यस्ता राम्रो कमाई हुने काम, अष्ट्रेलियामा मान्छे पाउनै गाह्रो

वर्षको एकलाख हाराहारीको तलब सुविधा भएका कामका लागी अष्ट्रेलियामा मानिस पाउन गाह्रो रहेको सुन्दा पत्याउन मुस्किल हुन्छ। अष्ट्रेलियाको अग्रणी रोजगार सूचना प्रदान गर्ने वेबसाइट ‘ईन्डिड’को पछिल्लो विश्लेषणले अष्ट्रेलियाका रोजगारदाताहरूलाई त्यस्ता पद तथा कामका लागी मानिसहरू पाउन गाह्रो परिरहेको देखाएको छ। ‘अनलाईन करिअर प्लाटफर्म ईन्डिड’का अनुसार अष्ट्रेलियामा विज्ञापन गरिएका मध्य ७० प्रतिशत पदहरूमा एक महिना भन्दा कम समयमा नै नियुक्ति भएको छ। यद्यपी कम्पनीले हालै संकलन गरेको तथ्यांकले केही यस्ता पद तथा कामहरू देखाएको जसका लागी मानिस पाउन दुई महिना वा सो भन्दा लामो समय लाग्ने गरेको छ। यसरी कामदार पाउन गाह्रो परेका पेशाहरू पशु चिकित्सक, फुटबल प्रशिक्षक, ड्राईभर, पिज्जा कुक, सफ्टवेयर ईन्जिनियर, डाक्टर, आर्किटेक्ट, डेलिभरी ड्राईभर, सफाई मजदूर लगायत रहेका छन्।

पशु चिकित्सक (भेटेरिनरियन) जसको सरदर तलब वार्षिक ८३ हजार हुने गर्दछ यस पेशा तथा पदका लागी मानिस पाउनु नै सबैभन्दा बढी मुस्किल छ यतिखेर अष्ट्रेलियामा। त्यसपछी फुटबल प्रशिक्षक दोस्रो भेटाउन मुस्किलको पेशा बनेको छ रोजगारदाताका लागी। जसको वार्षिक सरदर कमाई ५६ हजार हुन्छ।

अष्ट्रेलियाका रोजगारदाताले यतिखेर भेटाउन मुस्किल परेको सबैभन्दा धेरै तलब सुविधा भएको पेशा हो डाक्टरको ‘जीपी’ (जनरल प्राक्टिसनर) भनिने कामको लागी वार्षिक सरदर तलब नै दुईलाख ७० हजार हाराहारी हुने गर्दछ। प्रविधीको क्षेत्रमा आएको परिवर्तनका कारण अष्ट्रेलियाका साना ठूला सबै व्यवसायमा सफ्टवेयर ईन्जिनियर, सफ्टवेयर आर्किटेक्ट जस्ता जनशक्ति आवश्यक हुन थालेपछी वार्षिक एक लाख डलर तलब सुविधा हुने यी पद तथा कामका लागी दक्ष मानिस पाउन रोजगारदाता कम्पनीहरूलाई हम्मे हम्मे पर्न थालेको छ।

यस्ता राम्रो कमाई हुने काम, अष्ट्रेलियामा मान्छे पाउनै गाह्रो - NepaliPage
तथ्यांक स्रोत: ईन्डिड/न्यूजडटकमडटएयू

न्यूजडटकमइटएयूले ‘ईन्डिड’का करिअर विश्लेषण विभागका प्रमुख जे मुनरोलाई उदृत गर्दै धेरै सिप र दक्षता भएका पेशा जस्तै डाक्टर र पशु चिकित्सकहरूले जागिर गर्नुभन्दा पनि आफैले नै व्यवसायिक अभ्यास गर्ने गरेका कारण पनि विशेषज्ञ पदका लागी मानिसहरू पाउन रोजगारदातालाई मुस्किल पर्नु स्वभाविक भएको उल्लेख गरेको छ। उनले जागिर खोजिरहेका मानिसको तुलनामा ‘भ्याकेन्सी’ धेरै रहेकोले कारण रोजगारी खोज्नेहरूका लागी धेरै छनौटका अवसर मिलेको न्यूजडटकमइटएयूलाई बताएका छन्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

भिजिट भिसामा अष्ट्रेलिया आएर काम गर्ने पक्राउ

भिजिट भिसामा अष्ट्रेलिया आएर क्यासमा काम गर्न खोज्नेलाई न्यू साउथवेल्स प्रहरीले पक्राउ गरेको छ।