सिड्नीमा नेपाली भाषा पाठशालाको सम्मेलन

अष्ट्रेलियाका गैर-आवासीय नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए)ले अष्ट्रेलिया भरका नेपाली भाषा पाठशालाका सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्ने भएको छ। एनआरएनएको नेपाली पाठशाला टास्क फोर्स समितीले राष्ट्रिय सम्मेलन मार्फत यस्तो अन्तर्क्रिया सिड्नीमा गर्न लागेको एनआरएनएका प्रवक्ता डिला खरेलले बताए। खरेलका अनुसार यो राष्ट्रिय सम्मेलनमा अष्ट्रेलियाका विभिन्न राज्य तथा क्षेत्रमा रहेका नेपाली भाषा पाठशाला शिक्षक-शिक्षिका, अभिभावक एवं सञ्चालकहरुको सहभागिता हुनेछ।

8 जुलाई 2018 आईतबार रकडेलमा रहेको ‘ईन्द्रेणी फंग्सन सेन्टर’मा हुने सम्मेलनको उदेश्य अष्ट्रेलियाका विभिन्न क्षेत्रमा रहेका नेपाली पाठशालाहरूको पाठ्यक्रम तथा अरू शैक्षिक सामग्रीमा एकरूपता ल्याउनु रहेको प्रवक्ता खरेलले जनाए। अष्ट्रेलियामा स्थायी रूपमा नै बस्ने नेपालीहरूको संख्या बढ्दै गएपछी एनआरएनएले नेपाली कला,भाषा, साहित्य र संस्कृतीको जगेर्ना तथा संरक्षण गर्दै अष्ट्रेलियामा नै जन्मने दोस्रो पुस्तामा यिनको ज्ञान र सूचना हस्तान्तरण गर्न अभियान नै चलाउन थालेको छ। अष्ट्रेलियामा हुर्कँदै र बढ्दै गएको नेपाली समुदायमा नेपाली भाषा, कला, संस्कृती र विशेषताको निरन्तरताको लागी समुदायका सरोकारवालाहरूका बीच अन्तर्क्रियाका लागी आयोजना हुने कार्यक्रम विहान १० बजेबाट सुरूभएर साँझ ५ बजे समापन हुनेछ।

सिड्नीमा नेपाली भाषा पाठशालाको सम्मेलन - NepaliPage

कार्यक्रमको विस्तृत विवरण:

मिति : – ०८ जुलाई २०१८ , आइतवार !
स्थान : Indreni Function Centre, 588 Princes Hwy, Rockdale NSW 2216, Australia ,
समय : विहान १०:०० वजे देखि ५:०० वजे सम्म !

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा - NepaliPage

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा

अष्ट्रेलियामा घर, यहाँ आउने सबैको सपना हो। अष्ट्रेलियामा घर सबैको सपना भएपनि केहीको मात्र सजिलैसँग …