मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

क्यानबेराका फूलहरू !

पुष्पाणि सुन्दराणि इति जनैः मन्यन्ते। तेषां सुगन्धं जनानां चित्तम् आह्लादयति। अतः एव ते उपवनेषु पुष्पाणि निरोपयन्ति। ललनाः पुष्पाणि स्वकेशेषु धारयन्ति। भक्ताः देवेभ्यः पुष्पाणि अर्पयन्ति। जनाः पुष्पाणि पुष्पधानीषु स्थापयित्वा स्वगृहाणि भूषयन्ति। स्पष्ट नबुझेपनि फूलको बारेमा फूलको उपयोग केका लागी गरिने रहेछ भन्ने त पक्कै लख काट्नुभयो होला। संस्कृतमा भनिएको कुरा उही हो जुन हामी दैनिक गरिरहेका हुन्छौं। फूल सुन्दरताको उपमा त …

Read More »

नझुक्किनुस वाइवाइमा…

‘हुलास चामल अमेरिकामा पनि…’ कलाकार सन्तोष पन्तले यसरी टेलिभिजन विज्ञापनमा बोल्दा ल सियो बन्दैन भनेको देशको चामल अमेरिका सम्म पुग्ने भएछ भनेर सानोमा कम्ता खुसी लाग्थेन। जब ठूलो भएर बुझ्ने भइयो थाहा भयो हामी नेपालीले कृषि प्रधान देश भनेर पढे पनि चामल चाहिँ भारतबाट आयात गरेर नै खाने रहेछौं। अझ थाहा भयो २०४६ सालमा प्रजातन्त्र आएपछी गणतन्त्र आउने समय सम्ममा …

Read More »

माईग्रेसन एजेन्ट छान्दा ध्यान दिनुपर्ने ४ कुरा

माईग्रेसन, अर्थात् बसाईं सराईं। मानव सभ्यताको विकाससँगै यो एउटा नियमित प्रक्रियाको रूपमा अगाडी बढ्दै आईरहेको छ। माईग्रेसन वास्तवमा मानविय विकास प्रक्रिया हो। मानिसले सुख, सुविधा र स्रोतलाई मुख्य मानेर आफ्नो बसाईंलाई स्थानान्तरण गर्दै आएका छन्। भौतिक विकास र यातायातको सुविधाले यो क्रमले सिमाना र भूगोल नाघ्ने क्रममात्र पछिल्लो समय बढेको हो। पहिले पहिले ब्रिटेन देखी भारत र लाहौर सम्म नेपालीहरू …

Read More »

आजको जनगणनामा भाग लिन नभुल्नुस है

अष्ट्रेलियामा हरेक पाँच वर्षमा हुने जनगणना आज राती हुन लागिरहेको छ। अगस्त ९ को रात हुने जनगणनाको लागी तपाईंको घरको लेटर बक्समा केही दिन अघी नै अष्ट्रेलियन तथ्यांक विभागले एउटा चिठी पठाई सकेको थियो सायद तपाईंले सुरक्षित राख्नुभएको होला। त्यही चिठीमा रहेको १२ अंकको पासवर्ड प्रयोग गरेर अष्ट्रेलियाको आजको जनगणनामा सहभागी हुने हो। ‘ला त्यो चिठी त मैले फालिदिएँ त’ …

Read More »

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइट

नेपालमा देख्ने र सुन्ने भन्दा धेरै फरक छ अष्ट्रेलियाको अवस्था विशेष विद्यार्थि भिषामा आउनेका लागी। कामको शैली, उपलब्धता अनि प्रकृतीको फरकपनको कारण नेपालमा रहँदा परेको अष्ट्रेलियाको आकर्षण सुरूको केही महिनामा नै जमिनमा खसेर धुजा धुजा नै हुन्छ। (यहाँ हेर्नुस नेपाली विद्यार्थीको अनुभव) नेपालमा अष्ट्रेलिया पुगेपछी त जे पनि गरिन्छ भन्ने हुन्छ। त्यसमा एजुकेशन कन्सल्टेन्सीले नि साताला २० घण्टा काम गर्न पाईन्छ अनि घण्टाको २० डलरको दर भनेर सुनाएपछी त मख्खै पो परिरहीएको हुन्छ। नेपालमा बसेर हिसाब गर्दा सबै म्यानेज हुने देखिए पनि यहाँ अष्ट्रेलिया आएको पाँच देखी छ महिना सम्म काम नपाउने सम्भावना पनि हुनसक्छ। काम नै पाएको छैन भन्नेको संख्या पनि धेरै नै छ। यहाँबाट हेर्नुस अष्ट्रेलियाको मेलबर्नमा स्टुडेन्ट भिजामा आएका नेपाली विद्यार्थीके भन्छन् (यहाँ क्लिक गर्नुस) काम नपाईने साथै खर्च र यहाँको समाज, शैलीसँग परिचित हुन केही समय लाग्ने भएपनि अष्ट्रेलिया गर्न सक्नेका लागी लरोतरो विकल्प चाहिँ होईन। तर त्यसका लागी नेपालबाट आर्थिक व्यवस्थापन सँगै यहाँ काम लाग्ने शीप समेत सिकेर आउनु उपयुक्त हुन्छ। जसले यहाँ अष्ट्रेलियामा रहन बस्न सजिलो गराउँछ तर यी सबै भन्दा महत्वको कुरा हो नेपालमा अष्ट्रेलिया आउनु अघी नै यहाँका कुराहरू जानेर आउनु। त्यसका लागि हरेक विद्यार्थीले आफ्नो करिअर, अर्थतन्र साथै परिवार र अष्ट्रेलियामा भविष्य लगायतका बारेमा सानो तिनो अनुसन्धान नै गरेर आउनु राम्रो हुन्छ। अष्ट्रेलियाको पढाई, काम र सामाजिक व्यवाहर जान्नको लागी न त अष्ट्रेलियामा रहेकालाई सोध्नुपर्छ न त कन्सल्टेन्सी नै धाउनुपर्छ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका वेवसाइट र कामदार खोज्ने साइटहरू अष्ट्रेलिया आउने योजना बनाउँदा नै हेरेको खण्डमा पनि धेरै कुरा थाहा पाउन सकिन्छ। सामान्य पनि अष्ट्रेलिया आउने सोच बनाउनु भएको छ भने यी छ वटा वेबसाइट हेरेर यहाँको बारेमा पहिले बुझ्नुस् :

Read More »

अष्ट्रेलियामा विकेण्ड

सप्ताहन्त, अर्थात विकेण्ड। अष्ट्रेलियामा यसको छुट्टै पो महत्व छ त। साताको दुई दुई दिन बिदा हुने देश जो परयो। शुक्रबार देखी नै यहाँका होटल, पब र रेष्टुरेन्टहरूमा विकेण्ड लाग्छ, बोटल फोरिन्छन्, गर्लफ्रेण्ड फेरिन्छन् अनि बैंक कार्डको क्रेडिट फेरिन्छ। उही रहने त शरिर र सोमबार देखीको काम गर्ने शैली र व्यस्तता मात्रै। धोकेर, बोकेर, ठोकेर, झुमेर, घुमेर, खेलेर, झेलेर, वाइन ओमन सबमा भुले पनि आईतबार मध्य दिनमा घर फर्केपछी विधिपूर्वक सकिन्छ एउटा अष्ट्रेलियन विकेण्ड। त्यो सिड्नीमा पनि उही हो अनि मेलबर्न, क्यानबेरा र पर्थमा पनि उही हो। तर फरक के भने यहाँ बस्नेको वर्ग र हैसियत अनुसार विकेण्ड फरक हुन्छ, गतिविधी के गरिन्छ भन्ने। हामी नेपालीहरू मध्ये सबैको यस प्रतिको धारणा चैं आफ्नो वर्ग र यहाँको सेटलमेन्ट हेरेर फरक फरक छ, हुनसक्छ। तर पनि सबैको लागी विकेण्डका दुई दिनले साताका अरू पाँच दिन भन्दा फरक नै महत्व राख्छ। बिदाको समय भएकाले आफन्त साथीभाई भेटघाटको अवसर जुटाउन पनि सकिन्छ भने यी दुई दिनमा काम गरेर साताका अरूदिनमा भन्दा धेरै कमाउन सकिन्छ। ट्याक्समा काम गर्नेहरूका लागी रोजगारदाताले यी विकेण्डका दुई दिन अरू दिन भन्दा धेरै नै बढी पे गरिरहेका हुन्छन्। त्यसैले नर्सिङ तथा अरू सेवा क्षेत्रमा काम गर्नेले सितीमिति विकेण्डका समयमा पाएको सिफ्ट छोड्दैनन्। र, छोड्नु पनि हुँदैन। यहाँ आएको नै पैसा कमाउन र जिवनमा सम्पन्ता ल्याउन जो हो।

Read More »

यहाँबाट हेर्नुस्, कोल्स, टार्गेट, बनिङ्स, केमार्टमा भ्याकेन्सी

कोल्स, बनिङ्स, अफिसवर्क्स, टार्गेट, केमार्ट। हाम्रा दिन यीनको नाम नसुनी, यीनका स्टोरमा नगईकन सकिँनै सक्दैनन्। दैनिक आवश्यकताका सामान खरिदका लागी यी हाम्रा आवश्यकता हुन्। हामी जस्ता हजारौंले सयौं थरीका सामान हरेक दिन किन्छन् यहाँ। मानिको आवतजावत त सामानको बिक्रीसँगै यी राम्रा व्यवसाय हुन्। अनि हुन् राम्रा रोजगारदाता जो हामीलाई काम लगाउन र त्यसको यथोचित मूल्य दिन पनि चाहन्छन्। अष्ट्रेलियाको ठुला मध्येको एक सार्वजनिक कम्पनि वेशफामर्सको स्वामित्वमा रहेका उल्लेखित र अरू १६ कम्पनिहरू काम र दाम मात्र होइन करिअर विकासको लागी पनि उपयुक्त स्थल हुन्। वेशफामर्स अष्ट्रेलियाको ठूलो कम्पनि मात्र हैन ठूलो रिटेल चेन पनि हो अनि नीजि क्षेत्रको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी। वेशफामर्सको सन् २०१५ को वार्षिक प्रतिवेदनका अनुसार यसका २ लाख ५ हजार भन्दा धेरै कर्मचारी छन्। वेशफामर्स अन्तर्गतका कम्पनीहरूले नियमित जस्तो भ्याकेन्सी खोलीरहेका हुन्छन् उनीहरुको करिअर पेजमा राखिने यस्ता रोजगारका अवसरहरू तपाईंको लागी पनि उपयुक्त हुनसक्छ। अष्ट्रेलियामा केही समयको अनुभव छ र भाषामा दक्षता छ भने यी कम्पनीका अवसर तपाईंको लागी हुन सक्छ। त्यसका लागि साप्ताहिक रूपमा यी १६ वेबसाइटमा अवसरहरू छन् छैनन् हेर्नुस्।

Read More »

नेपाली हुलाकले अष्ट्रेलियाको घर-घरमा ल्याइदिन्छ सामान

अष्ट्रेलियामा भरखरै आएका हुन् या यतै एक दुई दशक बिताएका सबैलाई फिल हुने कुरा धेरै हुन्छन्। ती मध्ये नेपालको जस्तो कपडा, शैली धेरै मिस हुन्छन् विशेष गरेर चाडवाडमा। लगाउनका लागी कपडा अनि घरमा राख्नको लागी नेपालमा बनेका सामानहरू। भगवानका मूर्ति पनि हुनसक्छन् अनि सजावटका सामान पनि। जुन अष्ट्रेलियामा किन्न पाईंदैन, नेपालबाट ल्याउनको लागी ल्याइदिने मानिस पनि भेटिंदैन। नेपालमा किनेर पठाइदिने आफन्त जति पनि भेटिन्छन्, हुन्छन् तर ल्याइदिने भने पाउन गारो नै हुन्छ। किनभने प्लेनबाट आउनेले ३० देखी ४० केजी मात्र सामान ल्याउन पाउँछन् त्यती सामान चैं आफ्नै हुन्छ। अरूको लागी दुख कसले बेसाइ दिओस्। अष्ट्रेलियाको विभिन्न सवअर्वमा बस्ने नेपालीका लागी दशैं, तिहार, तीज अनि अरु नेपाली चाडपर्वमा नेपाली सामान अनि कपडाहरूले निक्कै महत्व राख्छन्। नेपालबाट पहिलो पटक आउनेहरूले सुरूमा नल्याएका धेरै चिज हुन्छन् जुन यहाँ काम र बसाईंमा सेटल भएपछी आवश्यक बन्छ तर सजिलै नेपालबाट ल्याउने उपाय पत्तो लाग्दैन। नेपालबाट कसरी कुरीयर गरेर ल्याउने पनि थाहा हुँदैन अनि कुन कुन कम्पनीले कतिमा कसरी ल्याइदेला भन्ने थाहा पाउन पनि गाह्रो नै हुन्छ, किनकी धेरै समय काममा नै बिताउनु पर्ने आवश्यकता पनि छ र बाध्यता पनि। त्यसमाथी पढाई। एसाइनमेन्टको प्रेसर र तनावको त कुरै नगरूम। यस्तै धेरै अष्ट्रेलियन जिवनका आरोह अवरोहमा हामी धेरैलाई थाहा नभएको वा ख्याल नगरेको कुरा के हो भने नेपालबाट कुनै पनि सामान ल्याउनको लागी सजिलो उपाय छ, झण्झट पनि नहुने र घरमा नै आईपुग्ने। न कसैलाई फोन गर्नु पर्छ न त कतै सामान बुझ्न तथा लिनको लागी नै जानु पर्छ। साथै लाग्ने पैसा पनि सस्तो छ। त्यो हो नेपालको हुलाक। नेपालमा धेरैले हुलाक सेवाको प्रयोग गर्दैनन्। त्यसमा पनि अष्ट्रेलिया आएकाहरूले त गरेको आशा अलिक कम नै राख्दा हुन्छ। नेपालको हुलाक सेवा विभाग, त्यसका हाकिम अनि संचार मन्त्रालयका अधिकारी र मन्त्रीलाई पनि केही भेउ नहोला हुलाकलाई कसरी प्रयोग गर्नुपर्छ र यसको सेवा कसरी लिने यसले सेवा कसरी दिने तर तपाईं हामी अष्ट्रेलियामा बस्नेलाई थाहा छ हुलाकको प्रयोग कसरी गर्नुपर्छ। अष्ट्रेलिया पोष्टले त्यसको राम्रो उदाहरण दिएको छ संसारलाई नै कसरी व्यवसायिक बनाउने हुलाकलाई भनेर।

Read More »

यस्तो हो अष्ट्रेलियाको पीआर लिस्टको कुरो, नेपालबाटै गर्न सकिन्छ एप्लाइ

अष्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेका लागी लक्षित गरेर अष्ट्रेलिया सरकारले अार्थिक वर्ष २०१६-२०१७ का लागी दक्ष जनशक्तिको सूचि (स्किल्ड अकुपेसन लिस्ट (एसओएल)) सार्वजनिक गरेको छ। अष्ट्रेलियाले सार्वजनिक गरेको स्किल्ड अकुपेसन लिस्ट (एसओएल) र कन्सोलिडेटेड स्पोन्सर्ड अकुपेसन लिस्ट (सिएसओएल) यही वर्ष २०१६ को १ जुन देखी लागु हुनेछ। अष्ट्रेलियाको लागि यो दक्ष पेशाको सूचि मात्र हो भने अष्ट्रेलिया बसाईं सर्न चाहनेका लागी यो पीआर लिस्ट नै हो। जसमा योग्यता पुगेका व्यक्तिले कम पैसा खर्च गरेर नै अष्ट्रेलिया माइग्रेट हुन सक्छन्। विद्यार्थी भिजामा अष्ट्रेलिया आउनु र पीआर लिनु भन्दा निक्कै सजिलो र कम खर्चको हुने भएकाले धेरैले यसलाई माध्यम बनाउने गरेका छन्। नेपालबाट नै सिधै अष्ट्रेलियाको पीआर लिएर आउनेहरूले यही सूचि र पेशाको आवश्यकता अनुसारको प्रक्रिया अपनाएर आउने हुन्। थप पढ्नुहोस्

Read More »

फेसबुकका भित्तासँगै आमाका हँसिला मुहारहरु

विदेश भन्ने बितिकै छिटो-छिटो आफ्नो गन्तव्य तिर हतार-हातर गरेर हिडिरहेका मानिसहरुको हूल दिमाग मा घुम्न थाल्छ, किनभने मैले बच्चा बेलाबाटै सिनेमा मा तेस्तै देख्दै आएको थिए। यहाँ समय को ईज्जत गर्ने मान्छे हरुको बसोबास छ, दौड धुप अनि हतार मै समय बितेको पत्तो हुन्न। आज कामबाट अलि चाडै आए अनि थकित भएर बेडको एक छेउमा लडिरहेको मेरो ल्यापटप खोले ,बिचरो ल्यापटप दिनभरि फुर्सद हुन्न एस्लाई। अनि हत-पत ल्यापटप खोले, यता आउनु भन्दा पहिलाको फोटो हरु खोज्न थाले, अनि अचानक आज भन्दा करिब चार वर्ष अगाडी आमा सँग खिचिएको मेरो फोटो पाए। अनि फेसबुक को भित्ता मा पछारे, प्रसङ्ग आमा को मुख हेर्ने दिन को थियो। आजभोली चलन नै नया आएको छ। बिहानै फेसबुक बाटै १ लाइक गरेर कैले पशुपति कैले मनकामना अनि कैले पाथीभरा को दर्शन गरिन्छ। जे होस् दर्शन गर्न लाईन पनि बस्न परेको छैन, अनि मन्दिर सम्म पुग्दा लाग्ने समय र लागत नि बचेको छ। कहिलेकाही त लाग्छ भगवान लाई मेरो गोजी को अवस्था राम्रैसग थाहा भएर होला एस्तो दर्शन गर्ने प्रचलन चलाउनु भएको। आज भोलि जन्मदिन पनि फेसबुक मा फोटो हालेर मानिन्छ, आमा -बुबा को मुख हेर्ने दिन पनि फेसबुकम़ा फोटो हालेर मानिन्छ, येस्तै गतिमा जाने हो भरे त कुनदिन बाट श्राद्ध पनि फेसबुक बाटै पिण्डको फोटो अपलोड गरेर गर्ने दिन नि नआउला भन्न सकिन्न। आमा ले बच्चा बेलामा मलाई नुहाईदिदै भन्नु हुन्थ्यो यति गरेर हुर्कायो नि पछि बुढी ल्याएपछि छाडेर गइहाल्छस्। हुन नि मैले आमालाई बेलैमा छाड्नु पर्यो तर कारण मेरी श्रीमती नभएर मेरै पढाई थियो। मेरी आमा जसले खासै पढने मौका पाउनु भएको थिएन, तर पनि उहाँले मलाई घर भन्दा टाढा काठमाण्डौं पढन पठाउनु भयो। उहाँलाई पढाइको महत्व राम्रो सँग थाहा थियो। अनि त्यसपछि दसैँ बाहेक अरु चाड-पर्वमा सितिमिति घर पुगीदैनथ्यो। दिदीहरुले फेसबुक मै फोटो अपलोड गरेर भाईटिका लगाइएदिनुहुन्थ्यो, फेसबुक मै फोटो अपलोड गरेर राखी लगाइएदिनुहुन्थ्यो धन्न फेसबुकले गर्दा निधार र हात खाली राख्न परेन।

Read More »