अष्ट्रेलियन संसारकै धनी, नेपालीको सम्पत्ति पाँचलाख हाराहारी

अमेरिकालाई शक्ति र सम्पत्तिको हिसाबमा संसारकै महाशक्ति मानिन्छ। संसारकै सबैभन्दा धेरै करोडपति र अर्बपतिको बसोबास भएको देशका रुपमा रहेको छ अमेरिका। अमेरिकाको सम्पन्ता र बैभवको आधार त्यही हो भन्दा पनि फरक नपर्ला। तर, कुनै पनि देश र समाजको सम्पन्नताको आधार के लाई मान्ने भन्ने कुराले पनि सम्पन्न र धनी देशको सूचिमा फरक पर्न सक्छ। यदी देशको जनसंख्याको ठूलो हिस्साको सम्पन्नता र धनलाई आधार मान्ने हो भने अष्ट्रेलियालाई संसारकै धनी देशको रूपमा पाउन सकिन्छ। क्रेडिट सुईजले अक्टोबरमा प्रकाशन गरेको एक प्रतिवेदनले प्रति वयष्क धन संचितीको अवस्थाको आधारमा स्वीटजरल्याण्डलाई विश्वकै सबैभन्दा धनी (रिचेस्ट) देशको रूपमा राखेको छ। भने, अष्ट्रेलिया प्रति वयष्क धन संचितीको आधारमा दोस्रो धनी देशमा रहेको छ, सोही सूचिमा अमेरिका अष्ट्रेलिया भन्दा एक स्थान पछाडी रहेको छ। यसलाई बिजनेस ईन्साइडरले यसरी चार्टमा प्रस्तुत गरेकोछ,

बिजनेस ईन्साइडरले माथिको हिसाब भने देशको कुल सम्पत्तिलाई जनसंख्याले हिसाब गरेर निकालेको हो। जस अनुसार स्वीटजरल्याण्डको सम्पत्ति हरेक नागरिकको भागमा पाँचलाख ३० हजार दुईसय ४४ दामासाही पर्ने देखिन्छ। यस्तो खालको हिसाबमा अष्ट्रेलिया दोस्रो र अमेरिका तेस्रो क्रममा आउँछन्। त्यसपछी बेल्जियम, नर्वे, न्यूजिल्याण्ड, क्यानडा, डेनमार्क, सिंगापुर र फ्रान्स रहेका छन्।

यो पनि पढ्नुस्: यी हुन् अष्ट्रेलियामा पीआरका लागी धेरै माग भएका काम 

देशको सम्पत्तिको दामासाही हिसाब भन्दा पनि कुन देशमा धेरै जनसंख्या धनी छन् भन्ने हिसाब निकाल्ने हो भने चाहीँ विश्वको धनी देश र मानिसहरूको सूचि नै उलट पुलट पारिदिन्छ। किनभने अमेरिका जस्ता धेरै धनी देशहरूमा धनको वितरण समान र न्यायसंगत छैन। थोरै जनसंख्यासँग धेरै धन छ भने धेरै जनसंख्यासँग थोरै धन छ। क्रेडिट सुईजले धनी रहेको देशहरूको औषत धनीहरूको संख्याको आधारमा हिसाब गर्दा अष्ट्रेलिया र अष्ट्रेलियन विश्वको धनीमा पर्दछन्। वयष्क नागरिकमा रहेको औषत धनको आधार लिँदा अष्ट्रेलिया विश्वकै धनीहरूको देश रहेको क्रेडिट सुईजको प्रतिवेदनले देखाएको छ। यसखालको हिसाबबाट हेर्दा अष्ट्रेलिया पछी स्वीटजरल्याण्ड, बेल्जियम, नेदरल्याण्डस्, फ्रान्स, क्यानडा, जापान, न्यूजिल्याण्ड, बेलायत र सिंगापुर विश्वका धनीहरूको देशका रूपमा रहेका छन्। तर, विश्वमहाशक्ति अमेरिका भने यस सूचिभन्दा बाहिर छ।

यो प्रतिवेदनको अनुसार सामान्य एक वयष्क अष्ट्रेलियनसँग करिब दुईलाख (एकलाख एकानब्बे हजार चारसय त्रिपन्न) अमेरिकी डलरको सम्पत्ती रहेको छ। अरू देशका वयष्कहरूको सम्पत्तिको वितरण विवरण यहाँ छ:

यो पनि पढ्नुस्: यी हुन् अष्ट्रेलियाका वर्क भिजा

नेपालीहरू अति गरिब

क्रेडिट सुईजको सन् २०१८ को विश्व सम्पत्ति प्रतिवेदन (ग्लोबल वेल्थ रिपोर्ट २०१८) ले नेपालीलाई विश्वकै कम सम्पत्ति भएका नागरिकको रूपमा सूचिकृत गरेको छ। प्रतिवेदनमा नेपालका प्रतिवयष्क सम्पत्तिको वितरण पाँच हजार अमेरिकी डलर भन्दा कम रहेको उल्लेख गरिएको छ। यसको नेपालीमा हिसाब गर्दा सरदर एक वयष्क नेपालीसँग करिब पाँच लाख नेपाली रूपैंया बराबरको सम्पत्ति छ। भारतीयहरू नेपाली भन्दा बढी धनी देखिन्छन्, प्रतिवेदन अनुसार सरदर वयष्क भारतीयको सम्पत्ति पाँच देखी २५ हजार अमेरिकी डलरको बिचमा रहेको छ।

यसलाई हामीले आम नेपाली दैनिकीमा हेर्दा फरक परिदृश्य देखिन्छ किनभने नेपालमा पनि सम्पन्नता, धन तथा राज्यका स्रोत र साधनको न्यायसंगत वितरण छैन। राजनीतिक दल, कर्मचारीतन्त्र र राज्यका सम्पूर्ण संयन्त्रमा रहेको भ्रष्टाचारका कारण देश र अर्थतन्न्र नै ओरालो लागेको छ। २०४६ सालको राजनीतिक परिवर्तन पछी नेपालमा भ्रष्ट्राचार र राजनीतिकरण बढेसँगै सार्वजनिक उद्योगधन्दाहरू बिक्रि तथा बन्द गर्ने क्रमले नागरिकहरुलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताले नेपाललाई झन गरिब बनाईरहेको छ। नेपालको व्यापार घाटा बढ्दो छ भने विदेशमा श्रम गरेर कमाएको पैसा दैनिक आवश्यकताका सामान आयातमा गईरहेकोछ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।