भिजिट भिसामा अष्ट्रेलिया आएर क्यासमा काम गर्न खोज्नेलाई न्यू साउथवेल्स प्रहरीले पक्राउ गरेको छ। सिड्नीको च्यात्सउडमा घरको छाना मर्मत गर्ने कर्मी (ट्रेडस्म्यान)का रूपमा आफूलाई चिनाउँदै क्यासमा काम गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका हुन्। प्रहरीले ति व्यक्तिलाई छाना मर्मत सम्बन्धी ठगी (रूप रिपेयर स्क्याम)को आरोपमा पक्राउ गरेको जनाएको छ। भिजिट भिसामा अष्ट्रेलिया आएका ति व्यक्तिले सिड्नीको नर्थ शोरका एक घरधनीसँग घरको छाना मर्मत गर्ने भन्दै क्यासमा पैसा लिएका थिए।
ति व्यक्तिले पहिलो दिन छाना मर्मतका लागी भन्दै केही पैसा लिएर गए फेरी अर्को दिन फेरी मर्मतको लागी सामान किन्न फेरी पैसा माग्न आए ६८ वर्षिय घर धनीलाई उदृत गर्दै प्रहरीले जनाएको छ। छाना मर्मत थाल्नुको सट्टा नोभेम्बर ४ देखी ७ को बिचमा अर्को पटक पनि पैसा माग्न आएपछी घर धनी हैरान भए। छाना मर्मत गर्छु भनेको मानिसले पटक पटक पैसा मागेर धम्की समेत दिन थालेपछी उनले प्रहरी गुहारे। प्रहरीले बृद्ध घरधनीको उजुरी पछी केही समयमा नै घटनामा जोडिएका तीन व्यक्तिलाई पक्राउ गरयो।
प्रहरीले २० वर्षिय आयरल्याण्डका नागरिकलाई धम्कि, आर्थिक हानी पु्याएको, कुटपिटको भय त्रास सृजना गरको जस्ता अभियोग लगाएको छ। उनलाई धरौटीमा छोडेपनि पासपोर्ट प्रहरीले जफत गरेको छ। उनीसँगै पक्राउ परेका ३८ र ३९ वर्षका अन्य व्यक्तिलाई भने प्रहरीले थप अनुसन्धान आवश्यक भएको भन्दै छोडेको छ।