एनआरएन अष्ट्रेलियाले विद्यार्थी बारे माग्यो सुझाव

गैर-आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको हितमा कसरी प्रभावकारी ढंगमा काम गर्न सकिन्छ भनेर सार्वजनिक रूपमा नै सुझाव संकलन थालेको छ। अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूले अष्ट्रेलियामा रहेका स्थापित नेपालीहरूको संस्थाले आफूहरूको हितमा कुनै काम नगरेको बताउँदै आएका छन्। उनीहरूले आफ्ना कार्यक्रमहरू सफल बनाउन मात्र विद्यार्थीहरूलाई प्रयोग गर्ने गरेको भनेर विद्यार्थीहरूको समुहमा चर्को आलोचना भएपछी एनआरएन अष्ट्रेलियाले यसखालको सुझाव लिन लागेको हो।  
विधार्थीहरुको भलाई तथा पेशागत क्षमता विकास (करिअर डेभलपमेन्ट)का लागी चालु तथा भविष्यमा गर्न सकिने कार्यक्रमका लागी नीति बनाउन हालका लागी अनलाईन सर्वेक्षणलाई सुझाव संकलनको माध्यम बनाएको छ। अष्ट्रेलियाका सबै शहरहरूमा रहेका विद्यार्थीहरूलाई समेट्नका लागी एनआरएनले यसलाई माध्यम बनाएको जनाएको छ। एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले सर्वेक्षणमा अनलाइन मार्फत अस्ट्रेलियाभरका सबै नेपाली, सरोकारवाला विद्यार्थी, अभिभावक, विभिन्न क्षेत्रका विज्ञ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्था साथै कानुन , शिक्षा , कर, लेखा, स्वास्थ्य लगायतका परामर्श सेवा प्रदायक लगायतबाट सल्लाह तथा सुझावको अपेक्षा गरिएको बताए। खरेलले प्रेस विज्ञप्ती जारी गरेर एनआरएन अष्ट्रेलियाले पानी, यातायात साथै विभिन्न प्रकोप, वातावरण सहित मानव जीवनसँग सम्बन्धित अरू अत्यावश्यक क्षेत्रका विज्ञबाट समेत सुझावको अपेक्षा गरिएको बताए। एनआरएन अष्ट्रेलियाले विद्यार्थी बारे माग्यो सुझाव - NepaliPage

एनआरएन अष्ट्रेलियाले सुझाव संकलनका लागी १७ जनवरी २०१९ देखी सुरू भएको अनलाइन सर्वेक्षणमा १ फेब्रुवरी २०१९ सम्ममा आफ्नो सुझाव दिन सकिने जानकारी दिएको छ। एनआरएनलाई उसका कार्यक्रम तथा भविष्यमा अपनाउनुपर्ने नीतिका बारेमा सुझाव दिन यो लिंकमा क्लिक गरेर अगाडी बढ्नुपर्नेछ  https://conta.cc/2FJ3nIn

 
एनआरएन अष्ट्रेलियाले आफ्नो स्थापनाकाल देखी नै यहाँ पढ्न र कामका लागी आउने विद्यार्थी लगायतका नेपालीहरूका लागी विभिन्न कार्यक्रम र सहयोग गर्दै आइरहेको छ। नेपाल सरकारको नीति तथा गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को विधान अनुसार अष्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थीहरू एनआरएनको सदस्य बन्न सक्दैनन्। तर पनि अष्ट्रेलियाको वस्तुस्थितिलाई हेरेर आफ्नो विधान परिमार्जन गर्दै एनआरएन अष्ट्रेलियाले भने विधार्थीहरुलाई मत दिन नपाउने सदस्य (नन भोटिंग मेम्बर)का रूपमा ‘एशोसिएट मेम्बरसिप’को व्यवस्था गरेर संस्थासँग जोडेको खरेलले बताए। एनआरएन अष्ट्रेलियाले सन् २०११ देखी यता २०१८ सम्ममा एकलाख २० हजार अष्ट्रेलियन डलर भन्दा धेरै रकम विद्यार्थीहरूलाई सहयोग गरेको छ। विशेष गरेर विद्यार्थीहरूको निधन भएको अवस्थामा एनआरएनले शव नेपाल लैजान सहयोग गर्ने गरेको छ। विद्यार्थिहरूको कल्याणको लागी भनेर एनआरएन अष्ट्रेलियाले ‘वाक फर वेलफेयर’ कार्यक्रम समेत अष्ट्रेलियाभर गरेको थियो।

एनआरएन अष्ट्रेलियाले विद्यार्थी बारे माग्यो सुझाव - NepaliPage

नेपाल बाहिर स्थायी रूपमा नै नेपालको नागरिकता त्यागेर वा नत्यागी बस्ने नेपालीहरूको विश्वव्यापी संगठनका रूपमा रहेको एनआरएनको अष्ट्रेलिया शाखामा एजुकेशन कन्सल्टेन्सी संचालकहरूको नै बोलवाला रहेकाले पनि संस्थाले विद्यार्थीको हितमा काम गर्न नसकेको आरोप लाग्दै आएको छ। त्यस्तै धेरै एजुकेशन कन्सल्टेन्सी संचालकहरूले विद्यार्थीलाई सहि सुझाव र सूचना नदिने गरेको नि आरोप छ।  
 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …