पैसा

अष्ट्रेलियाको तीन ‘पी’ कुन रोज्ने ?

अष्ट्रेलिया, अब नेपालीका लागी विदेश हुन छोडिसक्यो। हरेक वर्ष २० हजार भन्दा धेरै नेपालीहरू अष्ट्रेलियामा अध्ययन तथा कामका लागी आउन थालेपछी अष्ट्रेलियामा नेपालीको संख्या सँगै अष्ट्रेलिया आफ्नै लाग्नु स्वभाविक हो। त्यसो त अष्ट्रेलियालाई नेपालीहरूले नेपालको ‘आठौं प्रदेश’ भन्न थालिसकेका छन्। नेपालीको अष्ट्रेलिया बसाईं र त्यसको नेपालमा प्रभावले यतिखेर नेपालमा अष्ट्रेलियाको ‘चार्म’ मात्र बढेको छैन अष्ट्रेलिया नेपालका हरेक जसो शहरी युवाको …

Read More »

कति कमाउनु हुन्छ तपाईं अष्ट्रेलियामा ?

नेपालीमा भनाई नै छ ‘लोग्ने मानिसको कमाई र स्वास्नी मानिसको उमेर नसोध्नु, तर अष्ट्रेलियामा धेरैको चासो भनेको अरूको कमाईमा नै हुने गर्दछ। नेपाली नेपाली बिच कमाउने र देखाउनेको प्रतिस्पर्धा नै छ। त्यति मात्र कहाँ हो र? अष्ट्रेलियामा आफूभन्दा साना वा पछी आएकाहरूले कमाएको देखेर जल्ने र छिर्के हान्न खोज्नेको पनि कमि छैन। काम र ‘सबकन्ट्र्याक्ट’को कुरामा यस्तो प्रतिस्पर्धाले नेपाली नेपालीमा …

Read More »

अष्ट्रेलियन संसारकै धनी, नेपालीको सम्पत्ति पाँचलाख हाराहारी

अमेरिकालाई शक्ति र सम्पत्तिको हिसाबमा संसारकै महाशक्ति मानिन्छ। संसारकै सबैभन्दा धेरै करोडपति र अर्बपतिको बसोबास भएको देशका रुपमा रहेको छ अमेरिका। अमेरिकाको सम्पन्ता र बैभवको आधार त्यही हो भन्दा पनि फरक नपर्ला। तर, कुनै पनि देश र समाजको सम्पन्नताको आधार के लाई मान्ने भन्ने कुराले पनि सम्पन्न र धनी देशको सूचिमा फरक पर्न सक्छ। यदी देशको जनसंख्याको ठूलो हिस्साको सम्पन्नता …

Read More »

बचत गर्ने अहिले नै हो

नहतारिनुस् ट्याक्स रिटर्न गर्न - NepaliPage

आर्थिक बचतको कुरा आउँदा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी तथा नव प्रवेशीहरूमा कमाई र बचत भनेको स्थायी बसोबास (पीआर) पाईसकेपछी गर्ने कुरा हो, विद्यार्थीका रूपमा रहँदा पैसा जोगाउन नै सकिन्न भन्ने धारणा रहेको पाईन्छ। हुन पनि विद्यार्थीका रूपमा अष्ट्रेलिया प्रवेश गर्दा यहाँको खर्च र आमदानीसँग पढाईको ‘प्रेसर’लाई तादात्य मिलाउन निक्कै मुस्किल हुन्छ। तर, यदी नेपालबाट अष्ट्रेलिया आउँदा राम्रो सुझाव र योजना …

Read More »

काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्

‘श्रम शोषण’ नेपाल मात्र होईन तेस्रो विश्वको आम समस्या हो। नेपाल र नेपाल जस्तै अतिकम विकसित मुलुकहरूमा मालिकहरू श्रम शोषणलाई अधिकारको रूपमा नै लिने गरेको उदाहरण र अभ्यास दुवै देख्न सकिन्छ। नेपालमा श्रम शोषणको अवस्था यस्तो छ कि समाजको आँखा अनि राज्यको चौथो अंग भनेर गमक्क पर्ने पत्रकारहरूले नै कार्यालयबाट महिनाभर काम गरेको तलब पाउने अवस्था छैन। रेडियो र टिभीको कुरा …

Read More »

५ डलरको नोटलाई लिएर हंगामा

रिजर्ब बैंक अफ अष्ट्रेलियाले नयाँ ५ डलरको नोट सार्वजनिक गरेपछी सामाजिक संजालमा हंगामा सृजना भएको छ। मंगलबार बैंकले १ सेप्टेम्बरबाट प्रचलनमा आउने नोटको डिजाईन सार्वजनिक गरेको हो। नयाँ नोटमा रहेको रानी एलिजावेथको फोटो, पार्लियामेन्ट हाउस साथै नयाँ राखिएका चरा र पहेंलो रंगको एक प्रकारको जिवाणुको तस्वीर धेरैलाई मन परेको छैन। अष्ट्रेलियामा पहिलो पटक ५ को नोट अष्ट्रेलियन पाउन्डको रूपमा सन् १९६७ मा छापिएको थियो। पछी यसलाई डलरको रूपमा छाप्न थालिएको हो। नयाँ नोटको डिजाइन सार्वजनिक भएपछी विहान देखी सामाजिक संजालमा नोटको डिजाइनलाई लिएर हंगामा सुरू भएको थियो। मानिसहरूले यो नयाँ डिजाइन मन पराएका छैनन्। रानीको तस्वीर उनी ९० वर्ष पुग्न लाग्दा पनि उही पुरानै युवा समयको छ। धेरैले यो नयाँ नोटलाई बकबास भनेका छन्।

Read More »

मोबाईलमा सेभिङ: कुन मोबाईल लिने?

अष्ट्रेलियामा आउना साथ हरेकले किन्ने कुरा भनेको सायद मोबाइल फोन नै होला। यहाँ आईसकेपछीको पहिलो आवस्यकता पनि यही हो। सम्पर्कको माध्यम त चाहियो नि। धेरै जसो नेपालीहरूले फेरी मोबाईल लिने भनेको भोडाफोनको नै हो। आफन्त साथीभाईले भोडाफोन लिएको कारण पनि धेरै नेपालीको रोजाई र किनाईको फोनसेवा बनेको छ भोडाफोन। भोडाफोन टु भोडाफोन फोन गर्दा पैसा नलाग्ने नेपाल फोन गर्न पनि राम्रै मिनेट दिने भएकाले पनि धेरैलाई भोडाफोन लिनु फाईदाकै कुरा छ। डाटा पनि प्याकेज अनुसार धेरैको आवश्यकतालाई पुरा गर्ने खालको नै पाईन्छ। नेपालमा गर्व र शानको प्रतिक नै मानिने भएकाले यहाँ आएपछी आईफोन नलिने भन्ने त कुरै भएन। मोबाईल फोन लिने मध्ये पनि धेरैको हातमा आईफोन नै हुन्छ। कारण सबैलाई थाहा छ। फेरी अष्ट्रेलियामा मोबाईल लिनुअघी नै नेपालमा जस्तो त्यसको सबै मूल्य चुकाईहाल्नु पर्छ भन्ने छैन। महिनै पिच्छे फोनको प्लानको शुल्कसँगै मोबाईल सेवा प्रदायक (भोडाफोन बाहेक टेलष्ट्रा, अप्टस र अरू पनि)ले बैंक खाताबाट नै काटिहाल्छन्। जसले गर्दा मासिक किस्तामा तिर्ने भएपछी फोन किन्दा पैसा खर्च भएको जस्तो पनि लाग्दैन। त्यसमा पनि नेपालमा साथीभाईले आईफोन बोक्छ भन्ने थाहा पाउँदा बढ्ने शान पनि बेग्लै छ। कतिपयले त एउटा फोनको इन्सुरेन्स गरेर केही महिला पछि हराएको क्लेम गरेर नेपालमा दाजुभाई वा आफन्तलाई पठाउने पनि गर्दछन्। यसरी पठाउने करिब करिब सबै जसो यूरोप, अमेरिका बाहेकका देशका मानिसहरू छन्। अष्ट्रेलियामा नै बसोबास गरेका नेपाली फरक हुने त कुरै भएन। सामान्यतया मोबाईल फोनको सेट, प्लान गरेर मासिक एकजनाको ७५ डलर जति खर्च हुन्छ। (कतिको कस्तो प्लान लिएको छ त्यसमा भर पर्छ यहाँ एभरेजको कुरा गरेको) प्लान र मोबाईल सेट समेत गरेर। त्यसमा थप डाटा वा फोन गरियो भने त लाग्ने थप शुल्क छुट्टै छ। अष्ट्रेलिया आउनासाथ धेरैलाई कस्तो प्लान ठिक हुन्छ आफ्नो आवश्यकता के हो र कुन लिने भन्ने कुरामा अलिक धेरै नै कन्फ्युजन हुन्छ। साथीभाई वा आफूलाई अष्ट्रेलियामा जसले सुरूका पाइला चाल्न सिकाएको हुन्छ उसैको सल्लाह अनुसार फोनको प्लान खरिद गरिन्छ। पछी थाहा हुन्छ आफुले ७० डलर तिरेको प्लानमा भएको जति सुविधा त २५ को प्लानमा नै पाईने रहेछ। यस्तो हुँदा कम्ता थकथकी हुँदैन लाग्ने भन्दा धेरै तिर्नुपरेकोमा। त्यसैले अष्ट्रेलिया भरखरै आएका वा आउने तयारीमा रहेकाहरूले नेपालबाट नै यसका बारेमा पनि योजना बनाएर आउनु ठीक हुन्छ।

Read More »

अष्ट्रेलियामा काम र कमाई मेलबर्नका नेपाली विद्यार्थीको अनुभव

धेरैले अष्ट्रेलियन जिवनको रौनक र चक्का चौंध का बीच नेपाली अनि अरू अन्तर्राष्ट्रिय विद्यार्थीले गर्नुपर्ने दुख र बाँच्नको लागी गरेको संघर्षको अर्को पाटोलाई ख्यालै नगरेको पाईन्छ। नेपालबाट अष्ट्रेलियाको सपना देख्दा नै यस्ता कुरामा ध्यान दिनु पर्छ यदी अष्ट्रेलिया आउने नै हो भने। नत् ट्वीटरका बरिष्टहरूले गरेझैं अंगुर अमिलो छ को शैली अपनाउँदा हुन्छ। ‘पलायनवादी’, ‘घण्टा हान्ने’, ‘भाँडा माझ्ने’ जस्ता टर्मिनोलोजी निशुल्क तयार छ। चिया पसलमा अनि ट्वीटरमा बस्नुस् विदेशमा काम गरेर दाम र भविष्य बनाउन खोज्नेलाई गाली गर्नुस्। स्नातक तथा स्नातकोत्तर तहमा अष्ट्रेलियामा पढ्ने अनि यतै सेटल हुने सोच भएकाहरूले माध्यमिक तहमा पटक पटक जाँचमा सप्रसंग ब्याख्या गरेको ‘जिन्दगी केबल फुलैफुलको बिछ्यौना होईन…यो त काँडै काँडाले भरिएको….संघर्ष पनि हो…।’ भन्ने लाईनलाई बिर्षनु भएन। अष्ट्रेलिया चम्किला गाडी, सुकिला साडी र सेक्सी नारीको मात्र देश होईन, क्लिनिङ, किचनह्याण्ड अनि हाउसकिपिङमा पसिना बगाएर यूनिभर्सिटीको फी र बैंकको ऋण चुक्ता गर्नेहरूको पनि हो। दुख, परिश्रम पनि गर्नुपर्छ, चोकै पिच्छे रहेका पब र युवतीका हब त जिन्दगीको अर्को पाटो मात्र हो। नेपाली विद्यार्थीको लागी पनि अरूको जस्तै काम र पढाईको पेलान नियमितता यहाँ कुरेर बसेकै छ। भिजा जोगाउनु पर्ने अनिवार्यतामा काम खोज्ने, गर्ने अनि पढाईमा पनि कमी हुन दिनु नहुने अरु मापदण्ड बन्छन् यहाँ जिन्दगीको त्यसैले नेपालमा बसेर अष्ट्रेलियाको गुलियो सपना देख्नेहरूले गुलियोले दाँत बिगार्न सक्ने तर्फ पनि सचेत हुनै पर्छ। त्यसको लागी यहाँका विद्यार्थीको अनुभवबाट सिकेर अष्ट्रेलियाको राम्रो प्लानिङ गर्नु उचित हुन्छ।

Read More »

यो हो इलेक्ट्रोनिक्स सामान किन्ने सही समय

डिकस्मिथ बन्द भएका कारण अर्थतन्त्र र रोजगारीको अवस्थामा पर्ने असर जे भएपनि यतिखेर हाम्रो पकेटमा पर्ने प्रभाव चैं सकारात्मक छ। सबै स्टोटहरु बन्द गर्न लागेका कारण स्टोर खाली गराउन सबै सामान बेच्नुपर्ने बाध्यता डिकस्मिथसँग छ, जसका कारण यतिखेर डिकस्मिथका सबै स्टोरमा सामानहरुमा ब्यापक छुट छ। कुनै पनि यस्ता सामान छैनन् जसमा छुट नभएको होस्। यदी तपाइँ टिभी, हेडफोन, ल्यापटप, कम्युटर, ब्लुरे, डिभिडि प्लेयरहरु, मोबाइल, क्यामेरा, स्पिकर, होमथिएटर अथवा अन्य कुनै पनि इलेक्ट्रोनिक सामान किन्ने योजनामा भएकाका लागि डिकस्मिथ बन्द हुन लागेको यो समय उपयुक्त हुने देखिन्छ। डिकस्मिथका स्टोरमा रहेका हरेक ब्राण्ड सोनी, सामसुङ, नभम्यान, असुस, ओप्पो, एचपी, पानासोनिक, पायोनियर, फिलिप्स, इप्सन, लजिटेक देखी लिएर एप्पलका इलेक्ट्रोनिक सामान देखी सफ्टवेयर, प्रिपेड मोबाइल सिम, मोबाइल तथा अन्य ग्याजेट एसोसरिज सबैमा राम्रै छुट दिएको छ। सामान हेरेर कम्तिमा ३५ देखी ८० प्रतिशत सम्म छुट छ। एप्पलका उत्पादनमा समेत १० प्रतिशत छुट छ जुन अष्ट्रेलियामा विरलै पाउने छुट हो। त्यसमा पनि डिकस्मिथले आफ्नै ब्राण्डमा बेच्ने टेलिभिजन र अरु मनोरञ्जनका साधन नबिकेर थुप्रिएर बसेको छ भन्ने समाचा पनि आएको छ। र हरेक साता डिकस्मिथको स्टोरमा छुटको मात्रा बढिरहेको छ। यदी तपाइँको आवस्यताका इलेक्ट्रोनिक साधन नजिकको डिकस्मिथको स्टोरमा रहेछ र सस्तो लाग्यो भने किनिहाल्नुस किनकी यस्तो स्टोर बन्द हुने र यसरी नै सस्तोमा सामान पाइने अवसर पटक पटक हत्तपत्त आउँदैन।

Read More »

अष्ट्रेलियामा करोडपति सपना !

पछिल्लो समय नेपालीहरू ‘एमवे’ र ‘एसीएन’मा कस्सिएर लागेका छन्। ‘एमवे’ र ‘एसीएन’मा लाग्ने नेपालीको संख्यामा उल्लेख्य रूपमा विद्यार्थीहरू पनि छन् जो शारिरीक परिश्रम पर्ने कामको बिकल्पमा यो नेटवर्क मार्केटिंगले वार्षिक १ लाख ५० हजार डलर सम्म कमाइने मिठो सपनामा छन्। र त्यसैको चक्करमा ५०० डलर खर्चेर सदस्य बन्दै आफ्नो लगानी उठाउन आफ्ना साथीभाई अनि आफन्तलाई यसमा लगाउन कम्मर कसेर लागेका छन्।

Read More »