेका हुन्छन्। किनभने अष्ट्रेलियामा नेपालको ड्राईभिङ लाईसेन्सले नै कार चलाउन पाईन्छ। अष्ट्रेलियाका सबै राज्यहरूमा अष्ट्रेलिया पढ्न आउने नेपालीहरूले नेपालको ड्राईभिङ लाईसेन्सको शर्तहरूमा नै रहेर सवारी चलाउन पाउँछन्। त्यसको मतलब हो, नेपालको ड्राईभिङ लाईसेन्स यदी कार र मोटरसाईकलको लागी छ भने ड्राईभिङ लाईसेन्स वाहकले अष्ट्रेलियामा पनि कार र मोटरसाईकल चलाउन पाउँछन्। नेपालको लाईसेन्सले यहाँ गाडी चलाउने हो भने अष्ट्रेलियाको रोड प्रयोग सम्बन्धी नियम तथा यहाँको ट्राफिक गतिविधीको बारेमा राम्रै जानकारी लिनुपर्छ। धेरै नेपाली विद्यार्थीहरू नेपालबाट नक्कली ड्राईभिङ लाईसेन्स बनाएर ल्याउने र सडकमा द्रूत गतीमा चलाउने गर्दा दुर्घटनामा परेको समाचारहरू समेत आईरहेका छन्। गत वर्षमात्रै पनि नेपाली विद्यार्थीहरूले तिब्रगतीमा सवारी चलाउँदा दुर्घटनामा परेर ज्यान गुमाउनु परयो।

यस्तै सडक दुर्घटना कम गराउनका लागी यतिखेर अष्ट्रेलियाले रणनीतिका रूपमा सवारी चालक र उनीहरूको गतिविधिलाई नियन्त्रणको नीति लिएको छ। त्यसको लागी जुनसुकै प्रकारको लाईसेन्स भएपनि मादक पदार्थ तथा लागु औषध प्रयोग गरेर सवारी चलाउनेहरूको लाईसेन्स तत्कालै निलम्बन गर्ने र ठूलो रकम जरिवाना तिराउने योजना हालै सार्वजनिक भएको छ। अष्ट्रेलियाले आफ्नो सडक सुरक्षित पार्नको लागी नयाँ नियम घोषणा गरेको समय भन्दा केही अघि देखी नेपालले पनि सबै नेपाली सवारी चालक अनुमतिपत्रको विवरण अनलाईनमा राख्न थालेको छ। नेपालको यातायात व्यवस्था विभागले यतिखेर नेपालका सबै ड्राईभिङ लाईसेन्सहरूको सम्पूर्ण विवरण उसको वेबसाईटमा राखेर विश्वको कुनै पनि कुनाबाट नेपाली ड्राईभिङ लाईसेन्सको शर्तहरू जस्तै कुन कुन सवारी चलाउनको लागी अनुमति कहिले दिएको हो, अनलाईनमा ड्राईभिङ लाईसेन्समा रहेको विवरणबाट नै ‘भेरिफाई’ (सत्यापन) गर्न सकिने व्यवस्था गरेको छ। जसले नेपाली ड्राईभिङ लाईसेन्सले सवारी चलाउन पाईने अष्ट्रेलिया जस्ता देशहरूमा नेपालबाट नक्कली बनाएर ल्याउनेहरूलाई अब समस्यामा पार्नेछ। सबै विवरण अनलाईनमा उपलब्ध भएपछी अष्ट्रेलिया वा अरू मुलुकका सडक तथा सवारी नियमनको काम गर्ने निकायहरूसँग नेपाली ड्राईभिङ लाईसेन्स सक्कली हो वा नक्कली भन्ने जानकारी उपलब्ध हुन मुस्किल हुँदैन। नेपाली लाईसेन्सको विवरण अनलाईन, नक्कली बनाउनेलाई समस्या - NepaliPage

यदी तपाईं अष्ट्रेलियामा नेपालबाट एजेन्टलाई बनाउन लगाएर ल्याएको ड्राईभिङ लाईसेन्सको आधारमा कार चलाईरहनु भएको छ भने तपाईं ठूलो समस्यामा पर्ने दिन धेरै टाढा छैन। अष्ट्रेलियामा नक्कली लाईसेन्स वा बिना ड्राईभिङ लाईसेन्स सवारी चलाउनु गम्भिर विषय हो। जसले भिजा रद्द हुने, जेल पर्ने वा ठूलो जरिवाना र डिपोर्ट समेत हुनसक्ने संभावना रहन्छ।

नेपालको ड्राईभिङ लाईसेन्स हुनेले यातायात व्यवस्था विभागको वेबसाईटमा गएर आफ्नो ड्राईभिङ लाईसेन्स सक्कली वा नक्कली के हो भनेर सत्यापन गर्न सक्छन्। त्यहाँ ड्राईभिङ लाईसेन्स नम्बर र जन्ममिती राखेपछी जसको ड्राईभिङ लाईसेन्स हो उसको सबै विवरण र कुन कुन सवारी चलाउन पाउने हो त्यसको समेत जानकारी देखिन्छ।

यसरी देखिन्छ सबै विवरण:

नेपाली लाईसेन्सको विवरण अनलाईन, नक्कली बनाउनेलाई समस्या - NepaliPage

यो विषयमा यी तीन लेख पनि पढ्नुस्:

  1. Driving in Australia with Nepali license? Check if it’s valid
  2. Driving in Australia with Nepali license
  3. Watch, if you drive with Nepalese driving license
 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …