नक्कली बिहेको आरोपमा नेपाली पक्राउ

अमेरिकामा ‘ग्रिनकार्ड’को लागी नक्कली बिहे गरेको आरोपमा एक २७ वर्षिय नेपाली पक्राउ परेका छन्। क्यालिफोर्नियामा बसोबास गर्दै आएका ईआईलभ श्रेष्ठ अमेरिकी स्थायी आवाशका लागी बैवाहिक ठगी (म्यारिज फ्रड)को आरोपमा पक्राउ परेका हुन्। उनी गत साता पक्राउ परेको अमेरिकाको बंगोरडेलीन्युजडटकमले जनाएको छ। समाचार अनुसार उनले २८ वर्षिय अमेरिकी नागरिक मरिना मुशरोसँग अमेरिकी ‘ग्रिनकार्ड’ पाउने आशामा पैसा तिरेर २५ जुन २०१८ मा बिहे गरेका थिए। अमेरिकामा ‘ग्रिनकार्ड’ भनेको अष्ट्रेलियाको ‘पीआर’ जस्तै लामो समयसम्म बसोबास तथा काम गर्न पाउने अनुमती हो। अमेरिका पुगेका धेरैको पहिलो जोड नै ‘ग्रिनकार्ड’ लिने हुन्छ।

श्रेष्ठले मुशरोलाई एउटा अनलाईन फोरम मार्फत भेटेका थिए जहाँ मुशरोले आफू अमेरिकी ‘ग्रिनकार्ड’ खोजिरहेको जो कसैसँग पनि पैसा लिएर बिहे गर्नको लागी तयार रहेको भन्ने विवरणको विज्ञापन छापेकी थिईन।मुशरो र श्रेष्ठबीच अमेरिकी डलर १३ हजारमा बिहेको सम्झौता भएको थियो। अमेरिकी न्याय विभागको दस्तावेजका अनुसार मुशरोको विज्ञापनको आधारमा श्रेष्ठले १३ जुन २०१८ मा उनलाई सम्पर्क गरेका थिए र २५ जुनमा उनीहरू बीच बेवर मेनमा विवाह भएको थियो। न्याय विभागको दस्तावेजमा बिहे अघी र पछी मुशरोले अमेरिकाको फरक राज्यमा बसोबास र काम गरिरहेका श्रेष्ठबाट विभिन्न समयमा पैसा प्राप्त गरेको उल्लेख छ।

उनीहरूको यसखालको बिहेको खुलासा मुशरोले ह्याम्डेनको स्थानिय प्रहरीको सोधपुछमा आफू फाइदाको लागी गरेको विवाहको सम्बन्धमा रहेको बताएकी थिईन। उनको यसखालको बयान पछी अमेरिकाको ‘होमल्याण्ड सेक्युरिटी’ले श्रेष्ठको खोजीलाई अघि बढाएको थियो। उनी गतसाता मात्र पक्राउ परेको बंगोरडेलीन्युजडटकमको समाचारमा उल्लेख छ। श्रेष्ठ सान जोसेको अदालतमा ११ जनवरीमा उपस्थित भएर ५० हजार डलर धरौटीमा छुटिसकेका छन्। उनले आफ्नो तर्फबाट कानुनी प्रतिवादका लागी वकिल राख्न बाँकी नै छ। नक्कली बिहेको आरोपमा नेपाली पक्राउ - NepaliPage

यतिखेर नक्कली बिहेको मामलामा प्रहरीले पक्राउ गरेर अदालती धरौटीमा रहेका श्रेष्ठ सन् २०१५ मा अमेरिका पर्यटक भिजामा गएका थिए। उनी अब जनवरी २८ मा बंगोरको अदालतमा हाजिर हुनेछन्। यदी उनलाई लगाईएको अमेरिकी ‘ग्रिनकार्ड’को लागी नक्कली बिहे गरेको आरोप प्रमाणित भएर उनी दोषी देखिएमा उनलाई अधिकतम पाँच वर्षको जेल वा दुईलाख ५० हजार अमेरिकी डलर जरिवाना हुनसक्छ। उनी अमेरिकाबाट देश निकाला पनि हुनसक्छन्। अभियोग प्रमाणित भए उनीसँग नक्कली बिहे गर्ने अमेरिकी नागरिकस मुशरोलाई समेत उनलाई जत्ति नै सजायँ हुनेछ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …