यताबाट खोज्नुस् डार्बिनमा काम

अष्ट्रेलिया सरकारले गत वर्ष देखी स्किल्ड माईग्रेसनको प्रणाली र प्रक्रियामा कडाई गरेपछि स्थायी बसोबास (पीआर) को योजना बनाएर बसेका धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो अष्ट्रेलियामा स्थायी बसोबासको व्यवस्थाका लागी विभिन्न बाटोहरू खोज्नुपर्ने भएपछी अष्ट्रेलियाको उत्तरी क्षेत्र मुख्य गरेर ‘डार्बिन’ धेरैको गन्तव्य बनेको छ। अष्ट्रेलियाका अरु राज्यमा भन्दा पीआरका लागी केही लचक व्यवस्थाका साथ राज्य सरकारले सहयोगी भूमिका खेल्ने भएका कारण नेपाली, भारतीय, पाकिस्तानी, बंगलादेशी साथै अन्य देशका विद्यार्थीहरू यतिखेर ‘नर्दन टेरिटरी’को प्रमुख शहर ‘डार्बिन’ ओइरिन थालेका छन्।

पीआरको अभिलाषा सहित धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू ‘डार्बिन’ जान थालेसँगै त्यहाँ काम पाउने र खोज्ने कुरामा पनि ध्यान दिनुपर्ने भएको छ। ‘सिड्नी’ वा ‘मेलबर्न’बाट ‘डार्बिन’ गएका साथीभाईहरूको संख्या हेरेर मात्र भन्दा पनि आफ्नो आर्थिक अवस्था, संभावना र ‘भिजा’को समयावधि हेरेर निर्णय लिनु आवस्यक छ। यसका साथै यदी ‘डार्बिन’ ‘मूभ’ नै हुने हो भने त्यहाँ हुनसक्ने ‘माईग्रेसन’ सम्बन्धी नीतिमा हेरफेर बारेमा समेत अनुमान गरेर जानु बुद्धिमता ठहर्छ। नत्र गतवर्ष ‘क्यानबेरा’ ‘मूभ’ हुनेहरू मध्ये पछील्ला केही जस्तो सुरूमा ‘मूभ’ भइहाल्ने र नीतिमा परिवर्तन हुनासाथ फेरी अर्को राज्यमा हिँडीहाल्नुपर्ने स्थिती आउन सक्छ। त्यस्तो नहोस् भन्नका लागी निर्णय लिनु र ‘सिड्नी’, ‘मेलबर्न’ वा बसिरहेको शहर छोड्नु अघी नै ‘डार्बिन’ र त्यहाँका क्षेत्रमा आफ्नो लागी काम र कमाइको संभावनालाई व्यवस्थित बनाउनु सही हुन्छ।

Get Registered To Find a Job in Darwin - NepaliPage

त्यसका लागी ‘डार्बिन’मा क्रियाशिल रोजगार व्यवस्थापक वा रोजगार अभिकर्ता व्यक्ति वा संस्थासँग सम्पर्क र सम्बन्ध बनाएर जानु उपयुक्त हुन्छ। हुन त अष्ट्रेलियामा धेरैले आफ्नो चिनजानको मान्छेको सम्पर्कबाट काम पाउन सजिलो हुन्छ भनेको सुनिन्छ तर यस्ता अभिकर्ताहरू झन सबैभन्दा विश्वासिलो श्रोत हुन्। किनभने उनीहरू रोजगारदाता र कामदार बीचका पुल हुन् र उनीहरूले काम मिलाइदिएको बापत पहिले नै कुनै शुल्कको माग गर्दैनन्। यसरी काम गर्दा सामान्यतया कानुनी रूपमा पाउनुपर्ने सबै भुक्तानी (पे) पाइन्छ।

यदी तपाईं ‘डार्बिन’ जाँदै हुनुहुन्छ वा ‘डार्बिन’मा नै काम खोज्दै हुनुहुन्छ भने यी एजेन्सीमा सम्पर्क गरेर एकपटक कामको उपलब्धता र संभाव्यता बारे जानकारी लिनुस्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: नेपालीपेज

NepaliPage.com is a striving idea to bring useful information to international students as well as newcomers recently immigrated into Australia. While writing and preparing our contents and stories we are focused to Nepalese in Australia, but our contents and stories are equally advantageous to those interested to study, live and migrate into Australia, no matter you are from India, China or other parts of the world.

यो पनि पढ्नुहोस्

विद्यार्थीले अष्ट्रेलिया आउनासाथ काम गर्न पाउने

यस्ता राम्रो कमाई हुने काम, अष्ट्रेलियामा मान्छे पाउनै गाह्रो

वर्षको एकलाख हाराहारीको तलब सुविधा भएका कामका लागी अष्ट्रेलियामा मानिस पाउन गाह्रो रहेको सुन्दा पत्याउन मुस्किल हुन्छ।