के किन्ने हो त each band 8?

अष्ट्रेलियामा पछिल्लो समय बढ्दै गएको पीआर पाउनको लागी प्रतिस्पर्धाले धेरैलाई चुनौती अनि केहीलाई अवसर दिएको छ। गत वर्ष देखी नै अष्ट्रेलिया सरकारले आप्रवासन सम्बन्धी नीति तथा प्रक्रियामा परिवर्तन गरेपछी धेरै विद्यार्थी तथा अष्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेहरूलाई मुस्किल पर्दै गएको छ। बढ्दो प्रतिस्पर्धा सँगै ‘स्किल सेलेक्ट’मा धेरै प्वाईन्टस् स्कोर गर्नुपर्ने भएपछी विद्यार्थी तथा अष्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेहरू विभिन्न बाटोहरू खोज्ने क्रममा छन्। र, माईग्रेसन प्वाईन्टस् धेरै बनाउने माध्यमको रूपमा सतहमा देखिएको छ भाषाको दक्षता। अंग्रेजी तथा आफ्नो अष्ट्रेलियामा मान्यता प्राप्त भाषा (नेपालीहरूको लागी नेपाली भनेजस्तै)को दक्षताले २५ प्वाईन्टस् सम्मको योगदान गर्न सक्ने भएपछी धेरैको ध्यान भाषिक दक्षता बढाउनमा लागेको छ। यही अवसरमा मौकामा चौका हान्ने भने जसरी विभिन्न व्यक्ति तथा संस्थाहरू अंग्रेजी तथा विभिन्न मातृभाषाको परिक्षा तयारी कक्षाहरू चलाउनमा लागेका छन्। जसको संख्या दिन दुईगुणा र रात चारगुणा बढिरहेको छ। आफूले ५० पटक परिक्षा दिएर भएपनि एकपटक सबै ब्याण्डमा ८ वा सो भन्दा बढी ल्याएपछी अंग्रेजी भाषाको नयाँ परिक्षाका रूपमा आएको ‘पीटीई’ अरूलाई पढाउन सकिने मान्यता नै बसिसकेको छ। र, ‘पीटीई’ अंग्रेजी भाषाको परिक्षा भन्दा पनि कम्प्युटरमा आधारित भएकाले भाषाको दक्षता बिना नै ‘ट्रिक’ र ‘लक’ ‘ट्राई’ गरेर छक्याएर अंग्रेजी भाषाको दक्षता साबित गर्ने माध्यम बनेको छ। ‘पीटीई’ पढाउनेहरू आफू अंग्रेजी सिकाउने पढाउने नभई ‘पीटीई’मा धेरै नम्बर ल्याउन सिकाउने अनि शतप्रतिशत सफलताको दाबी पनि गर्छन्।

यो पनि पढ्नुस्: पीटीई पास गर्न सहयोगी हुने अभ्यास सामग्रीहरू

त्यसो त सँगै नाटी सीसीएलका रूपमा आएको आफ्नै मातृभाषा र अंग्रेजी दुई भाषामा नै दक्षता साबित गर्ने परिक्षाको तयारीका लागी पनि त्यस्तै अवस्था छ। आफू पास भएपछी उही मटरियलका आधारमा अरूलाई पढाउनेहरू पनि बढी रहेका छन्। यद्यपी नाटीले सीसीएल पास हुनेले दोभाषेको अभ्यास गर्न नपाउने भनेको छ। पढाउनु अभ्यास गर्नु नै भएपनि नैतिकता मात्र त्यसो गर्नबाट रोक्ने कुरा भएकाले यो पनि पीटीई जस्तै आफू पास भएका जतिले पढाउन सक्ने वा पाउने मान्यता बनिसकेको छ। ग्यारेन्टी पास, अनलिमिटेड क्लास जस्ता किबर्डले यी परिक्षामा पास हुनु पनि नतिजा (ब्याण्ड) किन्नु जस्तै बनिसकेको छ। एक देखी डेढ बर्ष र तीन देखी चार थरी ईन्स्टिच्युटमा तयारी कक्षा लिएर १० देखी २० हजार डलरको खर्चमा हरेक ब्याण्डमा आठ ल्याउनेहरू पनि प्रसस्तै देखिन थालेका छन्। हुन त सन् २०१८ को मध्यपछी ‘पीटीई’ले नै ‘ट्रिक’ लगाएर धेरै नम्बर ल्याउन सकिने ‘लुप’मा सुधार गरिसकेको छ। जसले गर्दा पहिले पहिले जस्तो सयौंको संख्यामा पीटीईमा आठ ल्याउनेको भिड आजकल छैन। त्यसमा पनि पीटीईमा आठ र नाटी पास गरेर पनि ‘पीआर’को पाईला अघि नबढ्ने देखिएपछी ‘रिजनल’ लाग्नेको संख्या बढ्न थालेको छ। हुनपनि अष्ट्रेलिया सरकारले नै धेरै भन्दा धेरैलाई ‘रिजनल’ पठाउने योजनाका साथ नयाँ भिजा र माईग्रेसन प्वाईन्टको वितरणमा समेत परिवर्तन गरिसकेको छ।

तर पनि भाषिक दक्षता अनि माईग्रेसन प्वाईन्टसको दबाब सबैका लागी उत्तिकै जारी छ। किनकी रिजनल गएपनि प्रतिस्पर्धा हुने उस्तै र उनीहरूकै बिचमा हो। माईग्रेसनको परिवर्तन र पीआर नपाई अष्ट्रेलियामा भविष्य सुरक्षित नहुने दबाबका बिचमा परेका विद्यार्थीबाट पैसा असुल गर्ने ‘फेक’ धन्दामा  लाग्नेहरू ‘फेसबुक’मा छ्यापछ्याप्ति देखिन थालेका छन्। हरेक जसो ग्रुपमा हरेक ब्याण्डमा आठ ल्याउन नसकेकाहरूलाई लक्षित गरेर ब्रिटिश काउन्सिलबाट नै जारी भएका आईएलटीएस शर्टिफिकेट किन्न सकिने र आफूहरूलाई सम्पर्क गर्न भनिएका विज्ञापनहरू पोस्ट भईरहेका छन्। जसमा अंग्रेजी भाषा परिक्षामा हरेक ब्याण्डमा आठ ल्याउन नसक्नेहरू वा त्यसका लागी प्रयास गरेकाहरू फस्न सक्ने देखिन्छ।

यो पनि पढ्नुस्: PTE दिँदै हुनुहुन्छ? यता छन् Practice Material

हेर्नुस् केही नमुना फेसबुक पोस्टहरू:

के किन्ने हो त each band 8? - NepaliPage

 

यसरी आईएलटीएसको हरेक ब्याण्डमा आठ वा नौ ल्याईएका शर्टिफिकेटहरु सक्कली नै बनाउन सकिने भनेर जताततै प्रचार प्रसार भईरहेको देखिन्छ। धेरैले प्रयोग गरेको सम्पर्क नम्बरहरू ह्वाट्स याप वा विदेशी र नक्कली रूपमा बनाईएका हुनसक्ने देखिन्छ।

यो पनि पढ्नुस्: अकाउन्टिङमा पीआर पाउन ९० प्वाइन्ट चाहिने

के किन्ने हो त each band 8? - NepaliPage

ईमेलहरू पनि ब्रिटिश काउन्सिलको जस्तो देखाउने गरेर नाम छनौट गरिएका छन्। सबै यस्ता विज्ञापनहरू फेसबुकमा भाईरल गर्नेहरू पश्चिमा नाम गरेका तर अरू नै हुन सक्ने देखिन्छ। उनीहरूको एकाउन्ट पनि नक्कली नै हो।

के किन्ने हो त each band 8? - NepaliPage
धेरै जस्तो यस्ता विज्ञापनहरू चाईनिज, भियतनामी, भारतीय तथा नेपाली विद्यार्थीहरू रहेको ग्रुपमा प्रसार भईरहेका छन्।

के किन्ने हो त each band 8? - NepaliPage

के किन्न सकिन्छ त each band 8?

नेपाल तथा भारतका विभिन्न शहरहरूमा आईएलटिएस तथा पीटीईका परिक्षामा बदमाशी गरेर पैसा तिर्नेहरूलाई उत्तर तथा हरेक ब्याण्डमा सात वा आठ आएका सक्कली शर्टिफिकेट नै दिएका समाचारहरू सुनेको आधारमा यस्तो किन्न सकिन्छ कि? आखिर पैसाको लोभले यताउती नगर्ने को छ र? भन्ने सोच भएका हामी धेरै छौं। तर एकै शब्दमा भन्दा यस्ता शर्टिफिकेट किन्न सकिँदैन। बरू यस्तो जाली शर्टिफिकेट किनेको, बनाएको वा ईमिग्रेसनमा पेश गरेको खण्डमा अष्ट्रेलियाको लागी ढोका बन्द र जेलको ढोका खुला हुनसक्छ। त्यसैले यस्ता ठगी धन्दा चलाउनेहरूको पछी लाग्ने हैन कि आफ्नो तयारीमा चाहिँ जुट्नुपर्छ।

यो पनि पढ्नुस्: अष्ट्रेलिया पढ्नेलाई आईएलटीएसमा सबै ब्याण्डमा सात ल्याउनै पर्ने बनाउन माग

कसरी ल्याउने each band 8?

अंग्रेजी भाषाको दक्षता साबित गर्नका लागी दिईने गरेका दुई परिक्षा मध्ये पीटीई यतिखेर सजिलो परिक्षाको रूपमा देखिएको छ। कम्प्युटरलाई केही झुक्याउन सकिने भएकाले यसमा each band 8 ल्याउनेको संख्या पनि राम्रै हुन थालेको छ। यद्यपी यसमा हरेक ब्याण्डमा आठ ल्याउनेको संख्या परिक्षा दिनेको तुलनामा निक्कै नै कम हो। हरेक ब्याण्डमा आठ ल्याउनेको विज्ञापन धेरै भईरहेको हुनाले धेरै ले ल्याईरहेको जस्तो भ्रम मात्र सृजना भएको हो। सम्बन्धित सेन्टरको फेसबुक पेज राम्रोसँग हेर्नुभयो भने संख्या स्पष्ट हुन्छ। धेरैलाई लाग्छ each band 8 ल्याउन कतै न कतै पढ्नै जानुपर्छ, त्यस सबै आक्रामक मार्केटिंगले सृजना गरेको भ्रम हो। यतिखेर पीटीई परिक्षाका पुराना प्रश्न त उत्तर साथै परिक्षामा अपनाउन पर्ने ट्रिकहरू सबै युट्यूब र अरू ईन्टरनेटका पेजहरूमा उपलब्ध भईसकेका छन्, खाली तिनलाई राम्रोसँग प्रयोग गर्ने र अभ्यास गर्ने हो भने पीटीईमा each band 8 ल्याउन सकिन्छ। यो असम्भव मात्र नभएको हो गाह्रो चाहिँ निक्कै नै छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा …