अष्ट्रेलियाको ३० बिलियन डलर भन्दा धेरैको अर्थतन्त्रको हिस्साको एउटा दह्रो खाँबोका रूपमा एजुकेशन कन्सल्टेन्सी रहेका छन्। भने, अष्ट्रेलिया पढ्न आउने विद्यार्थीहरूको लागि पनि उनीहरू त्यति नै महत्वपूर्ण आधार हुन्। किनभने नेपाल वा अन्य कुनै देशबाट अष्ट्रेलिया पढ्न आउने विद्यार्थीको लागी अष्ट्रेलियाको शिक्षा प्रदायकसँगको सम्पर्क र यहाँका विषयहरूको विषयमा जानकार व्यक्तिका रूपमा विद्यार्थीहरूले उनिहरूलाई लिएका हुन्छन्। नेपालमा त एजुकेशन कन्सल्टेन्सी नै अष्ट्रेलिया वा अरू मुलुकमा पढ्न चाहने विद्यार्थीको लागी प्रमुख भूमिकामा हुन्छन्, कुन कलेज, कुन कोर्ष अनि कुन शहर सबैमा उनीहरूको छनौटलाई नै विद्यार्थीले मानेर आफ्नो भविष्य र उच्चशिक्षाको यात्रा तय गर्छ। त्यसैले पछि समस्या परेको खण्डमा विद्यार्थी र अभिभावकको आक्रोशको तारो र केन्द्रमा एजुकेशन कन्सल्टेन्सी नै पर्ने गरेका छन्। पछिल्लो घटना र चर्चाको विषय नै यसको उदाहरणका रुपमा हाम्रो सामु छँदैछ।
यति महत्वको क्षेत्र भईकन पनि अष्ट्रेलियामा एजुकेशन एजेन्ट, जसलाई हामी एजुकेशन कन्सल्टेन्सी भनेर बुझ्छौं, प्रत्यक्ष नियमनमा नरहेको व्यवसाय हो। तर पनि कानुनी र नैतिक हिसाब एजुकेशन कन्सल्टेन्सीहरू अभ्यास र गतिबिधीमा शिक्षा प्रदायक (कलेज तथा यूनिभर्सिटी) जिम्मेबार हुने प्रावधान छ। प्रभावकारिता हामीले देखिरहेकै छौं। जसले गर्दा एजुकेशन कन्सल्टेन्सीमा कन्सल्टेन्ट भनेर बस्नेहरूको योग्यता, उनीहरूले गरिरहेको अभ्यासका विषयमा सामाजिक संजालमा ‘फ्रस्टेसन’ उतार्ने बाहेक विद्यार्थिहरूसँग खास विकल्प हुँदैन। पछिल्लो समय अष्ट्रेलियाको संसदले गरेको माईग्रेसन तथा एजुकेशन एजेन्टहरूको नियमनसम्बन्धि कानुन तथा नियमहरूको प्रभावकारिता विषयमा गरेको अध्ययनका क्रममा एजुकेशन कन्सल्टेन्सीका विषयमा प्रस्तुत भएका गुनासो तथा उजुरीहरूले कन्सल्टेन्सीहरूले के के गरिरहेका छन् र गर्छन् भन्ने समेटेको छ। गत महिना प्रस्तुत भएको संसदिय छानबिन समितीको प्रतिवेदनले ‘ल काउन्सिल अफ अष्ट्रेलिया’ले आफ्ना सदस्य कानुन व्यवसायीले प्रस्तुत गरेको विवरणलाई समेटेको छ जसमा कानुन व्यवसायीहरूले एजुकेशन कन्सल्टेन्सी सञ्चालक यस्ता अनुचित गतिविधीमा संलग्न रहेको पाईएको भनिएको छ:
विद्यार्थीहरूलाई निश्चित विषयहरू पढ्दा अष्ट्रेलियाको पीआर हुने भनेर सुझाव दिने तथा त्यस्ता विषयममा पीआरको आशा वा भरोषा दिने। वास्तबमा त्यसो हुँदैन। त्यस्ता विषयहरू लामो समय पढ्नुपर्ने हुने र आर्थिक हिसाबमा एजुकेशन एजेन्टलाई आकर्षक फाईदा दिने खालको हुने गरेको।
निवेदक तथा विद्यार्थीहरूलाई ‘स्पोन्सर’का लागी काम वा त्यस्ता परिवार खोज्नको लागी आवश्यक समय बनाउनका लागी विद्यार्थी भिजा ‘अप्लाई’ गर्न सुझाव दिने गरेको।
विद्यार्थी तथा भिजा निवेदकहरुलाई ‘जेन्युइन टेम्पोररी इन्ट्रान्ट’ दाबीलाई बलियो बनाउनका लागी निवेदनमा समावेस गर्नुपर्ने कुराहरू सिकाउने गरेको। जस्ता दाबीहरूको कुनै सत्यता नहुने वा आंशिक सत्यता हुने।
विद्यार्थी तथा निवेदकहरूलाई उनीहरूको अवस्था र स्थितीका आधारमा मिल्न सक्ने र उनीहरूको हितमा रहेका सूचना तथा सल्लाहहरू नदिने। जस्तो कि दोस्रो पटक विद्यार्थी भिजामा जानुको सट्टा होलिडे भिजा वा कामदार भिजामा जान सकिने संभावनाहरू।
जानि जानि र थाहा पाएरै पनि विद्यार्थीहरू जो साँच्चिकै प्रेम (लिभिङ टुगेदर) सम्बन्धमा छन् तापनि साबित गर्नका लागी ठोस प्रमाणहरूको अभाव भन्दै (त्यसलाई साबित गराउने भन्दा) उनीहरूलाई सँगै अष्ट्रेलिया जाने बस्ने अवस्था बनाउन फरक फरक विद्यार्थी भिजा निवेदन गर्न लगाउने। यस्तो गर्दा एजुकेशन एजेन्टलाई अष्ट्रेलियाका कलेज वा यूनिभर्सिटीबाट आउने कमिसन दोब्बर हुन्छ।
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally
Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.
अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।