चिनियाँ विद्यार्थी घट्दैछन् अष्ट्रेलियामा

नेपाल अष्ट्रेलियाको लागी अन्तर्राष्ट्रिय विद्यार्थीको स्रोत राष्ट्रका रूपमा तेस्रो ठूलो स्रोतका रूपमा दरिएको छ। पछिल्ला तथ्यांकहरूले अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीको संख्या बढिरहेको देखाएका छन्। अष्ट्रेलिया पढ्नका लागी भिजा निवेदन दिने साथै त्यसका लागि तयारी गर्ने नेपालीको संख्या दिनानुदिन बढिरहेको छ। नेपालमा अष्ट्रेलिया पढ्न आउन चाहनेको संख्या बढिरहँदा अष्ट्रेलियाको प्रमुख विद्यार्थीको स्रोत मुलुक चिनबाट भने विद्यार्थी कम आउने पूर्वानुमान अष्ट्रेलियाका विश्वविद्यालहरूले गर्न थालेका छन्।

 

चिन आफैले उच्चशिक्षा तथा विश्वविद्यालयहरूमा बढाउन थालेको लगानीका कारण चिनबाट अष्ट्रेलिया पढ्न आउने विद्यार्थी मात्र होईन अन्तर्राष्ट्रिय शिक्षा बजारमा समेत चिन दरो खेलाडीका रूपमा प्रतिस्पर्धामा उभिने अनुमान छ। शनिबारको दि सिड्नी मर्निङ हेराल्डले यूनिभर्सिटी अफ न्यू साउथ वेल्सका प्राध्यापक इएन ज्याकब्सलाई उदृत गर्दै भनेको छ, चिनले विश्वविद्यालय स्थापना र अनुसन्धान प्रतिभामा व्यापक लगानी गर्न थालेकाले पछिल्लो समय चिनबाट आउने विद्यार्थीको संख्या घटिरहेको उल्लेख गरेको छ। दि सिड्नी मर्निङ हेराल्डले ज्याकब्सको भनाईलाई आधार मान्दै लेखेको छ, चिन बाहेक अमेरिका, वेलायतबाट आउने विद्यार्थीको संख्यामा पनि गिरावट आउने तर त्यसलाई अन्य मुलुकहरूका विद्यार्थीहरूबाट पूर्ति गर्न सकिन्छ।

 

सिड्नी मर्निङ हेराल्डको समाचारमा ज्याकब्सको आगामी दशकमा चिनियाँ विद्यार्थीको आगमन संख्या क्रमश: घट्ने अनुमान सँगै चिनबाट अहिले नै ‘अण्डरग्र्याजुएट’ विद्यार्थीहरू आउनेक्रम घटेको भनाई उल्लेख छ। यद्यपी अहिले नै चिनको पूर्वाधार र प्रणालीले विद्यार्थीको चाप थाम्न नसक्ने विश्लेषण गरिएको छ। गर वर्ष मात्र चिनले दुईसय २२ बिलियन डलर भन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेको छ। जुन उसको रक्षा बजेको हाराहारी नै हो। पछिल्लो समयमा चिनले अनुसन्धान र विदेशी विद्यार्थीहरूलाई पढ्नका लागी छात्रवृत्तिमा समेत लगानीलाई ह्वात्तै बढाएको छ। नेपालमा समेत चिनको आर्थिक प्रभावसँगै नेपाली पत्रकार र राजनीतिक दल निकटका विद्यार्थीहरूलाई समेत दिने छात्रवृत्तिको संख्या बढाएको छ। यसबाहेक चिनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा पर्ने देशहरूमा पनि यस्तो संख्या बढेको छ।

 

गत वर्ष चिनबाट एकलाख २५ हजार चिनियाँ विद्यार्थी अष्ट्रेलियाका विभिन्न शैक्षिक प्रतिष्ठानमा भर्ना भएका थिए। चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्र ३९ हजार भन्दा धेरै चिनियाँ विद्यार्थीले अष्ट्रेलियामा पढ्नका लागी भिजा पाईसकेका छन्। छ महिनाको तथ्यांकमा चिन पछि भारत र नेपाल धेरै विद्यार्थी अष्ट्रेलिया पठाउने मुलुकमा पर्दछन्। यो समयावधिमा भारतका २९ हजार छ सय ६९ र नेपालका १४ हजार पाँचसय ९४ विद्यार्थीले अष्ट्रेलियाको विद्यार्थी भिजा पाएका छन्। शिक्षा अष्ट्रेलियाको तेस्रो ठूलो निर्यातको क्षेत्र हो, सन् २०१७ मा मात्र यसको आर्थिक भार ३० बिलियन डलर भन्दा धेरै थियो।

 

अष्ट्रेलियामा वाणिज्य तथा प्रविधिको क्षेत्रमा पढ्न आउने चिनियाँ विद्यार्थीको संख्या धेरै छ। अहिले सम्म अष्ट्रेलियाका राम्रा र महँगा विश्वविद्यालयका विद्यार्थीमा चिनियाँहरूको संख्या धेरै छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा …